झरना बनिन् समाजसेवी

१९ असोज २०६७ - नेपाली चलचित्र अभिनेता/अभिनेत्रीको नाममा समाजसेवी जोडिने क्रम बढ्दै छ । राजेश हमाल, करिश्मा मानन्ध, पूजना प्रधान यस्तै नाम हुन् जोसँग अभिनयसँगै समाजसेवा जोडिन थालेको धेरै भयो । अब पालो अर्की अभिनेत्री झरना बज्राचार्यको । 'जीवनको अर्थ बुझ्न' भन्दै अध्यात्ममा लागेकी 'कोही…मेरो' हिरोइन अब भने समाजसेवी बनेकी छिन् । मिडियाबाट टाढिएर उनी गतसाता संखुवासभाको खाँदबारी पुगेकी थिइन् ।

आफ्ना साथीहरुसँग मिलेर खोलेको प्रोजेक्ट अन्तर्गत हिमाली जिल्ला संखुवासभाको एक गाउँमा झरनाले पुस्तकालय स्थापना गरिदिएकी छिन् । उनको प्रोजेक्टले 'रुम टु रीड'ले जस्तै ग्रामिण क्षेत्रको शिक्षा र पुस्तकालयमा काम गर्छ । समाजसेवामा रुचि भएका साथीसँग मिलेर झरनाले प्रोजेक्ट खोलेकी हुन् । खाँदबारीको एक विद्यालयमा पनि झरना प्रोजेक्टले शैक्षिक सहायता प्रदान गरेको छ । पुस्तकालयको भवन निर्माणमा सहयोग गरेको झरनाले बताइन् ।

उनले हालै संचालनमा ल्याएको ब्लगमार्फत दुईलाख रुपैंया संकलन गरेकी थिइन् । उक्त रकमलाई समाजसेवामा खर्चिएकी हुन् झरनाले । दुईहजारभन्दा बढी पुस्तक पनि प्रदान गरेको छ उनको प्रोजेक्टले । 'जीवनमा जुन कामहरु उत्कृष्ट हुन्छन् मैले त्यही काम गर्छु म मानिसहरुलाई सहयोग गर्न चाहन्छु' मेरोसिनेमासँग झरनाले भनिन् 'मैले विगतमा जे गरेँ ती कामलाई दोहोर्‍ याउँदिन फिल्म खेलेर फिल्मभित्रै हराउँदिन ।' उनी अभिनित 'कोही…मेरो' अहिले प्रदर्शनरत छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out