ब्रेकमा छन् हिरोइन

दसैंका कारण यतिबेला सिङ्गो रजतपटको गति सुस्त भएजस्तो छ । व्यावसायिक रुपमा कलेक्सन त खस्किएको छ नै सुटिङहरु अवरुद्ध भैरहेका छन् भने सेलिव्रेटी 'फेस्टिभ मुड'मा छन् । दसैंपछि सुटिङ सुरु हुनेभएपछि अधिकांश एक्टस्र-एक्ट्रेस फुस्रदमा छन् । कतिपय भने दसैंअघि कुनै पनि हालतमा सुटिङ सक्नुपर्ने चटारोमा छन् ।

अभिनेत्री ऋचा शर्मा मेगाप्रोजेक्टको सिरियल 'हाम्रो टीम'को बाँकी सुटिङ दसैंपछि हुने भएपछि यतिबेला फुस्रदमा छिन् । दसैंको टीका लगाएर परिवार जर्मनी उड्ने भएपछि ऋचा आफ्नी हजुरआमासँग काठमाण्डूमै रहनेछिन् । 'बाँकी सुटिङ दसैंपछि हुने भएपछि अहिले घरमै फुस्रदका दिनहरु बिताइरहेकी छु' फस्टलभ हिरोइनले भनिन् 'वर्षमा एकपटक आउने दसैं त मनाउनुपर्‍ यो नि ।'

अर्की कलिउड दिभा नम्रता श्रेष्ठ पनि फुस्रदमा छिन् । दीलिप रायमाझीको प्रोजेक्ट 'मिस यू'मा आबद्ध नम्रता फिल्मको सुटिङ दसैंपछि हुने भएपछि यतिबेला फुस्रदका दिनहरु काट्दै छिन् । दसैंलाई काठमाण्डूमै मनाउने र फुस्रदलाई एठ्-टी डाएमेन्सन सिनेमाको ब्रान्ड एम्बेसडर भएकोमा प्रमोसन गर्दै बिताउने मुडमा छिन् उनी । यतिबेला उनी परिवारलाई प्रशस्त समय दिइरहेकी छिन् भने बेला-बेलामा एटिक पनि पुग्छिन् ।
अर्की अभिनेत्री निशा अधिकारी फुस्रदमा त छिन् तर अहिलेको समयलाई मिनि चलचित्र अर्थात टेलिभिजनमा लगाइरहेकी छिन् । 'फस्टलभ'पछि उनले कुनै प्रोजेक्टमा साइन गरेकी छैनन् । तिहारपछि भने नयाँ प्रोजेक्टका एप्रोच आइरहेका छन् उनलाई । दसैंमा टीका नलगाउने भएपनि निशालाई धार्मिक नभई सांस्कृतिक रुपमा आत्मसात गर्ने योजनामा छिन् ।

'धर्मा' हिरोइन मनिषा कोइराला पनि यतिबेला पूर्णतयाः फुस्रदमा छिन् । फुस्रद उनको बाध्यता र रहर दुवै हो । खुट्टाको चोटसँग संघर्ष गरिरहेकी मनिषा दसैंमा फुस्रद पनि चाहन्थिन् । उनी यतिबेला काठमाण्डूस्थित घरमा आराम गर्दै परिवारलाई साथ दिइरहेकी छिन् । सम्भवतः तिहारपछि मनिषा तेलगु फिल्मको सुटिङका लागि मुम्बइ जाने योजनामा छिन् । आफू अभिनित बलिउड फिल्मको न्यूयोर्कमा पि्रमियर स्थगित भएपछि मनिषा गत तीजदेखि नै फुस्रदमा छिन् ।

हिरोइनहरु करिश्मा मानन्धर, माल्भिका सुब्बा, पूजना प्रधान, जेनिसा केसी, निरुता सिँह, श्वेता खड्का, केकी अधिकारी यतिबेला ब्रेकमा छन् । दसैंपछि प्रोजेक्ट र योजनाहरु अघि बढाउने यी हिरोइनहरुको तालिका छ । मानौं उनीहरुलाई दसैंको ग्राफ बढेको छ र दसैं काम गर्ने र काम रोक्ने सीमा हो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out