दुल्हाबिनाको एउटा अनौठो विवाह

ताइवानमा आगामी महिना हुन गइरहेको एउटा विवाह असामान्य विवाहको इतिहासमा सबैभन्दा बढी असामान्य सावित हुन सक्दछ। बीबीसी सम्वाददाता सिन्डी सुईका अनुसार विवाहको यो समारोहमा फूल, व्यञ्जन र परिवारजन सबै सहभागी हुनेछन् तर हुने छैनन् मात्र दुल्हा ।
दुल्हाबिनाको यो विवाहको कारण हुन् स्वयम् दुलही अर्थात चेन वेई यी ।
चेन वेई यो वर्ष ३० वर्षकी हुँदै छिन् र उनले स्वयमसँग विवाह गर्ने निर्णय गरेकी छन् । चेन मानिसको यो सोचदेखि दिक्क छिन् जुन मानिसहरु कसैसँग प्रेम सम्बन्ध नराख्ने र अविवाहित रहने महिलालाई नराम्रो मान्दछन् । त्यो पनि त्यतिबेला जब महिलाको उमेर ३० वर्ष हुन लागेको होस् ।
आफ्नो यो अनौठो निर्णयका विषयमा चेन भन्छिन्-जब तपाई विवाहित हुनुहुन्न तब मानिसहरु तपाईलाई परिचित गराउने बेला भन्छन् यी मेरा मित्र हुन् अर्थात पारिवारिक मित्रका साथी कजन । यसबाट यही लाग्छ कि समाजमा अविवाहित हुनुलाई नराम्रो मानिन्छ।
उनले भनिन्-यो विवाहको माध्यमबाट म यो सन्देश दिन चाहन्छु कि यदि तपाई कसैसँग सम्बन्धित हुनुहुन्न भने तपाई असफल व्यक्ति होइन, तपाई अनौठो व्यक्तित्व हुनुहुन्छ। र म खुस छु कि म यस्तै महिला हुँ ।
यद्यपि ताइवान सरकार आफ्ना जनतालाई विवाहका लागि प्रोत्साहित गर्ने तरिकाको खोजीमा छ। यहाँको घट्दो आवादी र जन्मदर रोक्न सरकार लागिपरेको छ।
यता आफ्नो अनौठो निर्णयका कारण ताइवानी मिडिया र जनतामा चेनको सराहना गरिदैछ। यसबाट मानिसहरुले स्वयमलाई सम्मान दिने भावना बढ्ने बताएका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out