माल्भिकाको लिस्टमा सिनेमा

जिन्दगीमा दुईपटकबाहेक बाँकी सबै दसैं नेपालमा मनाइन् हिरोइन माल्भिका सुब्बाले । यसपटकको दसैं पनि काठमाण्डूमै बित्नेछ 'गुडबाइ काठमाण्डू' अभिनेत्रीको । यतिबेला दसैंको 'फेस्टिभ मुड'मा रहेकी माल्भिकाले 'सेलिव्रेट लिस्ट' पनि बनाइसकेकी छिन् । हेर्न छुटेका र मनपरेका हिन्दी र अंग्रेजी सिनेमा हेर्ने तयारीमा छिन् यसपालि माल्भिका । उनका फ्यानहरुलाई अर्को खुशिको खबर के हुनसक्छ भने दसैंको अवधिभर माल्भिका सोसल साइट फेसबुकमा भिजिट गरिरहनेछिन् ।

'दसैंको छुट्टीमा आफूलाई मनपरेका अनि पहिले हेर्न छुटेका हिन्दी र अंग्रेजी चलचित्रहरु मनोरन्जन लिन्छु' माल्भिका भन्छिन् 'दसैंभर फेसबुकलाई पनि मनोरन्जनको माध्यमका रुपमा लिनेछु । यसबाहेक मोबाइलमा आएका दशैं शुभकामना सन्देशहरुको रिप्लाइ गर्ने मनपरेका मान्छेहरुलाई शुभकामना दिने कार्यबाट पनि मनोरन्जन लिन्छु । फेसबुकले पनि मनोरन्जन दिलाउँछ ।'

दसैंलाई लिएर पूर्वमिस नेपाल माल्भिकामा एउटा चिन्ता पनि रहेछ । भन्छिन् 'खान्न भन्दा पनि नपाइने र खाँदाखाँदा धेरै खाइन्छ अनि मोटाइन्छ । वर्षदिनभरि मेन्टेन गरेको शरिर एकहप्तामै विग्रन्छ ।' यस वर्ष नभ्याएको अर्को वर्ष देशबाहिर कतै घुम्न जाने योजनामा छिन् माल्भिका । यो दसैंमा चाहिँ काठमाण्डूका आफ्ना आफन्त र साथीभाइकहाँ घुम्ने मुडमा छिन् उनी । भन्छिन् 'दसैं गरिबका लागि दशा हो भन्छन् त्यसैले दशैंलाई मीतव्ययी ढंगले मनाउनु उचित होला ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out