'श्रीमान प्रचण्डपथ सहअध्यक्ष'

काठमाडौँ, असोज २० (नागरिक)- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो मलेसिया भ्रमणबारे सञ्चार माध्यमले अनावश्यक भ्रम फैलाएको बताएका छन्। मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित बैठकका आयोजकले आफूलाई दिएको प्रमाणपत्र देखाउँदै उनले विमानस्थलमा उपस्थित संवाददाताहरूलाई भने, 'एशिया प्यासिफिक फाउन्डेसनले मलाई यो प्रमाणसहित को-चेयरम्यानको नियुक्तिपत्र पनि दिएको छ, यही हो।
उनको नियुक्तिको प्रमाणपत्र अंग्रेजीमा लेखिएको छ : 'वि आर अनर टु एप्वाइन्टमेन्ट मिष्टर प्रचण्ड पथ एज द को-चेयरम्यान अफ एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसन फाउन्डेसन (हामी श्रीमान प्रचण्ड पथलाई एसिया प्यासिफिक एक्सचेन्ज तथा कोअपरेसन फाउन्डेसनको सहअध्यक्षको रुपमा 'एप्वाइन्टमेन्ट' गर्न पाउँदा सम्मानित भएका छौ।'
एसिया-प्रशान्त क्षेत्रीय यो संस्थाको अस्तित्व भने इन्टरनेटमा कतै देखिन्न। बरु उनी भ्रमणमा निस्कनुअघि काठमाडौंका समाचार पोर्टलले दिएका एकाध समाचार गुगलले देखाउँछ।
दाहालले 'एशिया प्यासिफिक एक्सचेन्ज एण्ड को-अपरेशन'को बैठकमा सहभागी चीन, थाइल्याण्ड, भियतनाम, साउदी अरेविया, कम्बोडिया, ताईवानलगायतका प्रतिनिधिले नेपालको शान्ति र विकास निर्माणप्रकृयामा सहयोग गर्ने प्रतिबद्ध जनाएको बताए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out