नम्रता ब्रान्ड एम्बेसडर

अभिनेत्री नम्रता श्रेष्ठ नेपालमा पहिलोपटक संचालनमा आउन लागेको एठ्-डी डाएमेन्सन सिनेमाको ब्रान्ड एम्बेसडर बनेकी छिन् । राजधानीको कमलपोखरीस्थित एनएलआइसी सिटी सेन्टरले दसैंबाट संचालनमा ल्याउन लागेको उक्त प्रविधिको सिनेमा मुलुकमै पहिलो हुनेछ ।

अहिले संचालनमा रहेको फोरडी सिनेमालाई अपग्रेड गरेर एठ्-डी तुल्याउन लागिएको हो । दसैंअघि नै एक समारोहको आयोजना गरि सिटीसेन्टरले नम्रतालाई ब्रान्ड एम्बेसडरको औपचारिकता प्रदान गर्नेछ ।

ब्रान्ड एम्बेसडर बनेपछि नम्रता दसैंभर उक्त डाएमेन्सन सिनेमाको प्रमोसनमा व्यस्त हुनेछिन् । दसैं काठमाण्डूमै परिवारसँग मिलेर मनाउने योजनामा रहेकी यी हिरोइनले उक्त सिनेमाको प्रमोसन आफ्नो यतिबेलाको कार्यभार रहेको बताइन् । नम्रता अहिले फुस्रदमा छिन् र अधिकांश समय रेष्टुराँ र परिवारसँग बिताइरहेकी छिन् । अहिले सुटिङ रोकिएको उनी अभिनित 'मिस यू' दसैंपछि सुचारु हुँदैछ ।

सुन्धारमा खुलेको सिभिल मलले सिक्सडी भित्र्याउने घोषणा गरेको एकहप्ता नबित्दै अर्को ठूलो मल सिटीसेन्टरले एठ्-डी प्रविधिको डाएमेन्सन सिनेमा भित्र्याउने बताएको हो ।

मानिसका सबै इन्द्रियलाई उत्तेजक र सकि्रय तुल्याउने सिनेमाको डाएमेन्सन प्रविधि एकवर्षअघि मुलुकमा भित्रिएको हो । यो प्रविधिलाई नेपाली मलहरुले सिनेमा भन्दा पनि मलको ब्यापार विस्तार र बालबालिकाको मनोरन्जनका लागि प्रयोग गरिरहेका छन् । एठ-डी सिनेमाले महंगो कर तिर्नुपर्ने हुन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out