इमरान सुधार्दैछन् इमेज

मुकेश भट्ट, इमरान हासमी र कुणाल देशमुखले यसअघि एकैसाथ दुईवटा फिल्म 'जन्नत' र 'तुम मिले' निर्माण गरिसकेका छन् । प्राप्त खबरअनुसार तीनैजना मिलेर अर्को फिल्म निर्माणमा जुटेका छन जसको टाइटल 'एक्सएक्सएक्स' हुने सम्भावना छ । सूत्रका अनुसार भारतको पोर्न इन्डष्ट्रिमाथि बनेको फिल्म 'कलयुग'भन्दा पनि एक कदम अघि हुनेछ । इमरानले यो फिल्ममा काम गर्न अस्वीकार गरिदिएका छन् । किनभने उनी आफ्नो सिरियल किसरको इमेज सुधार्न चाहन्छन् । यस कारण फिल्ममा नयाँ अनुहारलाई लिने सम्भावना अधिक छ । मुकेश भट्टले भने 'यो साँचो हो कि इमरानले 'एक्सएक्सएक्स'मा काम गर्न चाहिरहेका छैनन् । त्यसकारण कुणाल यसपटक कुनै नयाँ अनुहारसँग मिलेर काम गर्न चाहन्छन् ।' इमरानले यो फिल्मलाई अस्वीकार गर्नुको पछाडि उनी आफ्नो इमेज सुधार्न चाहन्छन् भन्ने अड्कल आँकिएको छ । भट्टले अगाडि भने 'जसरी सलमान खान आफ्नो बडी बिल्डिङ इमेजबाट भाग्न सक्दैनन् उसैगरि इमरान पनि आफ्नो विगतको इमेजलाई छाडेर भाग्न सक्दैनन् ।' भारतीय एक अनलाइन संस्करणले इमरानलाई गरेको एसएमएस प्रतिकि्रयामा इमरानले आफू 'एक्सएक्सएक्स' फिल्ममा खेल्न चाहेको बताएका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out