अश्लिल सिनेमा संकटमा

एक कलाकार एचआइभी संक्रमित भएको सार्वजनिक भएपछि अमेरिकाको क्यालिफोर्नियास्थित अश्लील चलचित्र उद्योग संकटमा परेको छ ।

यस्ता चलचित्रका धेरै कलाकार यौनजन्य रोगको उच्च खतरामा रहेको लस एन्जलसस्थित जनस्वास्थ्य अधिकारीले बताए । रोग सर्न नदिन कुनैपनि साधन प्रयोग नगरेकाले यस्तो समस्या देखिएको हो । पाँच चलचित्र निर्माता कम्पनीले उत्पादन स्थगित गरेका छन् ।

स्वास्थ्य अधिकारीले अरु कलाकारमा पनि रोग पहिचान गरी सार्वजनिक गर्न सक्ने अवस्थाले थप उद्योग बन्द हुने अनुमान छ । तर कलाकारले परिचय र लिङ्ग भने उनीहरुले सार्वजनिक गरेका छैनन् । पछिल्लोपटक यसैसाता एक महिलामा एचआइभी संक्रमण देखिएको छ ।

एडल्ट इन्डस्ट्री मेडिकल हेल्थ केयर फाउन्डेसन क्लिनिकले एचआइभी संक्रमण पत्ता लगाएको हो । यसले प्रत्येक महिना १ हजार २ सय कलाकारको यौन रोग अनिवार्य परीक्षण गर्दै आएको छ ।

एचआइभी संक्रमण भएको फेला परेपछि चलचित्र उत्पादनमा तत्काल रोक लगाइएको विविध इन्टरटेनमेन्ट ग्रुप एन्ड विक्ड पिक्चस्रका संस्थापक स्टेभेन हिस्र्चले बताए । 'कसैले पनि अरुलाई एचआइभी पोजेटिभ भएको देखाउन चाहेका छैनन्' उनले भने ।
सन् २००४ मा थुप्रै कलाकारलाई एचआइभी संक्रमण भएपछि अर्बौं डलरको यो उद्योगमा यस्तै समस्या देखिएको थियो । त्यो घटनाबाट अझै पनि यो उद्योगले कुनै पनि नसिकेको त्यतिखेरका नायक डारेन जेम्सले बताए ।
'त्यही व्यवहारमा हामी फर्कदैं छौं' उनले भने । उनले एकवर्षअघि मात्र अश्लील फिल्म बनाएका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out