काठमाडौंमा अन्डरवर्ल्ड सक्रिय

खुल्ला सिमाना र कमजोर सुरक्षा व्यवस्थाका कारण राजधानी काठमाडौंलगायत मुलुकका प्रमुख सहरी क्षेत्र अन्तर्राष्ट्रिय आपराधिक संगठनहरूको प्रमुख चलखेल केन्द्र बन्दै गएका छन्। प्रहरीभित्रको कमजोर नेतृत्व र गुटबन्दीका कारण पनि अन्तर्राष्ट्रिय अपराधका संगठित नाइकेहरू प्रहरी प्रशासनदेखि राजनैतिक तहसम्म पहुँच पुर्या एर आफ्नो अवैध कारोबारको सञ्जाल विस्तार गर्न सफल भएका छन्। यसले लागूऔषध, हातहतियार र अवैध जाली नोटको खुलेआम तस्करी भइरहेको छ।

अन्तर्राष्ट्रिय कुख्यात आपराधिक संगठन 'अन्डरवर्ल्ड'को भारत र पाकिस्तानमा सेल्टर लिएर नेपालमा काम गरिरहेको छोटा राजन समूह र दाउद समूहबीचको टकराव राजधानी काठमाडौंदेखि भारतको नयाँदिल्ली हुँदै बम्बईसम्मको 'नेटवर्क' को झगडाले नेपालको राजनीतिमा समेत गिरोहको पहुँचको कारण झगडा चर्किन पुगेको सम्वद्ध स्रोत बताउँछ।
भारतीय आपराधिक गिरोह 'अन्डरवर्ल्ड'को छोटा राजन समूहले 'पाण्डुपुत्र ग्याङ' लाई भारतको नयाँदिल्ली, बम्बईमा खडा गराएर राजधानी काठमाडौंमा समेत सक्रिय गराएको पाइएको छ। 'पाण्डुपुत्र ग्याङ' को काठमाडौंदेखि मुम्बईसम्म हेर्ने प्रमुखमा दीपक अलेकर रहेका छन् भने काठमाडौं हेर्ने काम गणेश सूर्यवंशी, जाकिर सेख र अशोक परिहारलगायतले गरिरहेका छन्। नेपालका 'डन' भनिने मिलन चक्रे, दीपक मनांगेको समूह पक्राउ परी थुनामा रहेपछि यो गिरोह माओवादीका पूर्व लडाकुहरू र तराईका आपराधिक समूहलाई साथ लिएर हातहतियारको अवैध कारोबार र फिरौती उठाउने काममा सक्रिय रहेको छ।
सेन्ट्रल जेल र नख्खु जेलभित्रबाट सम्पूर्ण राजधानीभित्रको आपराधिक योजना बन्ने गरेको जेल स्रोतबाट थाहा हुन आएको छ। दाउद इब्राहिमबाट खण्डित हुन पुगेको छोटा राजनले 'पाण्डुपुत्र ग्याङ'को नामकरण गरेर हिन्दू 'सेन्टीमेन्ट' बाट काम सुरु गर्न थालेपछि दाउद इब्राहिमले पनि अल्लाहको सिपाही 'मुस्तफा ग्याङ' भन्दै काठमाडौंदेखि मुम्बईसम्म सक्रिय गराएका छन्। मुस्तफा ग्याङको नेपालदेखि मुम्बईसम्म हेर्ने काम मोहमद उमर डोसाले गरिरहेको स्रोत बताउँछ।
स्रोतका अनुसार राजन समूहको पाण्डुपुत्र ग्याङमा नेपालभित्र सक्रिय रामकुमार प्याकुरेल, प्रल्हाद महत, अर्जुन क्षेत्री, विष्णु जिसी, सिद्धार्थ लामा, कृष्ण छारा राई, केशव दर्लामणी, राजु थापा, अमित पौडेल, सूर्यबहादुर गुरुङ, अनिल थापा, कमल गुरुङ, सनमान लिम्बू, विजयकुमार शर्मा, हिरालाल पुन, मोह बुढा, विष्णु पुन, प्रेमप्रकाश पुन, भीमसेन पण्डित, सञ्जय श्रेष्ठ, रामकुमार श्रेष्ठ, विपिन कार्की सक्रिय छन्। दाउद गिरोहको 'मुस्तफा ग्याङ'को सेन्ट्रल जेलबाट अमर टन्डन र चारखालबाट लाल महमदले हेर्ने गरेको बताइन्छ। 'मुस्तफा ग्याङ'को अन्य व्यक्तिहरूमा निजामुद्दिन, सलमान, मोहमद, युनिस खान रहेका छन्।
'मुस्तफा ग्याङ' हाल वीरगन्ज, नेपालगन्जदेखि काठमाडौंसम्म सक्रिय रहेको छ। छोटा राजन र दाउद इब्राहिमले अलग–अलग ढंगले राजधानी काठमाडौंलाई केन्द्र बनाएर भारत, पाकिस्तान र चीनका लागि अलग–अलग विदेशी गुप्तचर संस्थामार्फत् पनि काम गरिरहेको पाइएको छ। जसका कारण काठमाडौं, वीरगन्ज, भैरहवा, नेपालगन्ज आदि क्षेत्रमा हतियार, जाली नोट र लागूऔषधको कारोबार ह्वात्तै बढेको छ।
माओवादीका कमान्डर कालीबहादुर खामको मुस्तफा ग्याङसँगको सहकार्यले नेपालबाट भारततर्फ ठूलो परिणाममा 'मेडइन युएसए लेखिएका पेस्तोल र एके–४७' भारतीय माओवादीसँग पुगिरहेको बताइन्छ। कहाँबाट कसरी नेपालको बाटो हुँदै छिमेकी मुलुक भारतका माओवादी र आतंकवादीसँग हतियार पुगिरहेको छ भन्नेमा नेपाल प्रहरी भने बेखबर छ। यतिसम्म कि 'पाण्डुपुत्र ग्याङ' र मुस्तफा ग्याङको काठमाडौंदेखि प्रमुख सहरी क्षेत्र र भारतको दिल्ली, बम्बईसम्म पनि 'अन्डरवर्ल्ड'ले आफ्नो सञ्जाल बिछ्याइसक्दा पनि प्रहरीले यस विषयमा भेउ पाउन सकेको छैन।
फिरौती, असुली र हत्याका लागि कालीबहादुरले सञ्चालन गरेका पूर्व माओवादी लडाकुहरूमा सरोज सिम्खडा, तीर्थमान लामा, विजयकुमार शर्मा, हिरालाल पुन, प्रेमप्रकाश पुन रहेका छन्। यो समूहलाई कतिपयले जेलभित्र रहेर पनि काम गरिरहेको बताइन्छ। भारतको पटनादेखि काठमाडौंसम्म पाण्डुपुत्र ग्याङका विहार प्रमुख प्रदीप गुप्ताले तराईका सशस्त्र समूहलाई हतियार उपलब्ध गराइरहेका छन् भने प्रवीण लामा समूह काठमाडौंमा मोहित तिवारी, पप्पु सिंह भन्नेसँग मिलेर नयाँ ढंगले सक्रिय भएको छ।
शिक्षण अस्पताल महाराजगन्जमा एमबीबीएस डाक्टर पढ्नेहरूका लागि पास गराउने ग्यारेन्टीमा समेत छोटा राजन समूहले दलालहरूमार्फत् डाक्टर र कन्सल्टेन्सीका एजेन्टमार्फत् १ अर्ब ६० करोड उठाएको बताइन्छ। गत साता प्रहरीले मैतीदेवीमा डा. प्रभात कुशवाहको भाडामा लिएको घरमा एमबीबीएसको प्रश्नपत्र छापा मार्न जाँदा दुई वटा 'मेड इन युएसए' लेखिएको पेस्तोल र गोली बरामद हुनुले घटनालाई थप रहस्यमय बनाएको छ। यस घटनामा संलग्न डा. प्रभात कुशवाह फरार भएका छन् भने चारजना भारतीयहरूलाई एसपी रमेश खरेलको सक्रियतामा पक्राउ गरी अनुसन्धान भइरहेको छ। पाण्डुपुत्र ग्याङ र मुस्तफा ग्याङको सक्रियताबारे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश खरेलसँग प्रश्न गर्दा यसबारे आफूलाई कुनै जानकारी नभएको बताए। वास्तवमा नेपाल प्रहरीलाई छोटा राजन र दाउद इब्राहिमले खडा गरेका मुस्तफा र पाण्डुुपुत्र ग्याङकाबारे कुनै छेउ टुप्पो नै थाहा छैन। प्रहरीका वरिष्ठ उच्च अधिकारीहरूसँग प्रश्न गर्दा सबैले अनभिज्ञता प्रकट गरेका छन्।
'अन्डरवर्ल्ड'भित्रको विभाजनसँगै हिन्दू, मुस्लिम, क्रिश्चियका नाममा भइरहेको धार्मिक आस्थामाथिको राजनीतिकरणले अन्डरवर्ल्डभित्र विभाजन देखिएको छ। जसमा अपराधीहरूले धर्मको नाममा 'पाण्डुपुत्र ग्याङ' र अल्लाहका सिपाही भनेर मुस्तफा ग्याङको स्थापना हुनु र नेपाल भारतका माओवादीका भगौडासमेतको अलगअलग रूपमा संलग्नता बढ्नुले नेपाल र भारतको सुरक्षामा निकट भविष्यमा ठूलो खतरा बढ्ने देखिन्छ।
भारतीय मुजाहिद्दिनका नाममा अलकायदाको अन्तर्राष्ट्रिय आतंकवादी संगठन 'लस्कर ए तोयवा' ले झन्डै दुई साताअघि भारतीय विमान अपहरण गर्ने योजनालाई नेपाल प्रहरीको अप्रेसन विभागले असफल तुल्याइदिएको छ। यद्यपि कुनै पनि बेला पैसाको प्रलोभनमा परेर नेपाल प्रहरीकै कुनै व्यक्तिको गल्ती र लापरवाहीले यस्ता घटना हुन सक्ने कुरालाई प्रहरीका उच्च एक अधिकृत नकार्न नसक्ने बताउँछन्। केही दिनअघि मात्र सेन्ट्रल जेलको गोलघरभित्र थुनामा रहेका चार्ल्स शोभराजले अन्तर्राष्ट्रिय अपराधीहरूसँग सम्पर्क गरी आफैंले दिशा गरेर प्लाष्टिकको पोकाभित्र सीमकार्ड लुकाएको अवस्थामा फेला परेपछि नेपालको सुरक्षा मामिला झन् जटिल बनेको छ।
प्रायः आपराधिक योजनाहरू सेन्ट्रल जेल र नख्खु जेलभित्र बन्ने गरेको पाइएको छ। जहाँ राजनैतिक संरक्षणमा कुख्यात अपराधी र अन्तर्राष्ट्रिय ग्याङकाहरूलाई एकै ठाउँ राख्नु र अलग अलग जेल सरुवा नगर्नुले आपराधिक गिरोहको पहुँच राजनैतिक तहसम्म पुगेको देखिन्छ। हतियार काण्डमा फरार रहेका डा. प्रभात कुशवाहलाई स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले प्रहरीले खोजी गरिरहेको अवस्थामा मन्त्री क्वार्टरभित्र दुई दिनसम्म राखेर लुकाउनुको नियत के हो? यसबाट पनि आपराधिक गिरोहको पहुँच र अन्डरवर्ल्डको हात कहाँसम्म छ भन्ने प्रस्ट भएको छ। नेपाल प्रहरीको नेतृत्व कमजोर भएको सवालमा प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीसँग पटकपटक सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out