३५ लाखको गोलमाल

अजय देवगण र करिना कपुर 'गोलमाल -३'को एक प्रमोसनल गीत 'देसी कली…'को सुटमा पुगेनन् । यसकारण निर्माताले ३५ लाखको नोक्सान उठाउनुपर्‍यो । सूत्रका अनुसार उक्त गीतका लागि मात्र यशराज स्टुडियोमा स्पेसल सेट तयार गरिएको थियो । तर अजय र करिना नआउँदा ३५ लाखको सेट हटाउनुपर्‍यो । निकै व्यावसायिक स्टार मानिने अजय र करिना आखिर किन सेटमा आउन मानेनन् ?

सूत्रका अनुसार 'गोलमाल -३'को ब्याकग्राउन्ड म्युजिक प्रीतमले तयार गरेका थिए । यसकारण 'देसी कली…' पनि उनैले तयार गर्नुपर्ने थियो । तर अजय र करिनालाई यो गीत मनपरेन । उनीहरुको मान्यता थियो कि यसले सिनेमाको प्रमोसनका लागि कुनै सपोर्ट मिल्नेछैन । अजय र करिनाले उक्त दिन 'देसी कली…'को साटो 'कौन बनेगा करोडपति'को एपिसोड सुट गरे । प्रीतमलाई भने अजय र करिना नआउनुको कारण थाहा छैन ।

भूषण कुमारका अनुसार अजय नआउनुको कारण उनी पि्रयदर्शनको फिल्म 'तेज'को सुटिङमा व्यस्त हुनुथियो । सुनिएअनुसार अजय र करिना प्रीतमको गीत मननपरेकाले नआएका हुन् । यसबारे भूषणले बताए 'म तपाईंलाई उही कारण बताइरहेको छु कि जुन कारणलाई निर्माता कम्पनीले मलाई बताएको छ ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out