ब्लु फिल्म कारखाना

दिनमा हजारौं अश्लील सिडी उत्पादन गर्ने यो कारखाना नेपालकै सबैभन्दा ठूलो भएको प्रहरीको अनुमान
काठमाडौं, ३ भदौ
अश्लील अंग्रेजी र हिन्दी फिल्मका सिडी काठमाडौंमै बन्छन्, त्यो पनि दिनमा हजारौँ । इन्टरनेटबाट फिल्म डाउनलोड गरी कपी गरेर बजारमा पठाउने कारखाना प्रहरीले बिहीबार फेला पारेको छ 
महानगरीय प्रहरी आयुक्तको कार्यालयको विशेष टोलीले बिहीबार दिउँसो गौरीघाटका दीपक घिमिरेको घरमा छापा मारेर हजारौँ थान अश्लील नेपाली, हिन्दी तथा अंग्रेजी फिल्मका सिडी बरामद गरेको छ । प्रहरीले कारखानाका सञ्चालक घिमिरेसहित तीनजनालाई पक्राउ गरेको छ 
घिमिरेको सहयोगी रहेको आशंकामा स्थानीय रमेश पौडेल र दिवाकर न्यौपानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कारखाना रहेको घर उपराष्ट्रपति परमानन्द झाको घरबाट सय मिटरमात्रै उत्तरमा पर्छ 
प्रहरीका अनुसार कारखानामा एकै दिन हजारौँ सिडी कपी हुने गरेका थिए । सो कारखानाबाट नयाँ नेपाली, हिन्दी र अंग्रेजी चलचित्र पनि कपी हुने गरेको प्रहरीको भनाइ छ । सिडी कपी गर्न घिमिरेले सातवटा मेसिन राखेका थिए । दुई घन्टा लामो फिल्म ५ देखि १० मिनेटमा कपी हुने मेसिनमा एउटा 'डुब्लिकेटर' र १० वटासम्म 'भिसिडी राइटर' राखेको पाइएको छ ।'
घिमिरेको कारखाना अहिलेसम्म भेटिएको अश्लील सिडी बनाउने सबैभन्दा ठूलो भएको प्रहरीको दाबी छ । 'अहिलेसम्म यति धेरै सिडी बनाउने ठाउँ भेटिएको थिएन,' महानगरीय प्रहरी आयुक्तको कार्यालयका एक अधिकृतले भने । घिमिरेसँगै पक्राउ परेका पौडेल र न्यौपानेले भने आफूहरू बिहीबार दिउँसो मात्रै घिमिरेलाई भेट्न आएको र सिडी कारखानाको विषयमा कुनै जानकारी नभएको बताए । 'साथीलाई भेट्न आएका हौँ,' उनीहरूको भनाइ थियो, 'बित्थामै फसियो ।'
सिडी कपी गर्ने कारखाना रहेको जानकारी पाएपछि केही महिनादेखि प्रहरीले निगरानी बढाएको थियो । स्थानीय बालबालिकाको हातमा समेत अश्लील चलचित्रका सिडी फेला पारेपछि प्रहरीले उनीहरूलाई पछ्याउँदै घिमिरेको घर पत्ता लगाएको हो । 'यहाँका बालबालिकाको हातमा समेत अश्लील सिडी पुगेको पाइएपछि हामीले कारखाना पत्ता लगाएका हौँ,' छापा मार्न पुगेका एक प्रहरीले नयाँ पत्रिकासँग भने । उनका अनुसार प्रहरीले महाबौद्धमा रहेका सिडी पसलबाट अनुसन्धान सुरु गरेको थियो । 
 पक्राउ परेका कारखाना सञ्चालक घिमिरेले आफूले एक वर्षदेखि कारखाना सञ्चालन गरेको बताएका छन् । त्यसअघि महाबौद्धमा सिडी पसल राखेका उनले घाटा भएपछि यस्तो व्यवसाय सुरु गरेको बताए । नेपाली अश्लील फिल्म तथा अन्य फिल्महरू वेबसाइटबाट डाउनलोड गरी कपी गर्ने गरेको उनको भनाइ छ 
उनले अश्लील फिल्म डाउनलोड गर्न दुई दर्जन वेबसाइटको नाम भित्तामै टाँसेर राखेका थिए । आफ्नै घरको तीनवटा कोठा प्रयोग गरेर कारखाना चलाए पनि अश्लील सिडी बनाउने विषयमा परिवारका अन्य सदस्य बेखबर रहेको घिमिरेको भनाइ छ 
यस्तै सिडीमा टाँस्ने स्टिकर उनी आफैंले घरमै बनाउने गरेका थिए । 'ओरिजिनल देखाउन स्क्रिन प्रिन्ट गरेर स्टिकर बनाउने गरेको छु,' घिमिरेले भने, 'त्यत्तिकै लग्यो भने फुटपाथे सिडी भनेर किन्दैनन् ।'

सिडीको आवरण भने राजधानीमै रहेका प्रेसमा छापेर ल्याउने गरेको घिमिरेले बताए । सामान्य फिल्मको सिडी एउटाको १५ रुपैयाँ र अश्लील फिल्मका सिडी ५० रुपैयाँमा बेच्ने गरेको घिमिरेको भनाइ छ । 'महाबौद्धका पसलबाट अर्डर आएपछि बनाउँछु,' उनले भने 
महाबौद्धका सिडी पसलमार्फत राजधानीका सबैजसो सिडी पसल र राजधानीबाहिरसमेत आफ्नो उत्पादन पुग्ने गरेको उनको भनाइ छ । कारखाना सुरु गर्न दुई लाख रुपैयाँ खर्च गरेको बताउँदै घिमिरेले सिडी कपी गर्ने मुख्य मेसिन 'डुब्लिकेटर' भारतबाट ल्याएको बताए 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out