विहेको ख्याल छैन : दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोण आगामी केही वर्षसम्म आफ्नो ध्यानलाई करियरमा केन्द्रित गर्न चाहन्छिन् । उनको दिमागमा यतिबेला विहेको ख्याल छैन ।

एक नयाँ पत्रिकाको अनावरण गर्न मुम्बइ पुगेकी दीपिकाले भनिन् 'म स्पष्ट साथ भन्न चाहन्छु कि म विहे गर्ने पक्षमा छैन । कमसेकम आगामी आठदस वर्षसम्म मैले विहे गर्ने छैन ।'

कस्तो युवकसँग विहे गर्न चाहनुहुन्छ भन्ने प्रश्नमा दीपिकाले भनिन् 'म यस्तो एक युवासँग विहे गर्न चाहन्छु जो साथी होस । जसलाई मेरो ख्याल मात्र होइन मौनताबारे पनि जानकारी होस् ।'

हालै एक पत्रिकामा छापिएको साक्षात्कारमा उल्लेख गरिएअनुसार एक पुरुष मित्रले धोका दिएपछि उनको प्रेमसम्बन्ध खतम भयो । तर उनले यसबारे कसैको नाम लिइनन् ।

दीपिका भन्छिन् 'यस्तो अवस्थालाई सबै मानिसहरु आफ्नो तरिकाले झेल्छन् । मेरो सबैभन्दा ठूलो तागत भनेको म कुनैपनि समस्याबाट हार मान्दिँन ।

यो वर्ष दीपिकाका तीनवटा फिल्म रिलिज भैसकेका छन् भने दुईवटा चाँडै रिलिज हुँदैछन् । जसमा इमरान हासमीसँगको 'ब्रेक के बाद' र आशुतोष गोवारिकरको बहुचर्चित फिल्म 'खेलें हम् भी जान' सामेल छन् ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out