'अश्लील साइट हैन नेताको बोलीमा प्रतिबन्ध लगाउनुपर्छ'

जगदीश घिमिरे, साहित्यकार- १. अन्तर्राष्ट्रिय बजारमा घटे पनि नेपालमा सुनको मूल्य बढ्यो। बिहेको सिजन आएर हो कि? किन यस्तो हुन्छ?
नेपालमा भष्ट्राचार सबैमा हावी छ। अरू देशमा पेट्रोल, सुन र खानाको मूल्य घट्छ। हाम्रो देशमा यसको मूल्य घट्यो भने राजनैतिक पाटीको कमिशनमा घटबड हुन्छ। त्यसैले यस्ता सामानको मूल्य घट्दैन। भष्ट्राचारको रोकथाम भएमात्र मूल्यमा स्थिरता आउला।
२. सरकारले ४० वटा वेबसाइट अश्लील भन्दै बन्द गरिदिएको छ। यो कदम कति उचित हो?
सरकारले केको आधारमा अश्लील वेबसाइट छनोट गर्‍यो भन्नेमै आश्चर्यजनक छ। अधिकाशं बेवसाइटको नामनै पहिलेपटक सुनेको छु। बरू सरकारले नेताहरूको भाषणमा पो बन्द गर्नुपर्ने। मिडियाले नचाहिदाँ मानिसलाई राजनैतिक व्यत्तित्वको नाममा धेरै हाइलाइट गर्छ। जुन हास्यँात्पक कुरा हो। उनीहरूले गलत बोलेपनि सही हुन्छ। सवसाधारणले सही बोलेपनि गतल।
३. प्रधानमन्त्रीको चुनाव १३ औं पटक असफल भयो। समाधान के होला?
एकले अर्कालाई दोष लगाई मात्र रहे देशको प्रगति हुन असम्भव छ। नेताहरू एकले अर्कालाई गज्जास्पद शब्दको प्रयोग गरेर होच्याउछन्। सबैभन्दा राम्रो कुरा चाहिँ ३ वर्ष अघि भएको सम्झौता मानेर सबैले एकसाथ हिडे देश र जनता दुवैले सुख पाउथे। अझ सञ्चार माध्यमले यस्तै झगडा र विवादलाई हाइलाइट गरेर जनतामा भ्रम सिर्जना गर्छन्। अहिले सरकारभन्दा ठूलो राजनैतिक पाटी भएको छ।
४. लोडसेडिङ फेरि बढ्दै जाने रे। तपाईको कामलाई कति बाधा हुन्छ?
नराम्रो काम र समस्याको प्रकार जहिलेपनि अधिक हुन्छ नेपालमा। लोडसेडिङ, भष्टाचार, चोरी र अपहरणको घटनामा जहिलेपनि वृद्धि हुन्छ। विकासको काममा जहिलेपनि पछाडी हुन्छ नेपाल। म एक उपभोक्ता हुँ। देशमा भएको समस्याले मलाई पनि असर गर्छ। अझ म त बिरामी मान्छे। समय समयमा अस्पताल गइरहनु पर्छ। एकघण्टाको ट्राफिक जाममा पर्नुपर्‍यो भने मेरो अवस्था नाजुक हुन्छ। राज्यले मेरोबारेमा जिम्मा लिन सक्दैन्।
५. यात्रुबसमा बम विष्फोट हुनुमा सुरक्षा निकायको कमजोरी छ कि छैन?
देशमा कायम निति नियमनै आफैमा कमजोर छ। सुरक्षाकर्मीले कतिको समान चेक गर्ने। एक ठाउमा चेक गर्छन् अर्को ठाउबाट बम बोकेर मान्छे चड्छ। राजधानीमा त दिन डहारै पहुच भएको मानिसको हत्या हुन्छ। अपराधीलाई समातेर कारवाही गर्न छाडेर अपराधीलाई भगाइन्छ। यस्ता देशमा सुरक्षा व्यवस्था कडा हुन्छ भन्न सकिन्न नि।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out