रेखा थापा, झरना थापा, रेजिना उप्रेती र अरुणिमा लम्साललाई भ्याइ-नभ्याइ

नेपाली फिल्मका हिरोइनमा अहिले रेखा थापा, झरना थापा, रेजिना उप्रेती र अरुणिमा लम्साललाई भ्याइ-नभ्याइ छ । यिनीहरूको हातमा फिल्मै फिल्म छन् । अत्यधिक मात्रामा फिल्म निर्माण भइरहेकाले उनीहरू आगामी केही महिनासम्मलाई प्याक छन् ।
कसैलाई खातै खात, कसैको पुर्पुरोमा हात भनेझै यी चार हिरोइन व्यस्त भइरहेको वेलामा केही अघिसम्म चल्तीमा रहेका केही हिरोइनको हात भने खाली छ ।
पछिल्लो समयमा रेखा प्रदीप उदयको मालतीको भट्टी फिल्मको सुटिङमा व्यस्त छिन् भने खुसीको डबिङ पनि गरिरहेकी छिन् । हालै जलजलाको सुटिङ सिध्याएकी उनको हातमा आधा दर्जन नयाँ फिल्म छन् । रेखाजस्तै झरना पनि व्यस्त छिन् । उनी अचेल रञ्जित रानाको निर्देशनमा संसार आफ्नै फिल्ममा अभिनय गरिरहेकी छिन् । उनको हातमा पनि आधा दर्जन हाराहारीमा नयाँ फिल्म छन् । समय अभावका कारण अरूका केही फिल्म छाडेकी उनले आफ्नै फिल्मलाई समय दिन सकेकी छैनन् । सुनीलकुमार थापाले निर्माण गर्न लागेको साथीविना फिल्मको गीत रेकर्डिङ सकिए पनि झरनाले समय अभावका कारण सुटिङ सुरु हुन सकेको छैन ।
अर्की हिरोइन रेजिना उप्रेती पछिल्ला दिनमा एकैचोटि तीनवटा फिल्मको सुटिङमा व्यस्त छिन् । समय अभावका कारण आफैँले निर्माण गर्न लागेको फिल्मका लागि समय दिन नसकेको गुनासो छ, उनको । उनी अचेल तँ त साह्रै सपि्रस नि बद्री, महानता र प्रेम-विवाहमा व्यस्त छिन् । तीनवटा फिल्मको सेड्युल मिलाउन निकै गाह्रो भएको बताउँछिन्, उनी । यीबाहेक उनलाई अन्य नयाँ फिल्मबाट पनि अफर आएको छ । तर, पहिला यी तीन फिल्म सिध्याएर मात्र साइन गर्ने योजना उनको छ ।
दीपशिखाकी स्त्रिmप्टराइटर अरुणिमा लम्साल पनि व्यस्त छिन् । उनले अचेल के यही माया हो ? नामक फिल्म गरिरहेकी छिन् । नयाँ फिल्मका कारण अझै तीन महिना आफूसँग समय नभएको बताउँछिन्, उनी ।
केही अघिसम्म ऋचा घिमिरे पनि व्यस्त थिइन् । तर, अचेल उनी आफैँ निर्मात्री बनेकाले जस्तो पायो त्यस्तो फिल्म खेल्न चाहन्नन् । आफू र आफ्ना पति शंकरले निर्माण गरेको वीरताको चिनो अस्टे्रलिया तथा स्कटल्यान्डमा प्रदर्शन गरेकी ऋचाले तुलसी निर्माण गरेकी छिन् । यद्यपि, उनको फिल्म पूरा भएको छैन । वीरताको चिनो र तुलसीलाई समय दिनुपरेकाले अफर आएका केही फिल्म छाडेकी ऋचा अचेल आफू चुजी भएको बताउँछिन् । 'म ब्यानर, रोल अनि पारिश्रमिक हेरेर मात्र काम गर्छु,' उनी भन्ने गर्छिन्, 'संख्या बढाएर मात्रै केही फाइदा छैन । बरु वर्षमा दुईवटा मात्र फिल्म खेल्छु । तर, ती फिल्म ए-वान क्वालिटीका हुन् ।'
केही अघिसम्म निरुता सिंह, झरना बज्राचार्य, सञ्चिता लुइँटेल, पुजना प्रधान, उषा पौडेलहरू पनि चल्तीमा थिए । तर, अचेल उनीहरू फिल्म क्षेत्रबाट ओझेलमा परेका छन् । कोही मेरोबाट झरना बज्राचार्यको करिअर पुनः ब्युँतिन्छ भन्ने आश गरिएको थियो । सोचेजस्तो पटक्कै भएन । सञ्चिता निखिलसँग बिहे गरेर मुम्बई बस्न थालिन् । काठमाण्डौ आउँदा उनलाई केही निर्माताले अफर पनि गरेका थिए । तर, पति निखिल बिरामी भएकाले फिल्म खेल्न नभ्याउने बताइन् । अचेल उनी मुम्बईमै जम्ने कोसिसमा छिन् । निरुता 'इन्टेरिअर डिजाइनिङ सिक्छु' भनेर मुम्बई पसिन् । वेला-बखतमा काठमाडौं आउने गरेकी उनले बीचमा द गेममा अभिनय गरिन् । पुनः करिअर ब्युँत्याउने संकेत नदेखेपछि उनी पुनः मुम्बईतिर लागिन् । पुजना भने जयसंगत अभियानमा लागेकी छिन् । पछिल्लोपटक श्रीमान्मा अभिनय गरेकी उनको हातमा नयाँ फिल्म परेको छैन ।
कसमको सुटिङ सकेर राहुल रोयको सहारामा मुम्बई लागेकी उषा पौडेलले अभिनय गरेका कुनै फिल्मले पनि गतिलो व्यापार गर्न सकेका थिएनन् । उनी अभिनीत पछिल्ला फिल्म रणसंग्राम र तिम्रो मायामा पनि सुपर फ्लप भएका थिए । हातमा फिल्म नभएपछि विरक्तिएकी उषाले आफूले मुम्बईमा अभिनय सिकिरहेको दाबी गर्ने गरेकी छिन् ।यीबाहेक नयाँ आएकामा सुमन दाहालको मन परेपछि फिल्मबाट डेब्यु गरेकी कल्पना शाहीले फाट्टफुट्ट फिल्म पाइरहेकी छिन् । नाइँ नभन्नु लकी हिरोइन ऋचा सिंह ठकुरीले कमजोर अभिनयका बाबजुद पनि मनमनै मनपराएँ र मलाई मनपर्‍यो फिल्ममा काम गरेकी छिन् । अनुष्का ढकालले मजबुरमा अभिनय गरेकी छिन् । पर्खि बसेँपछि कुनै फिल्म हिट नभए पनि युना उप्रेतीले पनि फाट्टफुट्ट फिल्म पाइरहेकी छिन् । अचेल उनले चन्द्रावती गरिरहेकी छिन् । नन्दिता केसी, जेनिशा केसी, सौजन्या सुब्बा, रञ्जिता गुरुङहरूले भने जेनतेन फिल्म पाइरहेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out