डनहरू आत्मसमर्पण गर्दै

१५ असोज २०६७ - गोठाटार गोलीकाण्डका नाइके काभ्रेका गणेश लामाद्वारा आत्मसमर्पण
३ साउन ०६७ - काभ्रेली समूहकै 'छोटा डनविष्णु लामाद्वारा प्रहरी बोलाएर आत्मसमर्पण
३२ असार ०६७ - फिल्म निर्माता तथा नायक रोज राणाद्वारा हनुमानढोका पुगेर आत्मसमर्पण
२४ असार ०६७ - डन चक्रे मिलनका भाइ 'कन्ट्रयाक्ट किलरतेजेन्द्र गुरुङद्वारा आत्मसमर्पण
नयाँ पत्रिका -काठमाडौं, १७ असोज
राजधानीका ठूला ग्याङका 'डन'ले भटाभट आत्मसमर्पण गर्न थालेका छन् । तीन महिनामा राजधानीका चार ठूला समूहका डनले आतमसमर्पण गरेका छन् ।
पछिल्लोपटक काभ्रेली समूहको नाइके गणेश लामाले पनि शुक्रबार आत्मसमर्पण गरेका छन् । गोठाटार गोलीकाण्डका नाइके लामाको खोजी प्रहरीले तीब्र बनाएपछि शुक्रबार उनी आफैं हनुमानढोका पुगेर 'म सुध्रन चाहन्छु' भन्दै आत्मसमर्पण गरेका हुन् ।
उनीमाथि अनुसन्धान भइरहेकाले के अभियोगमा मुद्दा चलाउने यकिन भइनसकेको प्रहरीको भनाइ छ । तर, आफूलाई प्रहरीले जसरी पनि पक्राउ गर्ने सूचना पाएपछि 'सुरक्षाका लागि' उनले आत्मसमर्पण गरेको उनीनिकट स्रोतको दाबी छ ।
यसअघि लामाको समूहका पूर्वसदस्य एवं राजधानीमा नयाँ समूह बनाएर नेतृत्व गरेका डन विष्णु लामाले ३ साउनमा आत्मसमर्पण गरेका थिए । उनले २ साउनमै आत्मसमर्पण गर्ने मनस्थिति बनाएर प्रहरीलाई आफूलाई पक्राउ गर्न फोन गरेका थिए । तर, प्रहरीले उनले पक्राउ दिनेमा विश्वास गरेन । प्रहरीले बेवास्ता गरेपछि भोलिपल्ट लामाले पुनः फोन गरेर प्रहरी बोलाएर आत्मसमर्पण गरे । उनीसमेत गोठाटार गोलीकाण्डमा सहभागी भएको प्रहरीको आरोप छ ।
उनी काभ्रेली समूहका नाइके गणेशपछि दोस्रो स्थानमा रहेका व्यक्ति हुन् । तर, गणेश गोठाटार काण्डपछि बिदेसिएपछि उनले छुट्टै समूह बनाएका हुन् ।
विष्णु लामाले आत्मसमर्पण गरेको केही दिनअघि अर्थात् ३२ असारमा राजधानीका नयाँ डनको रूपमा चर्चित दिनेश अधिकारी 'चरी'को समूहका सदस्य एवं चलचित्र निर्माता र नायकसमेत रहेका रोज राणाले आत्मसमर्पण गरेका थिए । प्रहरीले मानव बेचबिखन अभियोग लगाएपछि वैशाख दोस्रो सातादेखि फरार राणा आत्मसमर्पणका लागि आफैं प्रहरी परिसर हनुमानढोका पुगेका थिए ।
प्रहरीले आफूलाई जसरी पनि पक्राउ गर्ने सूचना पाएपछि काठमाडौंबाहिरसमेत केही समय लुकेका राणाले आत्मसमर्पण गरेका हुन् । राजधानीको बागबजारमा रहेको राणाको रेस्टुरेन्टमा काम गर्ने महिलाले आफूहरूलाई जबर्जस्ती नांगो नाच नाच्न लगाएको बयान प्रहरीलाई दिएपछि प्रहरीले राणाविरुद्ध मानव बेचबिखन अभियोगमा मुद्दा दायर गरेको थियो । उनी हाल जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका छन् ।
राणाले आत्मसमर्पण गरेको ८ दिनअघि मात्रै राजधानीको सबैभन्दा ठूलो ग्याङको नेतृत्व गर्ने डन चक्रे मिलनका भाइ तेजेन्द्र गुरुङले आत्मसमर्पण गरेका थिए । लामो समयसम्म सिंगापुर र हङकङमा लुकेर बसेका गुरुङ काठमाडौं आएको थाहा पाएपछि उनको खोजीका लागि प्रहरीको छुट्टै समूह परिचालन गरिएको थियो । टोलीलाई 'पक्राउ गर्दा बबाल गरे गोली हानेर भए पनि ल्याउनू' भन्ने आदेश थियो ।
सो सूचना पाएपछि गुरुङले प्रहरी बोलाएर आत्मसमर्पण गरे । तेजेन्द्र हाल पुर्पक्षका लागि जेल चलान भएका छन् । उनीमाथि ज्यान मार्ने उद्योगसम्बन्धी चारवटा र कर्तव्य ज्यानसम्बन्धी चारवटा अभियोग छन् । तेजेन्द्र राजधानीमा कन्ट्रयाक्ट किलरका रूपमा चिनिँदै आएका व्यक्ति हुन् ।
डनहरूले भटाभट आत्मसमर्पण गर्नुलाई प्रहरीले सकारात्मक रूपमा लिएको छ । 'यो सकारात्मक पक्ष हो,' काडमाडौं परिसर प्रमुख एसपी रमेश खरेलले भने, 'आत्मसमर्पण गर्नेहरूले विगतका क्रियाकलापप्रति पश्चात्ताप गरेको पाएका छौँ ।' पछिल्लो समयमा आत्मसमर्पण गर्नेहरूले आफूहरू सुधि्रन चाहेको बताएको खरेलको भनाइ छ ।
प्रहरीले फरार अभियुक्तको खोजी तीव्र बनाएपछि पनि उनीहरूले आत्मसमर्पणको बाटो रोजेको खरेलले बताए । हामीले फरार अभियुक्तको खोजीका लागि विशेष अभियान नै चलाएका छौँ,' खरेलले भने, 'त्यसैको परिणाम देखिएको छ ।' खरेलका अनुसार राजधानीका ठूला भनिने डनहरूले आत्मसमर्पण गर्नु भनेको कानुनमाथि कोही पनि छैन भन्ने प्रमाणित हुनु हो । कानुनभन्दा माथि कोही छैन भन्ने प्रमाणित भएको छ । उनीहरू (डन) ले पनि कानुनको घेराभन्दा बाहिर जान सकिने रहेनछ भन्ने बुझेका छन् ।
काठमाडौं परिसरकै एक अधिकारी अभियुक्तको खोजीका लागि खटिने प्रहरीलाई गोली हान्नेसम्मको अधिकार दिइएकाले डनहरूले डराएर आत्मसमर्पण गर्न थालेको बताउँछन् । 'प्रतिकार भए गोली हानेर भए पनि ल्याउनू,' माथिल्लो तहको आदेश उद्धृत गर्दै ती अधिकारीले नयाँ पत्रिकासँग भने, 'यही कारण राजधानीका 'दादा'हरूको सातो गएको छ ।'
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले एक वर्षअघि राजधानीका दादाहरूको १३ वटा समूह रहेको र त्यसमा दुई सयभन्दा बढी सदस्य रहेको प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदनकै आधारमा प्रहरी परिसर र महाशाखाले ती समूहको नेटवर्क ध्वस्त पार्ने अभियान नै चलाएको थियो । प्रहरी परिसर महाशाखाको अभियानपछि चक्रे मिलन, कुमार घैंटे, शुक्रे तामाङ, दिनेश अधिकारी 'चरी', राजु गोर्खाली, दीपक मनाङेलगायतका डनहरू प्रहरी नियन्त्रणमा आएका थिए । तीमध्ये मनाङे गत फागुनमा रिहा भइसकेका छन् भने चरी जेठमा जेलमुक्त भएका छन् । बाहिर निस्केकाहरूसमेत प्रहरीको निगरानीमा रहेको एसपी खरेलले बताए । 'जेलबाट सजाय काटेर निस्केकाहरूसमेत हाम्रो निगरानीमा छन्,' खरेलले भने, 'उनीहरूले कुनै नराम्रो काम गरे भने तत्काल प्रहरी नियन्त्रणमा आउनेछन् ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out