माओवादी भारतप्रति आक्रामक हुने संकेत " राजदुतबिरुद्ध उत्रिने नीति होइनः प्रवक्ता शर्मा"

काठमाडौं, आश्विन २१ - माओवादीले भारतप्रति आक्रामक हुने संकेत देखाएको छ । माओवादी महासचिब रामबहादुर थापाले भारततिर संकेत गर्दै बुधबार बिदेशी हस्तेक्षबिरुद्ध राष्ट्रिय युद्ध गर्नुपर्ने बताए भने सोलुमा माओवादी कार्यकर्ताले भारतीय राजदूत राकेश सुदलाई कालो झण्डा देखाएका थिए । मंगलवार उपाध्यक्ष बाबुराम भट्टराईले राजतन्त्रको ठाउँ भारतले लिन खोजेकोको भन्दै आक्रोश पोखेका थिए ।
 पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा थापाले 'विस्तारवादी हस्तक्षेप' बढ्दै गएको भन्दै राष्ट्रिय युद्ध चलाउनु पर्ने बताए । 'विस्तारवादी हस्तक्षेप बढ्दै गएको छ' उनले भने, 'क्रान्ति गृहयुद्धको रुपमा होइन, राष्ट्रिय युद्धको रुपमा अघि बढेको छ ।'  उनले देशभक्त र गणतन्त्रवादीको संयुक्त मोर्चा बनाई राष्ट्रियताको आन्दोलन चलाउनु पर्नेमा जोड दिए । माओवादीले भारतलाई 'विस्तारवादी' को संज्ञा दिदै आएको छ ।

 'देशभक्त र गणतन्त्रवादीको संयुक्त मोर्चा बनाई अघि बढ्नुपर्छ' थापाको भनाइ थियो, 'यसरीनै क्रान्तिको मिसन पुरा गर्न सकिन्छ ।' माओवादी नेतृत्वले आन्दोलन ठीक ढंगले अघि नबढाए मुलुक सिक्किमीकरण हुने खतरा रहेको जनाए । 'नेतृत्वले ठीक ढंगले अगाडि बढाउन सकेनौ भने मुलुक दुर्घटनाग्रस्त हुने खतरा छ' थापाले भने, 'राजनीतिको जहाजलाई ठीक ढंगले अघि बढाउन नसके मुलुक सिक्किम बन्ने खतरा छ ।'
 माओवादीको नेतृत्वमा सरकार बन्न नदिएको आरोप माओवादीले लगाउँदै आएको छ । गएको पुसपछि भारतबिरुद्ध अभियाननै सुरु गरेको माओवादी प्रधानमन्त्री निर्वाचन अघि साउनसम्म मौन बस्दै आएको थियो । अध्यक्ष पुष्पकमल दाहाल चीनलगायत प्रतिनिधिसंग मलेसियामा छलफल गरी फर्केकै दिनदेखि भारतप्रति आक्रामक हुने संकेत देखाएको हो ।
  बुधबार सोलुखुम्बुको फाप्लुमा पोलिटव्युरो सदस्य गोपाल किराँतीले खानेपानी योजनाको शिलान्यास गर्नु कुटनीतिक मर्यादा बिपरित भएको दाबी गर्दै आफ्नै नेतृत्वमा भएको समूहले सुदलाई कालो झण्डा देखाउनुका साथै एक प्रदर्शनकारीले जुत्ता हान्ने प्रयास गरेका थिए । त्यसबेला किराँतीले सुदको भ्रमणको बिरोध मात्र गर्ने पार्टी नीति भएको जानकारी दिए । पछिल्लो केन्द्रीय समिति बैठकले बिभिन्न जिल्लामा राष्ट्रिय स्वाधीनताको आन्दोलन गर्ने निर्णय गरेको थियो । उसले जिल्ला जिल्लामा जनपरिचालन, प्रचारप्रसार, सभा गर्ने निर्णय गरेको थियो ।
 प्रवक्ता दीनानाथ शर्माले राजदूत बिरुद्ध उत्रने पार्टीको नीति नभएको बताए । उनले स्थानीय जनताको 'स्वभाविक आक्रोश हुन सक्ने' बताए । 'राजदूत बिरुद्ध भौतिक रुपमा उत्रने पार्टीको नीति होइन' उनले कान्तिपुरसंग भने, 'सोलुको घटना स्थानीय जनताको आक्रोशको परिणाम हुन सक्छ ।' उनले राष्ट्रिय स्वाधीनताको आन्दोलन गर्ने निर्णय भए पनि त्यसको ठोस स्वरुप केन्द्रले तय नगरेको बताए ।
 स्थायी समिति सदस्य देब गुरुङले राष्ट्रियताको आन्दोलन गर्ने पार्टीको निणय भएको बताए । 'राष्ट्रिय स्वाधीनतासंग जोडिएको आन्दोलन गर्ने कुरा भएको हो' उनले कान्तिपुरसंग भने ।
 हाल माओवादीले देशका बिभिन्न भागमा राष्ट्रिय स्वाधीनताको नाममा सभा गर्दै आएको छ । 'एक दिन अघि उपाध्यक्ष भट्टराईले यस्तै सभामा 'गणतन्त्र र राष्ट्रिय स्वाधिनता जोगाउन माओवादी जस्तोसुकै युद्ध लड्न तयार रहेको' बताएका थिए । असोज पाँच गते बसेको स्थायी समिति बैठकले राष्ट्रिय स्वाधीनताको आन्दोलनसम्बन्धी नारा पहिलो नम्बरमा राखेको थियो । उसले तय गरेका प्रमुख नारा 'सम्पूर्ण देशभक्त शक्तिहरू एकजुट होऔं, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं' र 'विदेशी हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणवाद मूर्दावाद' भन्ने छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out