ओझेल पर्दै करिश्मा

कुनैसमय रजतपटमा एकछत्र राज गरेकी थिइन् अभिनेत्री करिश्मा मानन्धरले । करिश्मा र सिनेमा पर्यायजस्तै थिए । तर यतिबेला उनै करिश्मा त्यही रजतपटबाट किनारा पारिएजस्तै भएकी छिन् । 'कामपनि छैन फुस्रद पनि छैन' भन्ने नेपाली उखान अहिलेकी करिश्मासँग मिल्छ । पछिल्लो समय आफ्नो हातमा राम्रा प्रोजेक्टहरु आउन छाडेपछि करिश्मा घरमै फुस्रदका दिनहरु काटिरहेकी छिन् ।

'कामपनि छैन फुस्रद पनि छैन भनेजस्तै भएकी छु' करिश्माले भनिन् 'घरमै बसेर फुस्रदका दिनहरु बिताइरहेकी छु ।' पछिल्लो समय सामाजिक कार्यक्रम उद्घाटन र सहभागितामा व्यस्त हुनेबाहेक करिश्माको खास काम छैन । अमेरिकाबाट फर्किएपछि करिश्माले चलचित्रमा पहिलेको जस्तो जादु चलाउन सकिनन् । उनी अहिले 'सेरेमोनिएल एक्ट्रेस'का रुपमा खुम्चिएकी छिन् । उनको हातमा यतिबेला कुनैपनि सिनेमा छैनन् । करिश्माको 'करिश्मा' उजाड उन्मुख छ ।

उनी निकट सूत्रका अनुसार पछिल्लो समय करिश्मा निर्माता/निर्देशकको रोजाइमा पर्न छाडेकी छिन् । 'उनको घर्कंदो उमेर र नयाँपन खोज्ने दर्शकको चाहनाले करिश्मा निर्माताको प्राथमिकतामा पर्न छाडेकी हुन्' स्रोत भन्छ 'पछिल्लो समय उनी घरव्यवहारमै अल्झिन थालेकी छिन् ।' उनका पछिल्ला अन्तवार्ता पढ्दा करिश्मालाई नयाँ चलचित्रप्रति चित्त नबुझेको थाहा लाग्छ । जेहोस् नेपाली सिनेमामा करिश्माको करिश्मा पुनः चलोस नेपाली दर्शकको आशा पनि यही हो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out