बेकह्यामविरुद्ध यौनकर्मी अदालतमा

लसएन्जलस/ पत्नीभक्तका रूपमा चिनिएका डेबिड बेकह्यामलाई यौनकर्मी इर्मा निसीले अर्को झन्झटमा तान्ने भएकी छिन् । निसीले आफूसँग यौनसम्बन्ध राखेको आरोप लगाएको समाचार प्रकाशित भएपछि बेकह्यामले पत्रिका र निसीविरुद्ध मुद्दा दायर गरेका थिए । तर, २६ वर्षीया निसीले अहिले तीन पुत्रका पिता बेकह्यामविरुद्ध नै मुद्दा हाल्ने तयारी गरिरहेकी छिन् ।
मानसिक तथा शारीरिक चोट पुर्‍याएको अभियोगमा निसीका वकिल पाउल रोल्फ जेन्सनले आगामी शुक्रबार लस एन्जलसको अदालतमा बेकह्यामविरुद्ध मुद्दा दायर गर्ने तयारी गरिरहेको एजेन्सीले जनाएको छ ।
बेकह्यामले आफूविरुद्ध एक करोड ६० लाख पाउन्डबराबरको क्षतिपूर्ति मुद्दाका बारेमा छलफल गर्न आउँदा न्युयोर्क होटलमा आफू घाइते भएको निसीको दाबी छ । बोस्नियामा जन्मिएकी निसीले सो होटलमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले आफूलाई पिटेर अस्पतालमा भर्ना गराएको हुनाले त्यसको जिम्मेवारी बेकह्यामले लिनुपर्ने दाबी गरेकी छिन् ।

उनका वकिल जेन्सन भन्छन्, 'त्यो खराब व्यवहारको जिम्मेवारी बेकह्यामले लिनुपर्छ तथा हामी कानुनी लडाइँ लड्नेछौँ ।' जेन्सन थप्छन्, 'क्यालिफोर्नियाको कानुनले बेकह्यामजस्ता सार्वजनिक व्यक्तित्वले कसैलाई सार्वजनिक रूपमा गाली गर्न दिँदैन । हुन सक्ला, उनी धेरै समय लसएन्जलसमा बस्दैनन् तथा यस अवधिमा उनलाई यहाँको कानुन पनि बुझाउन सकिन्न होला । तर, उनले यहाँ बस्दा लेखिएको कानुनको बेवास्ता पनि गर्न मिल्दैन ।'
विवादै विवादका बीच पनि बेकह्याम आफ्ना परिवारसँग रमाएर बसेका छन् । साथै उनी आफ्ना सन्तानलाई यो विवादबाट टाढा राख्ने प्रयास पनि गर्दै छन् । गत साता उनले लसएन्जलसमै आफ्ना छोराहरू रोमियो र क्रुजलाई फुटबलका केही गुण सिकाएका थिए भने रोमियोले त एउटा खेल पनि खेले ।
निसीले आफूसँग शारीरिक सम्बन्ध राखेको दाबी गरेको समाचार प्रकाशित गर्ने इन टच म्यागजिनलाई बेकह्यामका वकिल बर्ट एच डेक्सलरले समाचार प्रकाशन गर्नुपूर्व नै लिखित रूपमा सो आरोप निराधार भएको बताएका थिए । 'त्यो आरोप पूर्ण रूपमा निराधार छ । हामीले जानकारी गराउँदा-गराउँदै पनि समाचार छापियो भने हामीले कानुनी उपचार खोज्नुपर्छ,' डेक्सलरले पत्रिकालाई लेखेका थिए । तर, सो पत्रिकाले बेकह्याम पक्षको भनाइलाई बेवास्ता गर्दै फुटबल स्टारले १० हजार पाउन्ड तिरेर तीनपटक निसीसँग शारीरिक सम्बन्ध राखेको समाचार छापेको थियो । सो रकम निसीलाई बेकह्यामको नजिक ल्याउने एक महिलाको पनि भागमा परेको दाबी सो पत्रिकाको थियो ।
उता केही दिनअघि मात्रै हलिउडकी ज्वेलरी डिजाइनर सेरी साबानीकी पतिले बेकह्यामसँग सम्बन्ध गाँसेको आरोपमा उनलाई मानसिक यातना दिएको समाचार सार्वजनिक भएको थियो । त्यही कारण ३३ वषर्ीया साबानीले आफ्ना करोडपति वकिल पतिसँग सम्बन्धविच्छेदका लागि अदालतको शरण लिएकी छिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out