सेरेनाको ताज वाज्निकीले खोस्ने

बेइजिङ/ डेनमार्ककी कालोलिन वाज्निकीले सेरेना विलियम्सको शीर्ष बरियताको ताज खोस्ने भएकी छिन् । एटिपीले सोमबार सार्वजनिक गर्ने महिला बरियतामा वाज्निकीले शीर्ष स्थान पाउने पक्का भएको छ । लामो समयदेखि चोटका कारण कोर्टमा नउत्रेकाले अमेरिकी खेलाडी सेरेनाको अंक खस्केको एटिपीले जनाएको छ ।
दोस्रो स्थानमा रहेकी वाज्निकीले बेइजिङमा सञ्चालन भइरहेको बेइजिङ ओपन एपिटी च्याम्पियनसिपमा पेट्रा किभितोभलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेपछि उनी शीर्ष स्थानमा उक्लने निश्चित भएको हो । डेनमार्कको टेनिस इतिहासमा वाज्निकी पहिलो विश्व एक नम्बर महिला खेलाडी बन्नेछिन् । वाज्निकीले शीर्ष स्थान पाउनु सपनासरह भएको प्रतिक्रिया दिएकी छिन् ।
'यो सपना नै हो,' वाज्निकीले भनिन्, 'एक नम्बर खेलाडी बन्ने सपना सानैदेखि देखेकी थिएँ, जीवनकै ठूलो सपना पूरा हुने भएको छ ।' सन् १९७५ पछि बरियताक्रमको सुरु भएयता वाज्निकी २०औँ एक खेलाडी हुनेछिन् । पछिल्लो दुई वर्षयता उनले कुने पनि ग्रान्डस्लाम उपाधि जितेकी छैनन् । ग्रान्डस्लामविना महिला शीर्ष स्थानमा हात पार्ने खेलाडीमा रुसी दानिरा सफिना तथा सर्बियाकी जेलिना जान्कोभिक पर्छन् ।
पछिल्लो पाँच वर्षको खेल जीवनमा वाज्निकीले ११ एकल उपाधि जितेकी छिन् । अघिल्लो वर्ष उनी युएस ओपन ग्रान्डस्लामको फाइनलमा पुगेकी थिइन् । फाइनलमा किम क्लाइस्टर्जबाट उनी पराजित भइन् । यसपटक भने युएस ओपनमा उनी सेमिफाइनलसम्म पुगिन् ।
एटिपीले वाज्निकीलाई उदयमान महिला खेलाडीका रूपमा चर्चा गरेको छ । 'वाज्निकी प्रभावशाली खेलाडी हुन्,' एपिटीको भनाइ छ, 'शीर्ष बरियतामा वाज्निकीले प्राप्त गर्दा आश्चर्य होइन, उत्कृष्ट र मिहिनेती खेलाडी सो स्थान पुग्ने गर्छ, एक उत्कृष्ट खेलाडीमा हुनु पने सबै गुण उनीसँग छ ।' निवर्तमान एक नम्बर खेलाडी सेरेनाले विम्बल्डनलाई १३औँ ग्रान्डस्लामका रूपमा जितेपछि प्रतिस्पर्धा गरेकी छैन ।
सन् १९९० मा जन्मेकी वाज्निकी ६ वर्षअघि डब्लुटिए टुरमा सहभागी भएकी थिइन् । यस सत्रमा उत्कृष्ट प्रदर्शन गरेकी वाज्निकीले एमपिएस ग्रुप च्याम्पियनसिप, सोनी एरिक्सन, रोजर्स कप, पाइलट पेन र प्यान प्यासिफिक उपाधि हात पारेकी छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out