नेपालमा भएन 'क्रुक' रिलिज

शुक्रवार नेपालमा कुनैपनि विदेशी चलचित्र रिलिज हुनसकेनन् । वितरकको ढिलाइले इमरान हासमी स्टारर बलिउड सिनेमा 'क्रुक'को रिलिज पनि रोकियो नेपालमा । 'फस्ट डे, फस्ट सो' हेर्ने आदत पालेका नेपाली दर्शकहरु हलबाट निराश हुँदै फर्कनुपरेको थियो । सप्ताहन्तमा सँधै भीडभाड हुने राजधानीका सिनेमा घरहरु शुक्रवार सुनसान थिए । सुनसानको अर्को कारण यो साता ठूलो ब्यानरका कुनैपनि नेपाली चलचित्र रिलिज भएका छैनन् ।
अन्तराष्ट्रिय चलचित्र वितरक कम्पनी 'यूएफओ'ले नेपालमा सिनेमा वितरण गर्दै आइरहेको छ । 'वितरकले फिल्म ल्याउन ढिलाइ गरेपछि रिलिज हुन नसकेको हो' क्यूएफएक्स जयनेपालका भाष्कर ढुंगानाले भने 'सम्भवतः शनिबारबाट हुनसक्छ त्यो पनि निश्चित छैन ।' बलिउडमा 'किसिङ किङ'को उपाधी पाएका इमरान हासमीका काठमाण्डूमा जबर्जस्त फ्यानहरु छन् । 'वन्स अपन अ टाइम इन मुम्बइ'पछि काठमाण्डूमा इमरानको 'क्रुक' रिलिज हुन लागेको हो । अघिल्लो सातापनि प्रतिक्षिँत अयोध्या फैसलाका कारण बलिउड फिल्म रिलिज भएका थिएनन् ।

'क्रुक' रिलिज नभएपछि अघिल्लो साताकै रणवीर र पि्रयंका स्टारर 'अन्जाना अन्जानी' प्रदर्शन गरिरहेका छन् थिएटरले । 'क्रुक'ले पाएको 'एडल्ट' सर्टिफिकेट र त्यहाँ राखिएको न्यूडसिनले पनि रिलिज अगावै फिल्म चर्चामा थियो । तरपनि भारतीय 'एडल्ट' फिल्मलाई नियमन गर्न नेपाली सेन्सर बोर्डले कुनै पहल थालेको छैन । स्वदेशी एडल्ट फिल्म 'पलपलमा'लाई त नियमन गर्न नसकेको बोर्डले 'क्रुक'लाई गर्ने सम्भावना निकै कम छ । घटस्थापनाबाट कलेज विदा भएकाले थिएटरमा दर्शकको चाप बढ्ने अनुमान गरिएको थियो तर त्यसो हुन सकेन । यद्यपी बलिउड फिल्म रिलिज नहुँदा आंशिक रुपमा भएपनि यसको मौका शुक्रवार रिलिज भएका सानो बजेटका दुई फिल्म 'झाँक्री' र 'शिकारी-२'ले पाउनेछन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out