डलर सस्तिँदाको डर!

काठमाडौं, असोज २६ (नागरिक) - पछिल्लो एक महिनामा नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर करिब ४ रुपैयाँले कमजोर भएको छ। रेमिटेन्सले धानेको मुलुकका लागि यो अप्ठारो स्थिति हो।

भदौ २५ मा एक अमेरिकी डलर बराबर नेपाली रुपैयाँ ७४ रुपैयाँ २५ पैसा रहेकामा असोज २५ मा ७० रुपैयाँ ७० पैसामा झरेको छ। कुल गार्हस्थ्य उत्पादनमा करिब एक चौथाई हिस्सा ओगट्ने रेमिटेन्स आयमा हुने कमीले अर्थतन्त्रमा प्रत्यक्ष असर गर्छ।
पछिल्लो समयमा भारतीय अर्थतन्त्र मजबुद हुँदै गएकाले भारुसँग अमेरिकी डलर खस्कदै गएको छ। यसको प्रभाव नेपाली रुपैयाँमा पनि परेको हो। भारतीय मुद्रासँग स्थिर विनिमय दर भएका कारण डलरसँग भारु थपघट हुँदा नेपाली रुपैयाँ पनि त्यसअनुसार नै हुने गर्छ। भारतको निर्यात दर र विदेशी संस्थागत लगानी बढेका कारण यसको अर्थतन्त्र बलियो हुँदै गएको छ।

विश्वव्यापी सटहीको आधार अमेरिकी डलर कमजोर हुँदा रेमिट्यान्स प्रत्यक्ष घट्छ। वर्षभरीमा सबैभन्दा बढी रेमिट्यान्स भित्रने दसैंको मुखमा डलर घटेकाले यसेको प्रभाव अझै गहीरो हुन्छ।

गत वर्ष २ खर्ब ३१ अर्ब रुपैयाँ आएको थियो। अघिल्लो वर्षभन्दा रेमिटेन्सको वृद्धिदर कम हुँदा शोधानान्तर घाटा उच्च भएको थियो। यसले मुलुकको अर्थतन्त्रमा नै समस्या आएको थियो।

नेपाली रुपैयाँका तुलनामा अमेरिकी डलर घट्दा नेपाली निर्यात उद्योगलाई पनि असर पार्नेछ। डलरको भाउ घटेका कारण नेपाली सामानको विदेशी बजारमा झनै भाउ बढेर प्रतिस्पर्धा गर्न सक्ने अबस्था रहदैन। अर्कोतिर विदेशी सामान सस्तो पर्न जानाले आयात प्रोत्साहित हुन्छ। अमेरिकी डलर कमजोर हुँदा मुलुकलाई सबैभन्दा बढी फाइदा दातृ निकायलाई तिर्नुपर्ने सावा र ब्याजमा हुन्छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out