यौनकर्मीसँगै होटलबाट पक्राउ परे नेता लक्ष्मण थारु

केपी ढुंगाना, काठमाडौं, असोज २४ - व्यवसायिक यौनकर्मीसँग गेष्ट हाउसमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष लक्ष्मण थारु पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले बागबजारमा रहेको गणेश गेष्ट हाउसवाट यौनकर्मी महिलासहित नेता थारुलाई पक्राउ गरेको हो।
 प्रहरीका अनुसार आईतबार बिहान साँढे नौ वजे गेष्ट हाउसमा पुगेको प्रहरीले छापा मार्नेक्रममा कोठामा राधिका मगर (नाम परिर्वतन ) सँग नग्न अवस्थामा अवस्थामा एक पुरुष फेला परेको थियो। प्रहरीले दुबैलाई नियन्त्रणमा लिएर सोधपुछ गर्नेक्रममा पक्राउ परेका ब्यक्तिले आफू लक्ष्मण थारु रहेको बताउँदै प्रहरीलाई पक्राउ नगर्न धम्क्याएपछि प्रहरीले थारु र युवती सहित गेष्ट हाउस सञ्चालिका पार्वती पुरीलाई समेत पक्राउ गरेको थियो।
प्रहरीले पक्राउ परेका तीनै जनालाई सार्वजनिक अपराध ऐनको अभियोग लगाएर अनुसन्धानका लागि हिरासतमा राखेको छ।

जनयुद्धकालमा माओवादीमा सक्रिय रहेका थारु माओवादी शान्तिपूर्ण राजनीतिमा आए लगत्तै विद्रोह गरी मञ्चको गठन गरेका थिए। उनले तराईका थारु प्रभावित जिल्लाहरुमा मधेसी जनअधिकार फोरम लगायतका तराई केन्द्रित दलले सुरु गरेको एक मधेस एक प्रदेशको विरोधमा थारुहटको माग गर्दै आन्दोलन गरेका थिए। केही महिना अगाडि मञ्च र फोरमबीच एक मधेस एक प्रदेशको मागमा सहकार्य गर्ने सहमति भएको दुबैले संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका थिए।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out