एक महिनामा एक करोड

सेन्सरले एडल्ट सर्टिफिकेट दिएको पलपलमाले एक महिनामा एक करोड कलेक्सन गरेको छ । उकेश दाहालले निर्देशन गरेको सो सिनेमा भदौं २५ गतेदेखि रिलिज भएको हो । काठमाडौं उपत्यकामा रिलिज गरिएको एक हप्तापछि पलपलमा उपत्यका बाहिर नेपालगज,तुल्सीपुर,घोराही,बुटवल,पोखरा नारायणघाट,विराटनगर,दमक र बिर्तामोडमा रिलिज भएको थियो । हाल ती सबैतिरबाट उत्रे पनि दशैंपछि नेपालका अरु स्थानहरु तथा विदेशी मूलकमा रिलिज गरिने तयारी भैरहेको उकेशले मेरो सिनेमालाई बताए । पचास लाखमा निर्माण सकिएको सो सिनेमाले उत्साहजनक व्यवसाय गरेपछि उत्साहित भएका उकेश दशैंपछि पूर्व घोषित किन किन को निर्माणको तयारी पनि थाल्ने बताउँछन् । सिनेमाको हालसम्मको कमाई एक करोड भएपछि नियमानुसार सो सिनेमाका निर्माताको पोल्टामा चालिस लाख पर्ने पक्का भएको छ । सिनेमाले त्यसरी कमाउनुको पछाडी सिनेमाको प्रचारमा प्रयोग गरिएका सेक्स्युअल भावना जगाउने खालका तस्विरहरु नै भएको ठहर भएको छ । सिनेमालाई प्रेमकथात्मक भनिएपनि मुख्य कथामा भने बेरोजगार दुई युवक अन्ततः पुरुष वेश्यावृति गर्न बाध्य भएको देखाइएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out