यहाँ पिउनुमै छ मज्जा

कुनै बेला भनिन्थ्यो 'काठमाडौं रातभरि जाग्छ।’ काठमाडौं जाग्ने कारणमध्येका एउटा कारण थियो- बारहरू। जहाँ देश-विदेशका मदिराको चुस्कीमा हराउनेहरू रातभरि  सक्रिय हुन्थे। ककटेलको गोबलेट वा ग्लास हातमा लिएर ँचियर्स’ गर्दै दुनियाँ भुल्नेहरूलाई रातभरि जाग्राम बस्न नदिने सरकारको नीति मन परेको छैन। यद्यपि 'खाने  मुखलाई जुंगाले छेक्दैन' भन्ने उखानलाई चरितार्थर् गर्दै रातभरि नभए आधा रातसम्म भए पनि जाग्नका लागि काठमाडौंका मदिरा पारखीहरूलाई यथेष्ट छन् यहाँका आ- आफ्नै विशेषता बोकेका लाउञ्ज तथा बारहरू।  
कर्नर बार
होटल र्‍याडिसनको मूलढोका बाहिरको दाहिने कुनामा 'कर्नर बार' सञ्चालनमा आएको धेरै भएको छैन । कुनै बेला 'रेड ओनियन बार' का नामले चिनिएको उक्त बारको  व्यवस्थापनको जिम्मा अहिले होटल र्‍याडिसनले लिएको छ । बार वा काउचमा बसेर विश्व प्रसिद्ध ककटेलको मज्जा लिन यो बार पुग्नै पर्ने हुन्छ ।

द फ्याक्ट्री
ढोकामै लेखिएको छ, 'कफी, फुड, वाइन, कन्भर्सियसन' । ठमेलको सगरमाथा कम्प्लेक्समा सञ्चालित 'द प|mयाक्ट्री'को बिशेषता नै त्यही हो । सबैतिरका चर्चित पेय पाइने  बार मात्र होइन, स्वादिष्ट परिकार र फरक खालको इन्टेरियरका कारण पनि फ्याक्ट्री राजधानीका स्वादका पारखीहरूको गन्तव्य बनेको छ । कुनै उद्योगभित्र बसेर पिएको  वा खाएको अनुभूति गराउने फ्याक्ट्रीको इन्टेरियरको प्रशंसा गर्नैपर्छ ।

आइरिस पब
लाजिम्पाटस्थित आनन्द भवनस्थित 'आइरिस पब' लाई राजधानीमा सञ्चालित 'टिपिकल' आयरिस पब मान्न सकिन्छ । हरेक 'इकोनोमिकल स्ट्याटस' भएकाहरूलाई सुलभ  मानिएको यो पबलाई पिउँदै गफि्फने 'अखडा' बनाउनेहरू पनि छन् । आइरिसहरूलाई पिउन वा रमाइलो गर्न कुनै उत्सव चाहिँदैन । नेपालीहरू पनि त्यस्तै हुन्छन् ।  संगीतका साथै खानपिन भनेपछि हुरुक्कै हुनेहरूका लागि यो पब मज्जाको 'स्पट' हुन नसक्ने त कुरै भएन ।

भूमि
लाजिम्पाटस्थित भूमिको भित्री बनावटले मिथिलाको झझल्को दिन्छ । परिकारको स्वादले उपत्यकाका युवा पुस्तालाई तानिरहेको भूमि एउटा 'रेष्ट्रो एन्ड बार' हो, जहाँ  बियर वा ककटेलको चुस्की लिदैं साथीभाइहरूसँग रमाइलो गर्न सकिन्छ, त्यो पनि नेवारी भान्छाका 'टिपिकल स्न्याक्स' सँग ।

तमास स्पा लाउञ्ज
चाक्सीबारीस्थित राणाकालीन बंगलामा रहेको 'तमास स्पा लाउञ्ज' संसारकै 'बेष्ट एन्ड फाइनेष्ट' वाइन तथा ककटेलका लागि प्रसिद्ध छ । स्पाका लागि पनि चर्चामा रहेको  यो लाउञ्जमा खाँदै पिउँदै तबलाबादक पि्रतम राई तथा गीतारबादक अनिल शाहीको फ्युजन संगीत सुन्न वा डिजे साकारको डिजेइङमा नाच्नका लागि पनि पुग्न  सकिन्छ । 

मुड्स स्टुडियो लाउञ्ज
थापाथलीको ब्लुबर्ड कम्प्लेक्स परिसरको यो लाउञ्जमा तीनवटा बार छन् । ककटेल, साधारण पेय र वाइनका लागि फरक-फरक बारबाट चाहेको पेय पदार्थ उपलब्ध  हुन्छ । प्राचीन मिश्रको झझल्को दिने यो लाउञ्जभित्र प्रवेश गर्दा अर्कै संसारमा पुगेको अनुभूति हुन्छ । शान्त वातावरणमा खाँदै-पिउँदै मज्जा लिनेहरूले आफूलाई  इजिप्टका राजा वा रानी भएको अनुभव गर्न  सक्छन् ।  

एटिक बार
राजदरबारको उत्तर ढोकापारी एउटा पुरानो घरको बुइँगलस्थित एटिक बारसँग नम्रता श्रेष्ठको पनि नाम जोडिएको छ । उनी उक्त बारकी एक सञ्चालिका हुन् । त्यहाँ  परम्परागतशैलीको बुइँगलमा केही आधुनिक र केही 'क्लासिक टच' दिइएको इन्टेरियरमा बसेर देश-विदेशका 'लिकर्स'को चुस्की लिन सकिन्छ । इच्छा लागे विभिन्न प्रकारका  स्न्याक्सका मेनु पल्टाउन सकिन्छ । बेला बखत भैरहने लाइभ कार्यक्रमको मज्जा पनि यहाँको विशेषता हो ।

मोक्ष
ललितपुरको झम्सीखेल क्षेत्रलाई अचेल ठमेलसँग मिल्दोजुल्दो नाम 'झमेल' भन्न थालिएको छ । त्यहाँ ठमेलका भन्दा फराकिला लाउञ्ज तथा बारहरू छन् । मोक्ष ती मध्ये  एक हो । चर्चित रक समूह १९७४ एडीका सदस्य निराकार याकथुम्बा आदिले सञ्चालमा ल्याएको उक्त लाउञ्ज तथा बारको खुला मैदान, टेरिस वा भित्र बसेर देश-विदे शका वाइन तथा स्कचको आनन्द लिन सकिन्छ । लाइभ पिज्जाको स्वाद लिन पनि यो राम्रो गन्तव्य हो ।

पिकासो
ललितपुरको दमकलबाट झम्सिखेल जाने बाटोमा रोडहाउस क्याफेको छेउ मै भर्खरै खुलेको पिकासो लाउञ्ज तथा बारको विशेषता नै ओपन बार हो । ककटेल, मोकटेल  तथा विभिन्न पेय पदार्थका लागि यो बार जो कसैको रोजाइ हुनसक्छ । लाउञ्ज भित्रका फरक-फरक शैलीका कोठा तथा डाइनिङ्ग हलका काउचमा बसेर पिउँदा घन्टांैसम्म  उठ्न मन लाग्दैन ।

कम्फोर्ट जोन
नेपालको सारंगीलाई विदेशमा चिनाउने श्रेय बोकेका सारंगीवादक श्यामशरण नेपालीले सञ्चालन गरेको कम्फोर्ट जोन नाम अनुसारकै खान-पिउन सहज स्थान हो । ठमे लको बैक अफ काठमाडौं रहेको बिल्डिङ माथिको यो बारमा पिउन मात्र होइन, बार्बिक्यु तथा ककटेलको मज्जा लिन पनि स्वादका पारखीहरू पुगेकै हुन्छन् ।

सिनामोन
सिनामोनलाई बारभन्दा पनि डाइनिङ लाउञ्ज मान्न सकिन्छ । विशेषगरी मेक्सिकन तथा कन्टिनेन्टल परिकारलाई महत्त्व दिने यो लाउञ्ज जाउलाखेलबाट झम्सीखेल चोक  पुग्नै लाग्दा आइपुग्छ । कफी तथा ककटेल बारले पनि पारखीहरूलाई त्यहाँ तान्न सक्छ । सानातिना गेट टुगेदरका लागि सिनामोनमा पर्याप्त ठाउँ छ ।

जे बार
ठमेलको त्रिदेवी मार्गस्थित जे बारलाई पार्टी क्लबमा रुपमा दर्शाइएको छ । हिमालयन जाभा क्याफेको पछिल्तिरको यो बारका स-साना आनन्ददायक सोफामा बसेर चिसा  पेय, विदेशी पेय तथा खानामा धेरैबेर हराउन सकिन्छ । सबै किसिमका ककटेल र मोकटेलको स्वाद लिन पनि यो बारमा पुग्नु उपयुक्त  हुन्छ, किनभने यसलाई 'डि्रङ्कर्स  प्याराडाइज' पनि भनिएको छ ।

जात्रा
चाक्सीबारीमा पुरानो घरलाई पुरानै स्वरूपमा राखेर विगत धेरै वर्षदेखि काठमाडौंका लिकर्स प्रेमी वा विदेशीहरूको गन्तव्य बनिरहेको जात्राको शान्त वातावरणले सबैलाई  तान्छ । हरेक बुधबार साँझ गायक धर्मेन्द्र सेवानको 'अनप्लग्ड'को मज्जा लिन पाइने उक्त बारका फरक खाले 'स्न्याक्स'ले धेरैलाई आकषिर्त गर्छ । यहाँ बुधबार 'लेडिज  नाइट' का रूपमा आगन्तुक महिला ग्राहकलाई एउटा डि्रङ्स सित्तैमा चखाइन्छ ।

भ्यासपर
पुल्चोकको दमकलनजिक विगत एक वर्षमै धेरैलाई स्वादको जालोमा बेरिसकेको भ्यासपर क्याफे एण्ड बार वाइनका लागि प्रसिद्ध छ । ककटेलमा पनि यहाँको मोजितो  पिउनेहरू भन्छन्, त्यत्तिको स्वादिलो मोजितो कतै पिइएको थिएन । पिज्जा, चिकेन र्‍याप तथा मःमःसँग हरेक प्रकारका पेय पाइने भ्यासपरमा हरेका शुक्रबार साँझ गुड  फ्राइडे लाइभ म्युजिक सुन्दै खानपिनको आनन्द उठाउन सकिन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out