बेकह्यामका कारण सम्बन्धविच्छेद

लसएन्जलस/ डेबिड बेकह्यामसँग सम्बन्ध राखेको आरोपमा अमेरिकी ज्वेलरी डिजाइनर सेरी साबानी तथा उनका करोडपति वकिल पति जोसेफ काम्बिजबीच सम्बन्ध-विच्छेदको लडाइँ सुरु भएको छ । ४१ वर्षीया साबानीले अदालतमा दायर गरेको मुद्दामा आफ्नो ४२ वर्षीय पतिले फुटबल स्टार बेकह्यामसँग आफ्नो सम्बन्ध रहेको गलत आरोप लगाउन थालेको उल्लेख छ ।
केही साताअघि एक यौनकर्मीले आफूसँग शारीरिक सम्बन्ध लगाएको आरोप प्रकाशित गर्ने पत्रिकाविरुद्ध मुद्दा दायर गरेका बेकह्यामका प्रवक्ताले सो सम्बन्ध-विच्छेदको झगडामा बेकह्यामको नाम मुछिनु हास्यास्पद रहेको बताए ।
अदालतमा दायर गरिएको सम्बन्ध-विच्छेदको काजगमा साबानीले आफ्ना भ्रमित पतिले बेकह्यामसँग नचाहिँदो रूपमा आफ्नो नाम जोड्ने गरेको तथा काम्बिजलाई भ्रम परेको उल्लेख छ ।
बेकह्यामका तीन छोरा पढ्ने विद्यालयमा साबानीका सन्तान पनि अध्ययन गर्छन् तथा सो विद्यालयको एउटा कार्यक्रममा घटेको घटनाका कारण बेकह्याम नचाहिँदो मामिलामा फसेको साबानी बताउँछिन् । साथै बेकह्यामले साबानीसँग पनि सो मुद्दाका विषयमा कुराकानी गरिसकेका छन् ।
इंग्ल्यान्डका पूर्वकप्तान र साबानी भूलबस एक आपसमा ठोक्किँदा काम्बिजले त्यसलाई गलत ढंगबाट बुझेको पनि उनले बताइन् । दुई सन्तानकी आमा साबानीले ३५ वर्षीय बेकह्यामसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएकी छिन् । साथै उनले आफ्ना पतिले भ्रमको खेती गर्न लागेको आरोप पनि लगाइन् । बेकह्यामका प्रवक्ताले भने सो मुद्दाबारे केही बोल्नु अर्को हास्यापद विषय हुने बताए ।
साबानीले दायर गरेको मुद्दामा आपना सन्तानको अभिभावकत्व आफूले पाउनुपर्ने तथा आफ्ना पतिलाई जेल चलान गर्नुपर्ने उल्लेख छ । '२०१० को सुरुवातदेखि नै उनले ममाथि बेकह्यामसँग सम्बन्ध रहेको आरोप लगाउँदै आएका छन्, मेरा छोराछोरीको अगाडि पनि उनी त्यो आरोप लगाउँछन् । मैले निरन्तर उसलाई यो आरोप गलत हो भनेर सम्झाउने प्रयास गर्दै आएकी छु,' साबानीले भनिन् ।
अमेरिकी सेलिबे्रेटीहरूका गहना डिजाइन गर्दै आइरहेकी साबानी बेकह्याम तथा उनकी ३६ वर्षीया पत्नी भिक्टोरियाको मित्र भएको अनुमान गरिन्छ । साबानीले भने आफूले बेकह्याम दम्पतीको गहना डिजाइन गर्ने गरेको बताइन् ।
आफ्नो १२ वर्षे दाम्पत्य जीवनमा काम्बिजले आफूमाथि अन्य व्यक्तिसँग पनि सम्बन्ध राख्ने गरेको आरोप लगाउने गरेको पनि उनले बताइन् । 'मेरो पछिल्लो जन्मदिनमा त उनले बच्चाहरूकै अगाडि ममाथि आरोप लगाए, त्यसवेला उनले बेकह्यामको एसएमएस नआएका कारण म दुःखी भएको आरोप लगाएका थिए,' उनले भनिन् । साथै उनले गत मेमा काम्बिजले बीच बाटोमै बेकह्यामको कार रोक्ने प्रयास गर्दा फुटबल स्टार झन्डै दुर्घटनामा परेको जानकारी पनि दिइन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out