फेसबुकमा हरिवंश अगाडि

बरिष्ठ हाँस्यअभिनेता हरिवंश आचार्य इन्टरनेटको सामाजिक संजाल फेसबुकमा सबैभन्दा अब्बल दरिएका छन् । मंगलबारसम्म उनको फ्यान संख्या ६६ हजार सातसय २६ पुगेको छ । यो दौडमा सबै विधाका नेपाली सेलिव्रेटीलाई उछिन्दै हरिवंश अगाडि भएका हुन् । हरिवंशको आधिकारिक फ्यान पेजमा पछ्याउने प्रशंसकहरुको संख्या उक्लँदो अवस्थामा छ ।

हरिवंशपछि दोस्रो नम्बरमा 'कलिउड डिभा' नम्रता श्रेष्ठ छिन् । नम्रतालाई ३७ हजार तीनसय ५९ प्रशंसकले मनपारेका छन् । तेस्रो नम्बरमा नम्रतालाई पछ्याउँदै छिन् पूर्वमिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले । माल्भिकाका फ्यान संख्या ३४ हजार ६ सय ९६ छ । चौंथो नम्बरमा छन् 'लभरब्वाइ' आर्यन सिग्देल । आर्यनका फ्यानको संख्या मंगलबारसम्म पाँचहजार १ सय रहेको छ भने महानायक राजेश हमाल चारहजार ८ सय ६२ प्रशंसकका साथ पाँचौ नम्बरमा छन् ।

'थिङ्क ट्याङ्कर' नेता डा. बाबुराम भट्टराईका १६ हजार ५ सय ६१ र युवा नेता गगन थापाका १५ हजार १ सय ५१ फ्यान छन् । फेसबुकमा सबैभन्दा अगाडि रहेका हाँस्यअभिनेता आचार्यले फेसबुकमा आफ्ना सर्वाधिक फ्यान रहेको सुन्दा खुशि लागेको प्रतिकि्रया दिए । हरिवंश स्वयमले फेसबुक ब्राउज त गर्दैनन् यद्यपी इन्जिनियरिङका विद्यार्थी सुधीरले उनको एकाउन्ट संचालन गरिरहेका छन् । सुधीरद्धारा संचालित एकाउन्ट हरिवंशको आधिकारिक एकाउन्ट हो ।

'बुवा एकदमै खुशि हुनुहुन्छ' हरिवंश सुपुत्र मोहितवंशले मेरोसिनेमासँग भने 'फ्यानसँग सीधा अन्तकि्रया गर्ने माध्यमका रुपमा बुबाले फेसबुकलाई लिनुभएको छ ।' हरिवंशलाई फेसबुक चलाउन छोरा मोहितले परामर्श र सल्लाह दिने गर्छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out