राजधानीका ३० असुरक्षित ठाउँ

काठमाडौं, असोज २० (नागरिक) - महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारको सुरक्षा योजना कार्यान्वयन गर्दै काठमाडौंका ३० स्थानलाई संवेदनशील क्षेत्रको सूचीमा राखेको छ। विगतको अपराधिक तथ्यांक विष्लेषणका आधारमा प्रहरीले ती स्थानमा सिआरभी, पिकेट, मोटरसाइकल गस्ती र एम्बुसिङ टोली परिचालन गरेको छ। प्रहरीले तिहार र छठ पर्वसम्मको सुरक्षा प्रबन्धका लागि डेढमहिने योजना बनाई असोज १५ बाट कार्यान्वयनमा ल्याएको छ। कात्तिक ३० सम्म कायम रहने योजनामा करिब ४ हजार सुरक्षाकर्मी परिचालन हुने परिसरका अधिकारीले जनाए।परिसरस्रोतका अनुसार सुरक्षा प्रभावकारिता बढाउन काठमाडौंका ५२ स्थानमा सिआरभी टोली खटाइएको छ भने १८ स्थानमा पिकेट व्यवस्था। १८ स्थान अति संवेदनशील रहेको भन्दै सुरक्षामा परिचालन गरिएका तीनै युनिट केन्द्रित गरिएको छ।

प्रहरीले धुम्बाराही, चण्डोल, चुनदेवी, बौद्ध, नयाँबस्ती, भुवलडाँडाँ (तीनचुले), आरुबारी, रामहिटी, बागमती करिडोर, अत्तरखेल, कपन, महाँकाल, आकाशेधारा, मध्यबानेश्वर, शंखमुल, गट्ठाघर क्षेत्रलाई अति संवेदनशील स्थानको सूचीमा राखेको छ।

कलंकी, कुलेश्वर, टेकु, बाफल, वनस्थली, वसन्तनगर, सुन्धारा, असन र सवलबहाल, लाजिम्पाट, नयाँबसपार्क, म्हैपी, क्षेत्रपाटी, गहनापोखरी, बालुवाटार, कालोपुल, थापाथली, मैतीदेवी, रातोपुल, कालोपुल, पशुपति, पुरानो बानेश्वर, सिनामंगल, पञ्चकुमारी, गौरीघाट, चागल, हलचोक, विजेश्वरी, झोलुंगेपुल, काँडाघारी र फर्पिङ बसपार्क क्षेत्र संवेदनशील सूचीमा छन्।

काठमाडौं परिसरका प्रवक्ता केदार ढकालका अनुसार भित्री सहरी क्षेत्र र बाहिरी क्षेत्र पहिचान गरी सुरक्षा रणनीति निर्माण गरिएको छ। आवश्यकताअनुसार ...हटस्पट' पहिचान गरी विशेष सुरक्षा व्यवस्था गरिएको ढकालले बताए।

प्रहरीलाई लामो हतियार, छोटो हतियार र लाठी प्रबन्ध गरिएको छ। स्रोतका अनुसार २४ सै घन्टा मोबाइलमा रहने गरी १५ प्रहरी खटाइएको छ।
आवश्यकताअनुसार साइकल र पैदलगस्तीसमेत मिलाएको ढकालले बताए। आपतकालीन अवस्थामा खटिने गरी महानगरीय घटना सहायता कार्यदलमार्फत १ सय ५० भन्दा बढी प्रहरीलाई स्ट्राइकिङ फोर्सका रूपमा प्रयोग गरिने छ।
चोरी, लुटपाट, गुन्डागर्दी, पाकेटमार सक्रिय हुने क्षेत्र पहिचान गरी सादा पोशाकमा प्रहरी परिचालन गरेको ढकालले बताए। सहरका भित्री तथा रिङरोड क्षेत्रमा चल्ने माइक्रोबस लगायतका भाडाका सवारी साधनमा समेत सादा पोशाक प्रहरी परिचालन गरेको उनले बताए। भिडभाड बढी हुने सुपरमार्केट, डिपार्टमेन्ट स्टोर, सपिङ मल, गहना पसल, वित्तीय कारोबार हुने संस्थामा समेत निगरानी बढाएर एम्बुसिङ टोली परिचालन गरेको उनले जानकारी दिए।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out