चीनबाट फर्किए माओवादी सैन्य कमाण्डरहरु

भोजराज भाट, काठमाडौं, कात्तिक ४ - दसैंको पूर्वसन्ध्यामा साताव्यापी चीन भ्रमणमा गएका एकीकृत माओवादीका सैन्य कमाण्डरहरू आज विहान स्वदेश फर्किएका छन्। असोज २८ गते काठमाडौं-ल्हासा हुँदै छेन्दु गएका उनीहरूले त्यहाँबाट बेइजिङ, ग्वाञ्जावो, सांघाई र मकाउको भ्रमण गरेका थिए। दसैंको वेला चियोचर्चा कम हुने मौका छोपी अस्थायी शिविरमा रहेका डिभिजन कमाण्डरहरूसमेत सुटुक्क चीन भ्रमणमा निस्किएका थिए। चीन भ्रमण गर्नेमा माओवादीका सैन्य इञ्चार्ज वर्षमान पुन, डेपुटी कमाण्डर जनार्दन शर्मा, जनसेनाका प्रवक्ता चन्द्रप्रकाश खनाल र ओन्सरी घर्तीमगर रहेका छन्। पुन र शर्मा सेना समायोजन विशेष समितिका सदस्य हुन् भने खनाल प्राविधिक समितिका सदस्य। घर्तीमगर भने पुनकी पत्नी एवम् समानुपातिक सभासद् हुन्।

सिन्धुली दुधौलीस्थित दोस्रो डिभिजन कमाण्डर सुकबहादुर रोका, नवलपरासी झ्यालटुङडाँडास्थित चौथो डिभिजन कमाण्डर तेजबहादुर ओली, सुर्खेतको दशरथपुरस्थित छैटो डिभिजन कमाण्डर महेन्द्रबहादुर शाहीले चीन भ्रमण गरेका थिए। जनार्दनका स्वकीय सचिव बसन्तराज शर्मा, खगेन्द्र न्यौपाने, सिद्धीरत्न शाही र अर्का नाम नखुलेका दोभाषे पनि समावेश थिए।
माओवादी कमाण्डरहरूले बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टी र सैन्य क्षेत्रका उच्च नेताहरूसँग दुई दिन छलफल गरेका थिए। उनीहरू बेइजिङबाट साङ्घाई गइ दुई दिन घुमफिर गरे। साङ्घाई पनि चिनियाँ अधिकारीसँग नेपालको राजनीतिक परिघटनाबारे छलफल भएको माओवादी हेडक्वार्टर निकट स्रोतको दाबी छ।
माओवादी आफ्ना सैन्य कमाण्डरको चीन भ्रमण 'निजी' भन्दै आएको छ। माओवादीका विदेश विभाग प्रमुख कृष्णबहादुर महराले संक्षिप्त प्रतिक्रिया दिए, 'त्यो उहाँहरूको निजी भ्रमणमा हो, मलाई त्यति जानकारी छैन।'
संविधानसभाको चुनाव भएलगत्तै चीनले माओवादी जनसेनाका प्रमुख नन्दकिशोर पुनलाई नेश्नल डिफेन्स कोर्श (एनडीसी) गर्न प्रस्ताव गरेको सार्वजनिक अभिव्यक्ति उपाध्यक्ष बाबुराम भट्टराईले पोखरामा दिएका थिए। लगत्तै नेपाली सेनाले चिनियाँ दुतावासमार्फत् त्यसको विरोधपत्र पठाएपछि त्यो स्थगित भएको थियो।
असोज २७ गते महासचिव रामबहादुर थापा, विदेश विभाग प्रमुख महरा, पोलिट्ब्यूरो सदस्य अग्निप्रसाद सापकोटा 'घुमफिर' गर्ने भन्दै तातोपानी र नेपाल-चीन सीमामा पर्ने लिपिङ बजार भ्रमणमा निस्किएका थिए। कात्तिक ५ गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल र महरा साङ्घाई एक्सपो हुँदै बेइजिङ जाने कार्यक्रम तय हुनु र त्यसकै पूर्वसन्ध्यामा दर्जन जति कमाण्डरहरू सुटुक्क चीन भ्रमण गरेका हुन्।

पोहरको दसैअघि विश्व वैंकको आयोजनामा सेना समायोजन र संघीयताको विषयमा डेपुटी कमाण्डर शर्मा, तेस्रो डिभिजन कमाण्डर धनबहादुर मास्केलगायतको टोली दक्षिण अफि्रका र रुवान्डा भ्रमण गरेका थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out