बाइसीएल क्याम्पबाट अपहरितलाई प्रहरीले छुटायो

केपी ढुंगाना, काठमाडौं, असोज २१ - लेनदेनको विवादमा अपहरणमा परेका एक व्यक्तिलाई प्रहरीले माओवादीको वाइसीएल क्याम्पबाट निकालेको छ। प्रहरीले अपहरित चन्द्रबहादुर थिङको अपहरणमा संलग्न दुई जनालाई पक्राउ समेत गरेको छ। पक्राउ पर्नेमा मचाकाजी मर्हजन र अमिर दिन रहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता केदार ढकालका अनुसार भारतको नयाँ दिल्लीबाट ल्याएको कम्प्युटरको हार्डडिस्कको विवादमा महर्जन र दिनले थिङको अपहरण गरी जर्वजस्ती रकम माग्दै आएका थिए। ढकालका अनुसार भक्तपुर जगातेमा बस्ने थिङमार्फत उनीहरुले मगाएको २ सय वटा हार्डडिस्क बुटवलमा राजश्व अनुसन्धान बिभागले अबैध रुपमा आयात गरिएको भन्दै नियन्त्रणमा लिएको थियो। थिङ दिल्ली काठमाडौं चल्ने ना.३ ख ५४५६ बसका चालक हुन। विभागले राजश्व छलेको अभियोगमा सामान जफत गरेपछि उनले घटनाबारे महर्जन र दिनलाई जानकारी गराएपनि उनीहरुले 'झुठो बोलेको' भन्दै थिङलाई जर्वजस्ती पाँच लाख २५ हजार रकम लिएको कागज गराएका थिए।

ढकालका अनुसार पक्राउ आरोपीले उनलाई पटक पटक रकम दिन दवाव दिँदै आएपनि उनले रकम तिरेका थिएनन्। प्रहरीका अनुसार पैसा नदिएको भन्दै पक्राउ आरोपीहरुले मंगलबार बिहान सवा नौ वजे थिङलाई नियनत्रणमा लिएर रकम लिन स्वयम्भुको सानो भर्‍याङमा रहेको माओवादी निकट नेवा राज्य मुक्ति मोर्चाको कार्यालयमा रहेको वाईसियल क्याम्पमा बन्धक बनाएर राखेका थिए।

प्रहरीका अनुसार क्याम्पमा रहेका करिव १०/१२ जनाको समुहले उनलाई पैसा नदिएको भन्दै कुटेका थिए। उनीहरुले थिङको श्रीमतीलाई फोन मार्फत 'तत्काल पैसा नदिए जे पनि हुनसक्छ' भनेर धम्क्याएपछि उनले श्रीमान अपहरणमा परेको जानकारी प्रहरीलाई दिएकी थिइन्। उजुरीपछि प्रभागको टोलीले वाईसियल क्याम्पमा छापा मारेको थियो।
स्वयम्भु प्रभागका प्रहरी निरिक्षक कुवेर चन्दका अनुसार प्रहरीले छापा मार्नु एक घन्टा अगाडि नै उनीहरुले बा.३ च ९९९६ नम्बरको किया गाडीमा राखेर थिङलाई शामाखुशीमा रहेको निजी घरमा पुर्‍याएका थिए।
प्रहरीले सामाखुसीको घरमा समेत छापामार्ने तयारी गरेपछि उनी अपहरणमुक्त भएका थिए। थिङ अपहरणमुक्त भएलगत्तै आरोपीहरु पक्राउ परेका थिए। प्रहरीले पक्राउ दुबै आरोपीविरुद्ध अपहरण गरेको अभियोग लागएर अनुसन्धानको तयारी गरेको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out