प्रचण्डलाई हप्ता दिनमै पछुतो

काठमाडौं। प्रधानमन्त्री पदका लागि भइरहेको प्रतिस्पर्धाबाट हात झिकेका एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उम्मेदवारी फिर्ता लिएको एक साता नबित्दै त्यसप्रति पश्चाताप गर्न थालेका छन्। एमालेको एउटा पक्षले असोज १ को समझदारी प्रचण्डको उम्मेदवारी फिर्ताका लागि मात्र गरिएको बताउन थालेपछि र कांग्रेसका प्रतिस्पर्धी रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता गर्ने छेकछन्द नदेखाएपछि प्रचण्डले आफूप्रति सहानुभूतिशील अन्य राजनीतिक पार्टीका नेतासँग भन्ने गरेका छन्( धोका भयो, उम्मेदवारी फिर्ता गरेर गल्ती गरियो।

प्रचण्ड मलेसियामा रहेका वेला हेटौंडाको एउटा कार्यक्रममा प्रधानमन्त्री माधव नेपालले अर्को सहमति नभई रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिन नहुने बताए। उता, विदेश उड्नुअघि एमाले नेता केपी शर्मा ओलीले भदौ १ को ३ बुँदे सहमतिको अर्थ प्रचण्डको उम्मेदवारी फिर्ताबाहेक अर्को कुनै नरहेको सार्वजनिक रूपमा बताए। भदौ १ गते ३ बुँदे सहमति गर्दाचाहिँ यी दुवै नेताको सम्मति माओवादीले खोजेको थियो। र, सहमतिपत्रमा हस्ताक्षर हुँदा प्रम नेपाल र ओली पनि उपस्थित थिए। त्यसपछि असोज ४ गते एमाले(माओवादीबीच अर्को ४ बुँदे सहमति भयो, जसमा कांग्रेसका पौडेललाई पनि उम्मेदवारी फिर्ता लिन लगाउने र चालू निर्वाचनप्रक्रिया अन्त्य गर्न सभामुखलाई अनुरोध गर्ने कुरा उल्लेख छ। दोस्रो सहमतिपछि प्रचण्ड ढुक्क भए। तर, सभामुखले पौडेल आफैँले उम्मेदवारी फिर्ता नलिई आफूले चालू निर्वाचन प्रक्रिया अन्त्य नगर्ने बताइदिए। यसबाट कांग्रेसका पौडेल अरू बलिया भए। उता, असोज १ को सम्झौताबारे एमालेका दुई नेताले भारतीय दूतावासमा आयोजित एक रात्रिभोज कार्यक्रममा फरक(फरक व्याख्या गरेका छन्। नेपाल आएका भारतीय मन्त्री जयराम रमेशको सम्मानमा दिइएको रात्रिभोजमा मधेसी जनअधिकार फोरमका अध्यक्ष जयप्रकाश गुप्ताले असोज १ को सहमतिबारे जिज्ञासा राखेपछि एमाले सचिव विष्णु पौडेलले उक्त सम्झौता प्रचण्डको उम्मेदवारी फिर्ताका लागि भएको बताएका थिए। एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले चाहिँ सो सहमतिको अन्तर्य प्रचण्डको उम्मेदवारी फिर्ता गराएर सहमति खोज्नु रहेको बताएका थिए। दूतावासमा दुई नेताबीचको धारणा बाझिएकोबारे जिज्ञासा राख्दा एमाले सचिव पौडेलले भने( 'त्यो सहमतिबारे कुरा भएको हो, मैले सबै कुरा सम्झौतामै पारदर्शी रूपले देखिएको छ भनेको हुँ। जनआस्था साप्ताहिक

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out