वीर्य आउनुभन्दा पहिले आउने रसले गर्भवती गराउँछ कि गराउँदैन ?

उत्तरः तपाईंलाई थाहै छ, उत्तेजनाको स्रोत जेसुकै भए पनि यौन उत्तेजना भएपछि अलिकति रस लिङ्गको टुप्पामा देखिन्छ।  पौरुष ग्रन्थिको मुनितिर मुत्रनलीसँग जोडिएको केराउका दानाजस्ता दुई ग्रन्थि हुन्छन् जसलाई अंग्रेजीमा Cowper's  नबिलम भनिन्छ। यौन उत्तेजनाका बेला यही ग्रन्थिबाट निस्केको रस केही थोपाका रूपमा नै वीर्य स्खलनभन्दा पहिले लिङ्गको  टुप्पामा देखिन्छ। केही व्यक्तिमा यो रस निस्कने कुरा नै थाह नपाउने गरी थोरै हुन्छ भने केहीमा चियाचम्चा वा त्यसभन्दा  बढी पनि निस्कन्छ। यसको खासै कार्य वा उपयोगिता यकिनका साथ भन्न नसकिए पनि मूत्रनलीको अम्लीयपनलाई तटस्थ  पार्छ भन्ने कुरामा विश्वास गरिन्छ। यसरी आउने तरल पदार्थमा सामान्यतः शुक्रकीट हुँदैनन्, त्यसैले सामान्य अवस्थामा यो  रसको सम्पर्कबाट गर्भ रहँदैन, तर कतिपय स्थितिमा यदि केही समय पहिले मात्र हस्तमैथुन गरेर वा यौनसम्पर्क गरेर वीर्य  स्खलन गरेको भए सो वीर्य स्खलनका कारण मूत्रनलीमा रहेका केही शुक्रकीट यो रसमा आउने सम्भावना रहन्छ। यस्तो  स्थितिमा भने थोरै भए पनि गर्भ रहने सम्भावना रहन सक्ने कुरा भनिन्छ।

घडीबाटै फेसबुक अपडेट र फोन

प्रविधिको विकास यति तिव्र गतिमा भइरहेको छ कि हामीले त्यसको अनुमान लगाउन पनि मुस्किल हुन थालिसक्यो । त्यसको उदाहरणको हो मार्टिन घडी ।

यो घडीले समयबारे जानकारी दिने त भइहाल्यो, अन्य धेरै रोचक कामहरु पनि गर्छ । भोक लागेको बेला तपाई आफ्नो नाडीमा बाँधिकाएको यो घडीलाई नजिकै रेस्टुराँ कहाँ छ भनेर सोध्न सक्नु हुनेछ । यसले तपाईले नजिकै भएको रेष्टुराँको नाम बताइदिन्छ । घडीमा एलसीडी डिस्प्ले छ, जहाँ तपाई आफ्नो फेसबुक स्टाटस अपडेट गर्न सक्नु हुनेछ ।

यसमा तपाई एसएमएस पढ्न मात्र हैन, कसैले पठाएको सन्देश सुन्न पनि सक्न हुनेछ । कसैलाई थाहै नदिई नाडीमा बाँधेको घडीले तस्वीर पनि खिचिसकेको हुन्छ ।

'मलाई बुवाले बलात्कार गरे'

काठमाडौ, माघ ५ - बिहानको दश बज्नै लाग्दा काँडाघारी प्रहरी बिटमा एक बालिका दौडदै आइन् । सडक बाहिर घाम तापेर उभिरहेकी महिला प्रहरीलाई समातिन् । अनि बोलिन् 'आन्टी मलाई बाबाले जथाभाबी समात्यो' ड्युटीमा रहेकी ति महिला प्रहरी झस्किन् । अनि सोधिन्- के भो ? ति बालिकाले (झड्केलो) बाबुले आफ्नो यौन शोषण गरेको बताईन् ।

ति १० बषिर्य बालिकाले आमा चर्चमा प्रार्थना गर्न गएका बेला बाबुले आफु माथी यौन शोषण गरेको बताइन् । काँडाघारी चौकीका प्रहरी तुरुन्त ति बालिकाले देखाए तर्फ लागे । उनको घर पुग्दा एक महिला चिच्याइ रहेकी थिईन् । 'नानी बोकेर उता भाग्यो, सर' भन्दै कराउँदै थिईन् । ति महिला बालिकाकी आमा थिईन् । प्रहरीहरु छरिएर त्यो ब्यक्तिलाई खोज्न थाले । अलि पर ति ब्यक्ति ६ महिनाकी नानी च्यापेर दौडिरहेका बेला प्रहरीले समात्यो । जवर्जस्ती करणी अभियोगमा खोटाङका राई महानगरीय प्रहरी बृत नयाँ बानेश्वरको हिरासतमा छन् ।

इँटाभट्टामा बन्धक बनाउँदै 'पुरुषको श्रम, महिलाको यौनशोषण'

मिथिलेश यादव, सिरहा, माघ ४ - मदिरामा लठि्ठएका साहुदेखि चौकरीदारसम्म सुत्नेबेला ओच्छ्यानमै आउँथे र यौनशोषण गर्थे, कति दिन त पुलिससमेत आएर यातना दिए,' सिरहा बेल्हाकटीस्थित ओम इँटा उद्योगमा दुई महिनादेखि बन्धक भारत उत्तरप्रदेश सम्बल जिल्लास्थित फत्तेपुरकी १२ वर्षीया अनिता कुमारीले दर्दनाक पीडा सुनाइन्।
सञ्चालक विजय मण्डलले दुई महिनादेखि इँटाउद्योगमै बन्धक बनाएका भारत फत्तेपुरका ६४ मजदुरले सर्वोच्च अदालतको आदेशपछि बुधबार मुक्ति पाए।
उद्धार गरिएकामध्ये २७ काखेसहितका बालबालिका छन्। सबैलाई जिल्ला रेडक्रसमा राखिएको छ।
प्रधानन्यायाधीश खिलराज रेग्मी र कल्याण श्रेष्ठको संयुक्त इजलासले बुधबार 'बन्दीहरुलाई रिहा गर्न, उनीहरुको ज्याला दिलाउन र सुरक्षित देश फर्काउन' आदेश दिएको थियो। 'श्रमिकहरुले काम गरेका इँटाभट्टबाट पाउनुपर्ने रकम मालिकबाट तत्काल दिलाउन र सो नभए श्रमिकहरुले कानुनबमोजिम भराइदिनू,' आदेशमा उल्लेख छ, 'भारतको सीमावर्ती प्रशासनसँग आवश्यक समन्वय गरी सुरक्षासाथ नेपाल सीमा पार गर्न दिई त्यसको प्रतिवेदन सर्वोच्च अदालतमा पठाउनू।'

अब लुक्दैन बलात्कारका घटना

स्वरूप आचार्य, काठमाडौं, माघ २ - बढ्दो बलात्कारका घटना गाउँठाउँ वा सहरगल्लीका कोठाचोटामै गुपचुप पारिने क्रम अब घट्न थालेको छ। समझदारीका नाममा जघन्य सामाजिक अपराध लुकाउँदा यो समस्या झन्झन् बढ्दो देखिएपछि मानिसमा घटना तत्काल सार्वजनिक गर्ने आँट बढेको हो। त्यही कारण अहिले राजधानीको चिसोलाई मुलुकभरबाट दिनदिनैजसो आइरहेका बलात्कारका समाचारले ओझेलमा पारिरहेका छन्।

बलात्कार घटना नेपाली समाजका लागि नौलो होइन, तर दिल्लीमा भएको सामूहिक बलात्कार प्रकरणपछिका परिदृश्यले नेपालमा पनि पीडितलाई सडकसम्म आउन थप प्रेरित गरेको छ। पीडितहरू बलात्कारलगायत महिला हिंसाका घटनाविरुद्ध खुलेर बोल्न थालेका छन्। केही सातायता जारी 'अकुपाई बालुवाटार' क्याम्पेनले यसलाई थप ऊर्जा दिएको छ। चियापसलदेखि तारेहोटलका बार, सामान्य परिवारदेखि क्याबिनेट मिटिङसम्म यो बहसले प्राथमिकता पाइरहेको छ।

Recent Posts

दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out