समिक्षा : क्रुक

चलचित्र : क्रुक
निर्देशक : मोहित सुरी
निर्माता : मुकेश भट्ट
संगीत : पि्रतम चक्रवती
ब्यानर : विशेष फिल्म्स
स्टारर : इमरान हासमी, नेहा शर्मा, अर्जुन बाजवा
दक्षिण भारतीय अभिनेत्री नेहा शर्माले 'क्रुक'मार्फत बलिउडमा कदम राखेकी छिन् । यो फिल्ममा उनले इमरान हास्मीकी प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् जसलाई हामी किसिङ किङको नामबाट जान्दछौं । फिल्म 'क्रुक' अष्टे्रलियामा भारतीय विद्यार्थीमाथि हुने गरेको रंगभेदी आक्रमणमा आधारित छ । निर्देशक सूरीले विना पक्षपात उक्त हमलाका लागि भारत र अष्ट्रेलियन दुवै पक्ष जिम्मेवार रहेको बताएका छन् ।
फिल्मको पूर्वाद्धको हिस्सा निकै स्लो छ । उत्तराद्र्धको हिस्साले सिङ्गो फिल्मको कथालाई लिड गरेको छ । इमरान हास्मीले फिल्ममा मूख्य भूमिका निर्वाह गरेका छन् जसलाई फिल्ममा 'बेडब्वाइ'को संज्ञा दिइएको छ । इमरान हास्मी (जय)लाई लाग्छ प्रत्येक कुराको गन्तव्य एउटै हुन्छ भने किन सबै मानिस काम विचार विभाजित भएको त ?

इमरान कुैनैपनि तरिकाबाट करोडपति बन्न चाहन्छन् । यसका लागि उनी गलतबाट नै किन अपनाउन नपरोस् तयार हुन्छन् । नेहा शर्मा (सुहानी) एक भारतीय छात्राको भूमिकामा छिन् जो रंगभेदी हमलाविरुद्ध आवाज उठाउँछिन् । इमरानलाई नेहासँग प्रेम बस्छ । यो क्रममा अष्टे्रलिया र भारतका छात्रहरुबीच दुई समूहमा झगडा हुन थाल्छ ।

अर्जुन बाजवा भारतीय समूहका छात्र हुन जो मेलबर्नमा भारतीय संस्कृतिलाई बसाउन चाहन्छन् । यहीँनेर मोहित सूरीले केही अलग गर्ने प्रयास गरेका छन् । यहाँ उनले अष्टे्रलियन र भारतीय छात्रहरु दुवै पक्षलाई बारम्वार दोषी ठहर् याउने प्रयास गरेका छन् । जय यी दुई समूहबीच सुराकीको भूमिकामा प्रस्तुत हुन्छन् ।

यहाँनेर बेड ब्वाइको रुपमा जयको भूमिकाले सकारात्मक रुप लिन्छ । इमरानको भूमिकामा यो फिल्ममा उनको फिल्मी करियरसँग मिल्दोजुल्दो देखापर्छ । तपाईं यो फिल्मलाई यसको विषय हट सिन र गीतसँग हेर्न सक्नुहुनेछ । फिल्ममा केही नयाँपन देखापर्दैन । फिल्ममा एक्सन र रोमान्टिक सिनहरु भरमार प्रस्तुत गरिएको छ । संगीत पनि ठीक छ । यस फिल्मलाई एक पटक हेर्न सक्नुहुन्छ ।

Recent Posts

दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out