मृत ज्याक्सनको कमाई बढ्दो

फोर्ब्स नामक पत्रिकाका अनुसार मृत्युपछि पनि माइकल ज्याक्सनले गत वर्ष कुनै पनि जिवित या मृत पप गायक वा ग्रुपको भन्दा बढी कमाई गरेका छन् ।
सो पत्रिकाका अनुसार ज्याक्सनले गत वर्ष २७.५ करोड अमेरिकी डलर कमाएका छन् जुन चार विश्वप्रसिद्ध गायक लेडी गागा, बेओन्सी, म्याडोना र जे जेडको सामूहिक आयभन्दा बढी हो।
फोर्ब्सले लखेको छ-यो पपका बादशाहलाई हाम्रो ‘मृत सेलेब लिस्टÙ -त्यस्तो श्रेणी जसमा मृत व्यक्तिहरुको कमाउने क्रम आंकलन गरिन्छ) मा शिर्ष स्थान दिलाउन पर्याप्त छ। सत्य त यो हो कि उनको कमाईको लिस्टमा रहेका अन्य कलाकारको कुल आर्जन भन्दा बढी छ। कुनै पनि जिवित पप गायक वा ग्रुपको कमाईभन्दा अधिक ।
समाचार एजेन्सी रोयटर्सका अनुसार पत्रिकाले गत वर्ष उनलाई उच्च कमाई गर्ने कलाकारको सूचीमा तेस्रो स्थानमा राखेको थियो । गत वर्ष माइकल ज्याक्सनको कमाई ९ करोड डलर थियो । अमेरिकी फोर्ब्स पत्रिका आर्थिक क्षेत्रसँग सम्बन्धित खबरका साथै धनाढ्यहरुको सूची प्रकाशन गर्ने गर्दछ। भनिन्छ कि संगीत, भिडियो र त्यससँग सम्बन्धित कुरा प्रशंसकहरुले खुब मन पराएका छन् ।
ज्याक्सनको मृत्यु गत वर्ष २५ जुनमा भएको थियो । उनी ५० वर्षका थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out