'कन्फ्युज आउट' नन्दिता

हिजोसम्म 'कन्फ्युज'मा थिइन् हिरोइन नन्दिता केसी । फेसबुकको भित्तोमा 'कन्फ्युज'को कुरा लेखेपछि यो खबर कलिउडमा आगोजस्तै फैलिएको थियो । यी 'डिम्पल हिरोइन'को 'कन्फ्युज' कारण चाहिँ जारी 'मालीतको भट्टी'को धपेडी हो । यो प्रोजेक्टमा उनी यति व्यस्त छिन् कि दिनको १२ घण्टा सुटिङमा बिताइदिन्छिन् । जसका कारण नन्दिताको दसैं हतारमा बित्ने पक्का छ ।
तर, आज भने बल्ल-बल्ल उनी 'कन्फ्युज'बाट मुक्त भइन् । उनलाई उक्त 'कन्फ्युज'बाट उम्कन यति पापड पेल्नुपर्‍यो कि दसैंपछिको जापान टुर स्थगित गर्न बाध्य भइन उनी । 'मालतीको भट्टी' र गायत्री भुटियाको अपकमिङ प्रोजेक्ट 'मृगतृष्णा'मा व्यस्त हुनुपर्ने भएपछि नन्दिताले जापान यात्रा रद्द गरिदिइन् । जहाँ उनी एउटा 'कल्चरल प्रोग्राम'मा हिस्सा लिन जान लागेकी थिइन् । जापान पुगेको तीनदिनपछि नै उनी पुनः 'मृगतृष्णा'का लागि सिक्किम 'कमब्याक' हुनुपर्ने बाध्यता थियो ।

दसैं टीका लगाउन उनी सन्धीखर्क घरमा हानिनेछिन् । त्यसपछि नवलपरासीमा नन्दिताले दसैं स्पेसल कार्यक्रममा सहभागिता जनाउनेछिन् । अहिले 'मालतीको भट्टी'बाट समय निकालेर म्युजिक भिडियोमा पनि काम गर्दैछिन् । आइतबारबाट नन्दिताले आलोक नेम्वाङ निर्देशित एक म्युजिक भिडियोमा अभिनय गर्दैछिन् । जे होस 'कन्फ्युज आउट' भएकोमा नन्दितालाई बधाइ छ । नत्र दसैं पनि 'कन्फ्युज' हुन के बेर ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out