फेसबुक सिक्दै दीपाश्री

अमेरिकाबाट फर्किएपछि कमेडी एक्ट्रेस दीपाश्री निरौला 'फेसबुक कन्सस' भएकी छिन् । सबैले फेसबुक चलाएको देखेपछि दीपाश्रीलाई पनि त्यसको रन्को लाग्यो । उनी यतिबेला आफूले काम गर्ने 'रेडियो अडियो'मा दैनिक फेसबुक सिक्न ब्यस्त हुन्छिन् । 'अमेरिका पुग्दा सबैले फेसबुक चलाएको देखेपछि ममा पनि त्यसको नशा चढेको हो' मेरोसिनेमासँग 'तीतोसत्य' अभिनेत्रीले भनिन् 'अहिले खाली समय रेडियोमा फेसबुक चलाउन सिक्दै छु ।'

दुईमहिना पहिले 'तीतोसत्य' सुटिङका लागि उनी अमेरिका पुगेकी थिइन् । फेसबुक चलाउन जान्ने भएपछि दीपाश्रीले एकाउन्ट पनि खोलेकी छिन् । उनलाई दैनिक झन्डै तीसजना जति साथी र फ्यानहरुले 'फ्रेन्ड रिक्वेस्ट' गर्छन् । म्यासेज र चिनेको आधारमा उनले फ्रेन्ड रिक्वेस्टलाई ओके गर्छिन् । यदि साथीको अनुरोधलाई 'इग्नोर' गर्दा फ्यानले गाह्रो मान्दैनन् भन्ने प्रश्नमा अविवाहित एक्ट्रेसले भनिन् 'त्यस्ता मान्छेलाई भेटेरै कुरा गर्न चाहन्छु ।'

नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकपि्रय टेलिफिल्म 'तीतोसत्य'बाट दीपाश्री चर्चित छिन् । कमेडी एफएम 'रेडियो अडियो'मा पनि उनी आरजे हुन् । उनीमात्र होइन पछिल्लो समय नेपाली सेलिव्रेटीहरु सोसल साइटको संसारमा अभ्यस्त हुन थालेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out