अहिले त म्यारिज खेलिन्छ

दसैँ आउनासाथ स्कुलमा लामो छुट्टी हुने कुरा नायिका अरुणिमा लम्साललाई थाहा थियो, त्यसैले पनि ‘एक्साइटमेन्ट’ भइन्थ्यो । नयाँ लुगा किन्ने, खसी काट्ने र विराटनगरमा रहेका हजुरबुवा/आमालाई भेट्न उनी निकै उत्सुक हुन्थिन् । दसैंका लागि एक महिनाअघि नै सामान प्याक गरेर राखिन्थ्यो, अरुणिमा भन्छिन्, ‘विराटनगर पुगेपछि नवरात्रीको बेला सबै मन्दिरमा दर्शन गर्न गइन्थ्यो । साथीभाइसँग तास खेल्नु त दिनचर्या नै हुन्थ्यो । जुटपत्ती, फलास खेलिन्थ्यो, अहिले त म्यारिज खेलिन्छ, उनी थप्छिन्, दसैंका लागि रेडिमेड लुगा नै किनिन्थ्यो । मम्मी, मामा, सानिमा, फुुपू सबैले लुगा किन्दा त ५/६ जोर नै हुन्थ्यो । टीकाको दिन आशीर्वाद लिनेभन्दा दक्षिणा कति पाइन्छ भन्ने लोभ लाग्थ्यो ।
यति बेला उनलाई न लुगाको चार्म छ न मासुको नै । तास खेल्नलाई पनि दसैँ नै चाहिन्छ भन्ने छैन । जुनसुकै बेला सपिङ कम्प्लेक्समा गएर लुगा किन्न सकिन्छ । मासुका लागि दसैँ नै किन कुर्नुपर्‍यो र ? ‘इनकम’ भएपछि दक्षिणाको मोह पनि घट्यो तर लिने दिने त भइहाल्छ नि अरुणिमा भन्छिन्, एउटा हातले दियो, अर्को हातले दियो । विहे भएपछि उनको जिम्मेवारी पनि बढेको छ । अहिले सबै काठमाडौँमै भएकाले विराटनगर गइदैँन । कहिले काहीँ विदेशमा स्टेज कार्यक्रम पर्ने भएकाले केही दसैँ विदेशमा पनि मनाएको बताउने अरुणिमा सप्तमीपछि सुटिङको कार्यक्रम प्याक-अप गर्ने बताउँछिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out