भित्रभित्रै रोमान्स

कोही खुलेर प्रेम अभिव्यत गर्छन, कोही भने आफ्नो प्रेमसम्बन्धलाई गोप्य राख्न राख्छन् । सञ्चार माध्यमको डरले चलचित्रकर्मीले आफ्नो प्रेम सम्बन्ध हम्मेसी सार्वजनिक गर्न चाहदैँनन् । कोही भने खुलेआम रोमान्समा डुबेका पनि छन् । नायिका करिना कपुर र सैफ अली खानबीचको अफेयर सबैलाई थाहा छ भने नायिका प्रियङ्का चोपडा र नायक साहिद कपुरबीच पलाएको माया कमैलाई थाहा हुन सक्छ । दुवैले एक अर्कालाई अत्यन्त मिल्ने साथी भने पनि दुईबीच अन्तरङ्ग सम्बन्ध रहेको चर्चा छ । कतिपय कार्यक्रममा यी दुईसँगै देखिन्छन् । साहिदको करिना र पि्रयङ्काको हरमन बावेजासँग ‘बे्रक अप’ भएपछि यी दुई नजिकिएका हुन । त्यसो त नायिका दीपिका पादुकोणे र भारतका प्रख्यात उद्योगपति विजय माल्याका छोरा सिद्धार्थबीच पनि अफेयर नचलेको होइन तर दुईले यो कुराको खुलासा गरेका छैनन् ।
नायक सलमान खानसँग बिहे गर्ने दुलहीको रूपमा हेरिनु भएकी कैटि्रना कैफ र नायक रणवीर कपुरबीच बढेको मित्रतालाई प्रेमको रूप दिनेहरू पनि छन् । दीपिकासँग अलग भएपछि रणवीर नयाँ प्रेमिकाको खोजीमा थिए । यसबीच कैटि्रना र रणवीरले जोडी भएर केही चलचित्रमा अभिनय गरे र चलचित्र सफल पनि भयो । सलमानसँग बढ्दै गएको दूरीले कैटि्रनालाई रणवीरसँग नजिक ल्याएको सञ्चार माध्यमले जनाएका छन् ।

प्रेम सम्बन्धका कारण चर्चामा आएको अर्को जोडी हो रानी मुखर्जी र निर्देशक आदित्य चोपडा । यशराज फिल्म्सका उतराधिकारी आदित्यले आफ्नो पहिलो श्रीमतीलाई सम्बन्ध विच्छेद दिई सक्नु भएको छ । रानी र आदित्यले चाडै बिहे गर्ने बताइएको छ । कमेडी चलचित्र ९९ मा सँगै अभिनय गरेपछि नायिका सोहा अली खान र नायक कुणाल खेमुबीच बढेको प्रेमले बिहेको रूप लिने भएको छ तर यी दुईको चर्चा कतै भएको पाइँदैन । सैफ अली खानकी बहिनी सोहा चलचित्रमा त्यति सफल हुन सक्नु भएको छैन । नायिका सृति हसन र नायक सिद्धार्थ चलचित्र स्ट्राइकरको पि्रमियरमा सँगै देखा पर्नु भएको थियो । त्यसयता यो जोडी कुनै सार्वजनिक कार्यक्रममा देखा परेको छैन तर भित्रभित्रै सम्बन्ध भने कायम छ ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out