आमाको भूमिकामा ऐश्वर्या

'कुछ ना कहो' र 'देवदास'जस्ता सिनेमामा आमाको भूमिका निर्वाह गरेकी बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो उमेरसँग अभिनय भूमिकामा कुनै सम्बन्ध नरहेको बताउँछिन् । फिल्ममा आमाको भूमिका निर्वाह गर्न उनलाई कुनै आपत्ति छैन ।

२००७ मा ऐश्वर्याले बलिउड अभिनेता अभिषेक बच्चनसँग विवाह गरेकी थिइन् । ऐश्वर्या ती अभिनेत्रीहरुजस्तै छिन् जो विहेपछि पनि चलचित्रमा काम गरिरहेकी छिन् ।

'रोबोट' पछि उनी अक्षयकुमारसँग 'एक्सन रिप्ले' र ऋतिक रोशनसँग 'गुजारिस'मा देखिनेछिन् ।

ऐश्वर्या भन्छिन् 'मलाई विहेपछि पनि फिल्ममा काम गर्दा खुशि लागिरहेको छ । पछिल्ला केही वर्षमा मानिसमा यस्तो सोच बनेको थियो कि विहेपछि कोही पनि चलचित्रमा काम गर्न सकि्रय हुँदैनन् ।'

ऐश्वर्याका अनुसार नीजि जिन्दगी र कामलाई अलग राख्नु आवश्यक छ ।

सलमान खान, साहरुख खान र अजय देवगनसँग काम गरिसकेकी ऐश्वर्याले ऋतिक र अभिषेकजस्ता आफ्नो उमेरभन्दा कमका अभिनेतासँग पनि काम गरिसकेकी छिन् ।

ऐश्वर्या भन्छिन् 'म ती निर्माता र निर्देशकलाई सम्झन चाहन्छु कि जसले मलाई आफ्नो चलचित्रमा महत्वपूर्ण भूमिका दिएका छन् र ती प्रत्येक भूमिकामा मैले महत्वपूर्ण छाप छाडेकी छु ।'
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out