दूरी बढेकै हो ?

अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देलबीच पछिल्लो समय असमझदारी बढेको अनुमान गरिँदै गर्दा उक्त अनुमानलाई बल पुग्ने प्रमाणहरु देखापर्दैछन् ।

जस्तो : हिरो आर्यनले यतिबेला आफू अभिनित 'कसले चोर्‍यो मेरो मन'को प्रमोसन नगरि आफूले अभिनय गरेको अर्को चलचित्र 'बन्दी'को ब्यापक प्रचार र प्रमोसन गरिरहेका छन् । आर्यनले आफ्नो फेसबुक स्टाटसमा 'बन्दी'को प्रमोसन गर्दै हेरिदिन आग्रह गरिरहेका छन् । 
 
स्मरण रहोस् यतिबेला आर्यन र रेखा स्टारर 'कसले चोर्‍यो मेरो मन'र रमेश गुरुङले निर्माण गरेको 'बन्दी' एकसाथ प्रदर्शन भैरहेका छन् । आगामी शुक्रवारदेखि राजधानीमा यी दुई सिनेमाबीच युद्ध नै हुँदैछ । आर्यनले 'बन्दी'को एकपक्षीय प्रमोसन गर्नु दुईबीच पैदा भएको भनिएको दरारको बलियो प्रमाण हो । भलै दुवैजनाले दरारको खबरलाई ठाडै खण्डन गरेपनि उनीहरु निकट स्रोतका अनुसार आन्तरिक कारणले आर्यन र रेखाबीच पछिल्लो समय असमझदारीको ग्राफ उक्लँदो अवस्थामा छ ।

दुवैबीच असमझदारीको अर्को प्रमाण भनेको'कसले चोर्‍यो मेरो मन'को पब्लिसिटीमा आर्यनलाई 'बायस' गर्नुपनि हो । उक्त चलचित्रको पब्लिसिटीमा पूर्णरुपमा रेखा हावी भएकी छिन् ।

कतिपय समाचारलाई पत्याउने हो भने आर्यन रेखाको क्याम्पबाट बाहिरिएका छन् । रेखालाई साइन गराइएको सिनेमामा अर्का हिरो आयुषलाई सिफारिस गर्ने गरेको आरोप रेखामाथि लागिआएको ती समाचारको दाबी छ ।

सेलिव्रेटीहुडको विकास नभैसकेको हाम्रोजस्तो मुलुक र चलचित्रमा सेलिव्रेटीको चरित्रमाथि प्रश्न उठाउनु नाजायज होला तर कुनैसमय केमेष्ट्री मिलेको रेखा-आर्यन अनस्क्रिन जोडी अलग हुनुसँग दुवैको व्यक्तिगत प्रवृत्ति पनि जिम्मेवार हुनसक्छ ।

स्मरण रहोस् आर्यनले रेखाको होमप्रोडक्सन चलचित्रबाटै रजतपटमा डेब्यु गरेका थिए । अहिले प्रदर्शन भैरहेका दुवै चलचित्रमा आर्यनलाई एक्सन स्टारको अन्दाजमा देख्न सकिन्छ । रेखा र आर्यनबीच भएको भनिएको असमझदारी नयाँ भने होइन; सम्बन्धमा आउने यस्ता थुप्रै दरारबाट नेपाली चलचित्र क्षेत्र परिचित छ । दुवैजना मिलुन हाम्रो अपेक्षा ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out