'क्रुक'लाई एडल्ट सर्टिफिकेट

निर्माता महेश भट्ट आफ्नो सिनेमा 'क्रुक' रिलिज हुनु अघि निकै तनावमा छन् । किनभने सेन्सर बोर्डले फिल्मलाई यू/ए सर्टिफिकेट दिनपूर्व टपलेस युवतीको दृश्यलाई एडिट गर्नुपर्ने सर्त उनीअघि तेस्र्याएको छ । यदि महेशले उक्त सिनलाई हटाउन नमाने फिल्मलाई 'एडल्ट' सर्टिफिकेट दिने तयारीमा छ सेन्सर बोर्ड । यदि 'ए' सर्टिफिकेट पाए फिल्मलाई भारतीय कानुनअनुसार १६ वर्षभन्दा कम उमेरका दर्शकले हेर्न पाउनेछैनन् ।
सुन्नमा आए अनुसार निर्देशक मोहित सूरीको बिरोधको बाबजुद पनि निर्माता महेश भट्ट एडल्ट सर्टिफिकेटमा फिल्म चलाउन तयार छन् । निर्देशक सुरीले निर्माता भट्टलाई निकै सम्झाउने प्रयास गरे तर निर्माता भने आफ्नो अडानबाट पछि हटेनन् ।

सूत्रका अनुसार पछिल्लो मंगलबार 'क्रुक'को सेन्सर स्क्रिनिङका क्रममा मोहित सूरी र महेश भट्ट दुवै उपस्थित थिए । फिल्ममा अभिनेत्री सेला एलानले टपलेस दृश्य दिएकी छिन् जसलाई अष्ट्रेलियामा सुटिङ गरिएको छ । उक्त दृश्यमा हिरो इमरान हासमी ड्रीन्क लिएपछि सेलामा कारमा बसेर सँगै उनको बेडरुममा जान्छन् । जब उनी वासरुमबाट बाहिरिन्छन् तब सेलाले कपडा पहिरिरहेको देख्छन् । यो दृश्यलाई सेन्सर गर्न लाग्दा महेशले सवाल अघि तेस्र्याए कि किन 'राम तेरी गंगा मैली'मा न्यूडसिनलाई किन अनुमति दिइयो । जबकि उनको फिल्ममा केवल साइड न्यूडसिटी छ  सेलालाई उक्त न्यूडसिनमा कुनै समस्या भएको थिएन ।
महेशका अनुसार सुटिङका क्रममा उनले सेलालाई बडिसुट पहिरिन सुझाव दिएका थिए तर सेलाले त्यसो गर्नु आवश्यक ठानिनन् । महेश भन्छन् 'मलाई यो सिनमा कुनै चिन्ता छैन । म यो दृश्य हटाउने पक्षमा छैन । यो सिन फिल्मको स्क्रिप्टका लागि पनि जरुरी छ । दोस्रो यसले नाटकीय प्रभाव सिर्जना गर्छ । तेस्रो हिजोआजका दर्शकहरु योङस्टस्र हुन्छन् जसका कारण उनीहरुले दृश्य पनि हट् चाहन्छन् ।'

थाहा छैन भट्ट हरेक पटक उक्त सिनका लागि अडिएन्सलाई किन जिम्मेवार ठहर् याउँछन् ? पछिल्लो दिनमा जब इमरानले 'क्रुक'बाट यस्तै एक किसिङ सिन हटाउन आग्रह गरेका थिए त्यतिबेला पनि भट्टले यस्तै लजिक उत्तर दिएका थिए ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out