भारतीय माओवादीको तर्फबाट यूद्ध लडन तयार: किराँती

आफ्नै निर्देशनमा सोलुखुम्बु भ्रमणमा रहनु भएका भारतीय राजदुत राकेस सुदमाथि जुत्ता प्रहरा गरिएको दाबी

एकीकृत नेकपा माओवादीका सभासद एवम् पोलिटब्यूरो सदस्य गोपाल किराँतीले आफू भारतीय विस्तारबादको विरुद्ध भारतीय कम्यूनिष्ट पार्टी माओवादीको तर्फबाट यूद्ध लडन तयार रहेको बताउनुभएको छ । रिपोर्टस्र क्लब नेपाल सोलुखुम्बु शाखाले बिहीबार आयोजना गरेको साक्षात्कारमा उहाँले उक्त कुरा बताउनुभएको हो ।
पोलिटब्यूरो सदस्य किराँतीले नेपालमा भारतले सरकार बनाउँन नदिएको दावी गर्दै भारतले चाँहेमा सरकार बन्ने पनि बताउनुभयो । किराँतीले आफ्नै निर्देशनमा सोलुखुम्बु भ्रमणमा रहनु भएका भारतीय राजदुत राकेस सुदमाथि जुत्ता प्रहरा गरिएको र आफूलाई धम्कि दिएकोले आफ्नो निर्देशनमा कार्यकर्ताहरुले सुदलाई जवाफ दिएको दाबी गर्नुभयो । उहाँले यदि पार्टीले कारवाही गरे आफू कारवाही भोग्न तयार रहेको तर माफि नमाग्ने बताउनुभयो ।
साक्षात्कारमा नेपाली काग्रेसका जिल्ला सभापति आङगेलु शेर्पाले माओवादीले हरेक कुरालाई शंकाको दृष्टिले हेर्न नहुने बताउनुभयो । उहाँले माओवादीले प्रचारमा आउन यस्तो असोभनिय काम गरेको आरोप पनि लगाउनुभयो । नेकपा एमालेका जिल्ला अध्यक्ष आङ मिङमा लामाले माओवादीले भारतीय राजदुतमाथिको गरेको दुब्र्यवहारको समर्थन वा विरोध गर्ने पक्षमा नेकपा एमाले नरहेको बताउनुभयो

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out