डान्स गर्लका गाथा

स्टेजमा रंगीविरंगी प्रकाश छरिएको छ। बजिरहेको छ कुनै आलो हिन्दी फिल्मको चर्चित गीत 'मुन्नी बदनाम हुई...’। चर्को तर स्पष्ट बुझिने गीत-संगीतको मादकता नृत्यको हाउभाउ, भाव र भंगीमा उतार्नमै मस्त छिन्, डान्सर नीता लामा। शंृगार सामग्रीले चम्केको अनुहार। आकर्षक र प्रकाशमैत्री पहिरन। र, उनका ँअफबिट पोज’मा ग्राहकहरू राम्रै आकषिर्त छन् भन्ने देखिन्छ। किनभने, संगीतको तालमा मात्र होइन, डान्सरको भावमा पनि उनीहरू प्रतिक्रियारत छन्। खानपिनसँगै कोही ताली बजाउँदै छन्। कोही टाउको हल्लाउँदै छन् भने कोही लय मिलाउँदै गीत गुनगुनाइरहेका छन्।
गीत सकिएपछि नीता कुदेर मञ्चबाट हराउँछिन्। लगत्तै अर्को गीत बज्न थाल्छ। अर्को गीतमा अर्कै डान्सर देखापर्छिन्। नीता भने खानपिनमा रमाइरहेका ग्राहकसँग कुराकानीमा व्यस्त देखिन्छिन्।

ठमेलस्िथत नशा बारमा देखिएको यस्तो तामझामपूर्ण दृश्य राजधानीका अन्य डान्स बारहरूमा पनि देख्न सकिन्छ। नाचेर आफ्नो गुजारा गर्दै आइरहेका नीताजस्तै सयौँ डान्सरहरू ग्राहकसँग जति कृत्रिम र अभिनयात्मक देखिन्छन्, उनीहरूका जीवनका वास्तविकता भने त्यति नै कठोर र रोमाञ्चकारी पनि हुन्छन्। उनीहरूका कथा-व्यथा र रहर सुन्ने हो भने बारभित्रको डान्सरको जीवन सोकेसमा सजाइएको फूलदानीजस्तै लाग्छ।

फैलँदो आकार
पछिल्ला दिनमा उपत्यकामा डान्सबारको संख्या बढ्दो छ। नेपाल रात्रिकालीन उद्योग-व्यवसायी संघका अनुसार, राजधानीमा सञ्चालित दुई सय बारमा झन्डै २ हजार ५ सयभन्दा बढी डान्सरहरू काम गर्छन्। संघका प्रवक्ता सुवास लिम्बू भन्छन्, ''क्षमता र सीपका हिसाबले डान्सरहरू पनि विभिन्न प्रकारका छन्।"
 ०४६ सालको जनआन्दोलनपछि उपत्यकाको रात्रिजीवनमा पनि परविर्तन देखापर्‍यो। रात्रिकालीन व्यवसाय फस्टाउँदै जाँदा विस्तारै डान्सबार र रेस्टुराँहरू थपिन थाले। २०-२१ व्ार्षअघि लाजिम्पाटको लागीगुँरास कपल पलावरले सुरु गरेको नाचगान परम्परालाई नै व्यावसायिक रूपमा डान्सबार संस्कृतिको पहिलो खुट्किलो मानिन्छ। "पहिला नेपाली शैलीका गीतमा नाच्न लगाइन्थ्यो। विस्तारै पश्चिमी र हिन्दी गीतमा पनि नाच्ने चलन भित्रियो," रात्रिकालीन व्यवसायी संघका अध्यक्ष समीर गुरुङ भन्छन्, "अहिले त सञ्चार र विदेश आवतजावत कारण डान्सबारको बजार बढेको बढ्यै छ।"

०४६ सालको आसपास खुलेका ताजमहल, घुम्ती गजल, मेजमान, अम्बरजस्ता गजल रेस्टुराँले विस्तारै गजल छाडेर डान्स रेस्टुराँको अभ्यास गरे। यसले डान्सबार व्यवसायको जगलाई बलियो बनाएको बताउँछन् व्यवसायी गुरुङ।
 डान्स रेस्टुराँ व्यवसायीहरूको विश्लेषणमा यसले उद्योगको रूप लिइसकेको छ। एउटा डान्स रेस्टुराँमा १० देखि २० डान्सरले काम गर्छन्। एउटा बारले मासिक १० देखि ३० लाख रुपियाँसम्मको कारोबार गर्ने अनुमान लगाउँछन्, फायर क्लब ठमेलका समीर शाह। सरदर यही हिसाबले उपत्यकाका डान्सबारहरूले मासिक ३६ करोड रुपियाँ बराबरको कारोबार गर्छन्। यसको वाषिर्क हिसाब ४ अर्ब ३२ करोड रुपियाँ बराबर हुन आउँछ।

डान्सबार-अर्थतन्त्रको यही परििधमा पर्छन् डान्सरहरू पनि। जे जस्तो भए पनि अनेकन समस्यासँग पौँठेजोरी खेल्दै उपत्यकाका करबि तीन हजार डान्सरहरूले आफू र आफ्नो परविार पालिरहेका छन्, जो थरीथरीका डान्सबारहरूमा कार्यरत छन्। केही डिस्कोले पनि ग्राहक आकषिर्क गर्न डान्सरहरूलाई 'पार्टटाइम' जागिर दिन थालेका छन्। कामका हिसाबले दायरा फराकिलो हँुदै गए पनि डान्सरहरू भने आफ्नो पारश्रिमिकबारे हम्मेसी खुलेर कुराकानी गर्न चाहँदैनन्। सञ्चालकले प्रत्येक डान्सरलाई भिन्न-भिन्न तलब दिएका हुनाले तलब सार्वजनिक नगर्ने सर्त हुन्छ। थोरै तलब हुनेले पनि यस प्रश्नको जवाफ दिँदैनन्। भेटिएकामध्ये धेरैजसोको तलब १० हजार रुपियाँभन्दा माथि रहेको छ। त्यसैगरी, १८ देखि २५ हजार रुपियाँसम्म खाने डान्सरहरू पनि छन्। सिकारुहरूले भने प्रतिमहिनाचाहिँ करबि-करबि चार हजार रुपियाँबाट आफ्नो 'करअिर' सुरु गर्छन््। तर, सिकारु भईकन पनि सुन्दर छन् र नृत्यमा पोख्त छन् भने उनीहरू चार-पाँच हजार रुपियाँमै सीमित हुँदैनन्।

तलब जति नै भए पनि बारमा जम्मा हुने टिप्सलाई डान्सरहरूले आफ्नो आम्दानीको महत्त्वपूर्ण स्रोत ठान्छन्। वासुलिङ रेस्टुराँकी डान्सर सुनीता भन्छिन्, "तलबभन्दा टिप्सले हाम्रो दैनिक खर्च चलिरहेको हुन्छ। त्यसैले पनि हाम्रा लागि टिप्स महत्त्वपूर्ण छ।" काठमाडौँमा चलेका डान्सबारहरूका डान्सर टिप्ससहित महिनाको ५० हजार रुपियाँसम्म हात पार्ने गरेको किस्सा सुनाउँछन् व्यवसायीहरू।

भित्री कथा अर्कै

डान्सरहरू दिनभर िसुत्छन्। कारण, उनीहरू राती अबेरसम्म बारमा नाच्छन्। ग्राहक रभिउँछन्। र, व्यवसायको बढोत्तरीका लागि मिहिनेत गर्छन्। डान्सरहरू फरक-फरक पारविारकि पृष्ठभूमि र परििस्थतिबाट रात्रिकालीन रंगीन दुनियाँमा होमिएका हुन्छन्। "तर, अधिकांश निम्न आर्थिक अवस्थाका परविारबाट आएकाहरू छन्," डान्सबार व्यवसायी निकेश गुरुङ भन्छन्, "अहिले पनि सोखले समेत यस क्षेत्रमा आउनेहरू छन्।"
 कमलपोखरीस्िथत सो प्यालेस डान्सबारकी रीतिका थापा रहरले यस पेसामा आएकी होइनन्। तर, अहिले भने नृत्य उनका लागि रहरको जागिर भइसकेको छ। भन्छिन्, "पहिला रोजगारीको बाध्यता थियो अब त धेरै सिकियो। धेरै भोगियो, छाड्न सकिन्न।'' उनी मात्र होइन, वासुलिङ रेस्टुराँमा भेटिएका सुनीता, फ्युजन क्लबकी आशमा केसी, २२ र सो प्यालेसकै ईशा कार्की, १९, पनि यस पेसामा आफूहरू रमाएको बताउँछन्।

हेटौँडाबाट राजधानी आएकी अनिता लामाले नाच्न थालेको चार वर्ष पुग्यो। आर्थिक अवस्था कमजोर छ। बाबुआमा मात्र होइन, दुई भाइबहिनी पाल्नुपर्ने जिम्मेवारी छ उनमा। भन्छिन्, "अरूको कुरा थाहा छैन। म भने कलाकारका रूपमा यो काम गर्दैछु। पारविारकि रूपमा पनि मेरो आफ्नै दायित्व छ।''

अधिकांश बार डान्सर आफ्नो दाम्पत्य जीवनप्रति कि त विरक्त छन् कि त एकल जीवन नै बिताउन बाध्यकारी। "धेरै साथी श्रीमान्सँग छुट्टएिर बसेका छन्," आफू पनि 'डिभोर्स लाइफ' बिताइरहेको जानकारी दिँदै डान्सर विमला लामा भन्छिन्, "अवस्था दयनीय भएपछि यतातिर लागेर पेट पाल्नेहरूका पीडा सुन्ने हो भने आँसु नै र्झछ।" पारविारकि रूपमा अपहेलित, तिरस्कृत र विभेदमा परेका डान्सरहरूले समाज, मूल्य, मान्यता र संस्कारको चेपमा फसेका कुरा राम्ररी अभिव्यक्त गर्न नसके पनि आफूमाथि घटेका अन्यायपूर्ण परघिटनाहरू भने बेलीविस्तार लगाउँछन्। बारमा काम गर्ने भएकै कारण आफ्नो दाम्पत्य जीवनमा असर पुगेको बताउने सरु घिसिङ भन्छिन्, "अहिले म मेरो तीन वषर्ीय छोरी पालेर बसेकी छु। श्रीमान्ले अर्की ल्याएको छ भन्ने सुन्छु। जे भए पनि मर्न नसकिने रहेछ।"
 उपत्यकामा रहेका डान्सबारमा डुल्ने हो भने अधिकांश डान्सरहरूको उमेर १६ देखि २५ वर्षसम्म रहेको थाहा लाग्छ। धेरै डान्सरहरूको शैक्षिक पृष्ठभूमि त्यति मजबुत छैन। वासुलिङ डान्सबार एन्ड रेस्टुराँका सञ्चालक विष्णु पण्डित भन्छन्, "पहिलाको तुलनामा अहिले पढेर आउने बढेका छन्।" जस्तो- फ्युजन क्लब कमलादीकी अनु थापा, १८, ले प्रवीणता प्रमाणपत्र तह पास गरेकी छन्। अनु भविष्यमा डाक्टर बन्न चाहन्छिन् -हेर्नूस्, बक्स)।

बारमा डान्स गर्नेको आवश्यक योग्यता यत्ति नै हो भन्ने कुनै मापदण्ड छैन। तर, बार सञ्चालकहरू भने शारीरकि रूपमा राम्री र सक्षम डान्सरहरूको खोजीमा हुन्छन्। ग्राहक खुसी पार्न सक्ने, किशोरी र अलिक व्यावहारकि डान्सरहरूको बारमा राम्रो 'स्कोप' रहेको मानिन्छ। व्यवसायी पण्डित भन्छन्, "जतिसुकै राम्रो नाचे पनि सुन्दर छैनन् भने दर्शकले मन पराउँदैनन्।"

बार सञ्चालकहरूको दाबी पत्याउने हो भने धेरैजसो डान्सरहरू प्रशिक्षित छन्। डान्स प्रशिक्षण केन्द्रहरूका कुरा सुन्दा यो भनाइ आंशिक सत्य लाग्छ। राजश्री डान्स सेन्टरका अनुसार, सिक्नेमध्ये सबैभन्दा बढी चलचित्रमा जान चाहन्छन्। सेन्टरका प्रोप्राइटर राजु शाह भन्छन्, "सिकेर डान्सबारमा जानेहरू पनि धेरै छन्।" डान्सरहरूका कुरा सुन्ने हो भने उनीहरूमध्ये आधाआधीजति प्रभावमा परेर यस पेसामा लागेका छन्। जस्तो- दिदी, छिमेकी, साथी आदि लागेकाले म पनि लागे भन्नेहरू धेरै हुन्छन्। रेस्टुराँमा वेटर भएपछि डान्सर हुनेहरू पनि निकै भेटिन्छन्।

बार डान्सरहरू चाहन्छन् कि बिनाअवरोध आठ घन्टा काम गर्न पाइयोस्, पारश्रिमको कदर होस्। दुई वर्षअघि रात्रिकालीन व्यवसायीहरूले राजधानीमा अबेरसम्म व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भन्दै गरेको आन्दोलनमा समेत डान्सरहरूको उपस्िथति चर्चाको विषय बनेको थियो । तत्कालीन गृहमन्त्री वामदेव गौतमले १० बजेपछि रात्रिकालीन सबै व्यापार बन्द गर्ने भएपछि उनीहरूले आन्दोलन चर्काएका थिए। तर, गृहमन्त्री गौतम बिदा भएपछि उनीहरू १० बजेमा सीमित रहेनन्।

उपत्यकाका सबै डान्सबारहरूका व्यावसायिक प्रकृतिमा भने समानता छैन। कतिपय रेस्टुराँ र बारमा अलिक भड्किलो नृत्य देखाइने गरेको, नृत्यागंनाहरूलाई नग्न नृत्यका लागि बाध्य पारएिको र यौनशोषणसम्मका घटनाहरू सार्वजनिक हुने गरेका छन्। तर, व्यवसायी तथा डान्सरहरू भने एकाध अव्यावसायिक परघिटनाका आधारमा डान्सबार व्यवसायलाई नोक्सान हुनेगरी हुने टीकाटिप्पणीलाई नकार्दै आइरहेका छन्। व्यवस्थापनले तय गरेका कतिपय नियम र विशेषताका आधारमा डान्सरहरूले आफ्ना प्रस्तुति र व्यवहार प्रदर्शन गर्छन् बारभित्र। ''सबै बारहरू एउटै छैनन्। हामीलाई जुन हिसाबले 'ट्रेन्ड' गरएिको हुन्छ, बारभित्र हाम्रो व्यवहार पनि त्यस्तै हुन्छ," वासुलिङ डान्सबारकी सुनीता राई भन्छिन्, "मान्छेहरू जे सोच्छन्, त्यस्तो होइन। यो हाम्रो व्यवसाय हो।"

बेब लाउन्ज डान्सबारकी केसिका श्रेष्ठलाई डान्सबार र डान्सरलाई एकै ठाउँ राखेर चरत्रिको बात लगाइँदा दिल दुख्छ। भन्छिन्, "डान्सरले देखाएको कला पैसा तिरेर हेर्न आउने मान्छेचाहिँ इज्जतदार रहिरहने तर कला देखाउनेचाहिँ बदनाम हुने किन ?"
-आवरण तस्बिर ः शैलेन्द्र खरेल)


एक जमानाका चर्चितहरू
 जीवनका उकाली-ओरालीहरूमा रंगहरू फेरँिदै जान्छन्। कोही गुमनाम हुन्छ भने कोही सदाबहार चर्चामा रहन्छ। राजधानीको रात्रिजीवनसँग जोडिएर पनि धेरैले आफूलाई चर्चाको शिखरमा पुर्‍याएका छन्। त्यसैमध्येमा पर्छिन्, चर्चित डान्सर काजोल घिमिरे। 

डान्सबार र काजोल एकअर्काका पूरकझैँ थिए, विसं '५० को दशकमा। जब उनी नाच्थिन्, सँगसँगै उपस्िथत दर्शक पनि नाच्थे। मातृथलो दाङ भए पनि कर्मथलो धनगढी थियो, उनको। ०५० सालमा राजधानी प्रवेश गरेकी यी नृत्यांगनाले आफ्नो कलाले राजधानीको रात्रिकालीन जीवनमा एक प्रकारको हंगामा नै मच्चाइदिइन्। "आधुनिक नृत्यमा जमेकी उनी मञ्चमा उक्लिएपछि जादु गरेझैँ हुन्थ्यो, दर्शकलाई," सु एन्ड सी रेस्टुराँ कालिकास्थानका सञ्चालक सुभाष अधिकारी सम्झन्छन्। काजोलको नामका पछाडि वा अगाडि विभिन्न उपनामहरू थपेर डान्सरहरू राख्थे, बार तथा रेस्टुराँहरूले। 
 मैतीदेवी पुलदेखि माथि र बानेश्वरको तल्लो भागको डाँडोमा रहेको थिएटर डान्सबार एन्ड रेस्टुराँबाट यिनको नृत्य जीवनको सुरुवात भएको रहेछ। १३ वर्षे नृत्यको जादु देखाएकी काजोलका नाममा काजोल डान्सबार एन्ड रेस्टुराँ नै खोलियो, सुन्धारामा। एक वर्ष आफ्नै नाममा खुलेको बारमा रमाएपछि उनी त्यहाँबाट कुपण्डोलको नाइट किङ्मा सरनि्। त्यहाँ पनि दुई वर्ष बिताइन्। त्यसपछि उनको जादु नासल क्लब पुतलीसडकमा सर्‍यो। १० वर्षअघि बारका सञ्चालकभन्दा बढी आम्दानी गर्ने काजोल मासिक एक लाख रुपियाँसम्म आम्दानी हुने गरेको कथा सुनाउँछिन्। तर, यो अवस्था लामो समयलाई रहेन। उनको जीवनको रङ फेरँिदै गयो।

राजधानीका एक नामी व्यापारीले उनलाई खाने-बस्ने बन्दोबस्त गरििदनुका साथै जग्गासमेत खरदि गरििदएका थिए। राम्रै बन्दोबस्त गरेकी थिइन् उनले। तर, मादक पदार्थ र धुम्रपानले विगतमा लेखिएका उनका सम्पूर्ण कथा बगाइदिएको छ। हाल नपिई बोल्नै नसक्ने काजोल अहिले एक्लो जीवन गुजार्न बाध्य छिन्। ०६३ सालदेखि उनको लोकपि्रयतामा कमी आउँदै गरेको बताउँछन्, सु एन्ड सीका सञ्चालक अधिकारी।

अर्की पनि एक डान्सर थिइन्, जसले नृत्यप्रेमीको मन जितेकी थिइन्। '५० को दशकको मध्यतिरको यस कथाकी नायिका थिइन्, भारतीय मूलकी निशा। उनकै कारण कुनैबेला चर्चित थियो, पुतलीसडकको डाइमन्ड रेस्टुराँ एन्ड बार। उत्तेजक नृत्य पनि गर्ने उनी सुन्दरी पनि मानिन्थिन्। उनीमाथि बर्सिने टिप्सले रेस्टुराँको व्यापारलाई पनि माथ गर्ने गरेको उनलाई जान्नेहरू बताउँछन्। 'टू पिस' लगाएर नाच्नमा चर्चित मानिएकी यी डान्सरले केही वर्ष राजधानीको ब्ल्याक एन्ड ह्वाइट रेस्टुराँमा पनि आफ्नो जादु देखाएकी थिइन्।

डान्सबारमा कमाएको पैसाले निशाले दुईवटा बस र राजधानीमा घरसमेत किनेकी थिइन्। नेपाली नागरकिता नभएका कारण आफ्नो 'ब्वायप|mेन्ड'का नाममा किनेका यी अचल सम्पत्ति उनलाई फाप्नचाहिँ फापेनन्। हाल दुवईमा बसिरहेकी निशाले नेपालसँगको टेलिफोन संवादमा भनिन्, "धोका पाएपछि म नेपालबाट विरक्तिएर हिँडेकी हुँ।"

रेस्टुुराँमा नृत्य गर्दागर्दै सिने नायिका भएकी उषा पौडेल पनि एक बेलाकी राम्री नृत्यांगना हुन्। एक दशकअघि राजधानीको गौशालामा रहेको माइबेनी डान्स रेस्टुराँ एन्ड बारबाट सुरु भएको उनको डान्सको यात्रा दुई वर्षअघिसम्म कायम थियो। आकर्षक शरीर, सुन्दर अनुहार र नृत्यमा पारंगत थिइन् उनी। कुनैबेला राजधानीको चर्चित डान्स रेस्टुराँ भनेर चिनिएको दरबारमार्गको सो प्यालेसमा उनले लामो समय बिताइन्। हाल उनी मुम्बई पुगेकी छन्, चलचित्रमा अभिनय गर्ने भनेर।

धेरै नाम र अनुहार राजधानीको डान्स रेस्टुराँ र बारहरूसँग जोडिन आएका छन्। तर, चर्चाको शिखरमा भने कमै पुगे। प्रीति, आरती, माया, उषा आदि तिनै कममध्येमा पर्ने नाम थिए, जो आजका मितिमा गुमनाम छन्। बार सञ्चालकहरूका अनुसार, धेरैजसो डान्सरहरू विदेश पलायन भएका छन्। केहीचाहिँ होटल सञ्चालन र अन्य व्यवसायमा लागेका छन्।

 अदालतमा दुई सुन्दरी 
 यतिबेला दुई सुन्दरी युवतीमाथि अदालतमा मुद्दा चलिरहेको छ। साउन २९ देखि महानगरीय प्रहरी परसिर हनुमानढोकामा रहेका उनीहरूले विदेशमा काम लगाइदिने सर्तमा सिंगापुर लगेर महिलाहरूलाई बारमा जबरजस्ती नृत्य गराउने गरेको खुल्न आएको छ। यी अभियुक्त सुन्दरी हुन्, रमिता भण्डारी र सब्बु शाही। रमिता र सब्बु विगतमा मोडलिङ् पेसामा थिए।

१० महिनाअघि आठ लाख रुपियाँ लिएर सिंगापुर पुर्‍याइएकी सुुनीता नकर्मी -नाम परविर्तन)को उजुरीका आधारमा यी मोडलहरूलाई पक्राउ गरएिको थियो। ललितपुरको इमाडोलमा बस्दै आएका उनीहरूले सुरुमा युवतीहरूको फोटो इन्टरनेटबाट पठाउने गरेको र पछि उताबाट स्वीकृति भएपछि मानिस नै पठाउने गरेको रहस्य खुल्न आएको छ। उजुरी पुष्टि हुने खालको क्लिप, फोटो आदि पनि प्रहरीले उनीहरू बस्दै आएको घरबाट बरामद गरेको थियो।

बारमा डान्स गर्न लगाउने र पछि देहव्यापारमा समेत कर काप गरेर संलग्न गराउने गरेको पनि नकर्मीको उजुरीमा उल्लेख थियो। प्रहरीका अनुसार, युवतीहरूले कसूर कबुल गरसिकेका छन्। यी मोडलहरूलाई ज्यान मास्ने-बेच्ने अन्तर्गत मुद्दा चलाइरहिएको छ। त्यसो त नांगो नाच देखाउने वा उत्तेजक ढंगले नाच्ने वा नाच्न लगाउनेको हकमा समेत यही प्रकृतिको कारबाही हुने बताउँछन्, अधिवक्ता सुशील खतिवडा। भन्छन्, "नांगो नाच्न बाध्य गर्ने पनि जीउ मास्ने-बेच्ने अन्तर्गत नै पर्छ।"

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out