हलीवुड अभिनेत्री एंजेलिना जोलीको निर्देशनमा बन्न लागेको पहिलो चलचित्र समस्यामा फसेको छ। बोसनियाको गृह युद्धको कथामा आधारित यस चलचित्रबाट उनले निर्देशकको भुमिकामा पार्इला राखेकी थिर्इन। बोसनियाका अधिकारिहरूले उनलार्इ बोसनियामा यस चलचित्रको छाँयाकन गर्न रोकेको छ। बोसनियाका अधिकारिहरू समक्ष त्यहाँका युद्ध पीडित महिलाहरूको एक समूहले बिरोध गरेपछी उक्त निर्णय गरेका थिए।
यस चलचित्रको कथा युद्ध पीड़ित मुस्लिम युवती तथा उनलार्इ बलत्कार गर्ने सर्बियाई युवकको प्रेममा आधारित छ। महिलाहरूको समूहले देशभरमा युद्ध पीडित युवती तथा उनलार्इ बलत्कार गर्ने बीच प्रेम सम्बन्ध रहेको कुनै घट्ना सुनिनमा समेत आएको छैन।
बोसनियाका सांस्कृतिक मंत्री गेवरिलो ग्राहोवेकका अनुसार यस चलचित्रको छाँयाकन गर्न नदिनुका कारय यस चलचित्रको कथा प्रती बोसनिया वाशीहरूको ‘असहमति’ प्रमुख रहेको छ। उनले यस चलचित्रको छाँयाकनको लागि लिएको स्विकृती कानून बमोजिम नरहेको तथा यसका लागि उक्त चलचित्रको पुर्ण कथा समेत पेश नगरेको समेत बताएका छन्। अहिले एंजेलिनाले यस चलचित्रको छाँयाकन हंगरीमा शुरू गरेकी छिन्।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago