नोबेल विजेतालाई जेलमै भेटिन् श्रीमतीले

जिन्झोउ, २४ असोज
नोबेल शान्ति पुरस्कार विजेता चिनियाँ व्रि्रोही नेताकी श्रीमती दोस्रो दिन पनि सर्म्पर्कविहीन रहेको खबर छ, जसले गर्दा उनलाई जेलमा रहेका श्रीमान् भेटेर पुरस्कार पाएको खबर सुनाउने अनुमति अधिकारीहरूले दिए कि दिएनन् भन्ने कुराको पुष्टि हुन सकेको छैन ।
सरकारविरोधी लिउ सिआओबोका दाजुले शनिबार राति अधिकारीहरूले आइतबारका लागि लिउलाई थुनिराखेको ठाउँ जिन्झोउमा भेटघाटको प्रबन्ध मिलाउने बताएका थिए । तर, दाजु लिउ सिआओसुआनले बुहारी लिउ सिआलाई भेट्न नसकेको बताए । लिउ सिआसँगै उनका भाइ पनि भिनाजु भेट्न गएका थिए ।
हङकङस्थित इन्फर्रर्मेसन सेन्टर फर हयुम्यान राइट्स एन्ड डेमोक्रेसीले उनीहरूबीच भेटघाट भएको बताएका छन् । भेटघाटको जानकारी प्रहरीले बन्दीका अर्का भाइलाई गराएको थियो । पारिवारिक भेटघाटका विषयमा व्याप्त यो अन्योलले अपराधीको संज्ञा दिँदै जेलमा राखेको व्यक्तिले नोबेल शान्ति पुरस्कार पाएपछि चीन सरकारले सामना गरिरहेको कठिन द्विविधालाई उज्यालोमा ल्याएको छ ।
नर्वेस्थित नोबेल कमिटीले लिउलाई दर्ुइ दशकभन्दा लामो समयदेखि मानवअधिकार र शान्तिपर्ूण्ा प्रजातान्त्रिक परिवर्तनका पक्षमा वकालल गरिरहको भन्दै पुरस्कृत गरेको हो । चीनले उनलाई नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेकोमा नोबेल कमिटीको आलोचना गर्दै यसले नर्वेसँगको सम्बन्ध ब्रि्रने चेतावनीसमेत दिएको थियो ।
५४ वषर्ीय साहित्यिक समालोचक लिउ आफ्नो ११ बर्सर्ेेाराबासको दोस्रो वर्षा छन् । नोबेल पाएको बारे उनलाई थाहा छ कि छैन भन्ने कुरा स्पष्ट हुन सकेको छैन । पुरस्कारको समाचार सरकारी नियन्त्रणमा रहेका मिडियामा सम्प्रेषण गरिएको छैन । चिनियाँ कानुनमा कैदीले आफ्नो परिवारसँग एक महिना भ्रमणमा जान पाउने उल्लेख छ, र लिउ जियाले गएको सेप्टेम्बरमा नोबेलमा उनको नाम प्रस्ताव गरिएको बारे उनीसँग कुरा गर्न प्रहरीले प्रतिबन्ध लगाएको बताइन् ।
लिउ जियाको मोबाइल फोन काटिएको छ । उनका श्रीमान्का वकिल साङ बाओजुन र उनीहरूका केही साथीहरूले लिउकी श्रीमतीसँग सर्म्पर्क गर्न नसिकएको बताए । शुक्रबार नोबेल पुरस्कार घोषणा भएको केही समयपछि नै लिउ जियाले त्यो समाचार सुनाउन उनले प्रहरीसँग कुरा गरेको बताइन् । पछि उनको फोन काटिएको थियो र प्रहरीले उनलाई बेइजिङबाट पाँच सय किलोमिटर पर पर्ने जिङझोउमा पुर्‍याएका थिए ।
यसैबीच, चिनियाँ अधिकारीहरूले अभियानकर्ता र लिउका र्समर्थकहरूमाथि दबाब बढाएका छन् । बेइजिङका अभियानकर्ता वाङ लिहोङका छोराले आफ्नो पितालाई शुक्रबार आयोजना गरिएको विरोध पर््रदर्शनीमा भाग लिएको आरोपमा आठ दिन जेल चलान गरेको बताए । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out