वाइसिएल विस्तार गरिने

भक्तपुर, असोज २३ (नागरिक)- विभिन्न दलले माओवादीको भातृ सङ्गठन वाइसिएल विघटन गर्न माग गरिरहेका बेला माओवादी नेताहरुले भने यसलाई विस्तार गरिन लागेको जानकारी दिएका छन्। जनसेना विघटन गराएर दलहरु माओवादीलाई समाप्त पार्ने खेलमा लागेको पनि उनीहरुले बताए।

 वाइसिएल भक्तपुरले आयोजना गरेका वनभोज कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य तथा सेना समायोजन समितिका सदस्य वर्षमान पुनले माओवादीको जनमुक्ति सेना विघटन गराएर दलहरु माओवादीलाई समाप्त पार्न लागिपरेको आरोप लगाए। उनले जबसम्म जनमुखी संविधान र शान्ति प्रक्रिया टुङ्ग्याइँदैन, तबसम्म लडाकु र हतियार नछाड्ने बताए। कार्यक्रममा माओवादी नेता जनार्दन शर्माले पनि माओवादीको भातृ सङ्गठन योङ कम्युनिष्ट लिग विघटन होइन, बरु अझ विस्तार र सुद्धृढ गरेर लाने बताए। उनले संविधान निर्माणमा ध्यान नदिइ सेना समायोजनको कुरामात्र उठाइएको छ भन्दै संविधान निर्माण हुने सुनिश्चतता भयो र सङ्घीय गणतन्त्र संस्थागत हुने भयो भनेमात्र यसबारे विचार गरिने पनि बताए। तर दलहरु यसतर्फ अघि नबढेका उनको आरोप थियो। जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुनले आवश्यक परे नेपाली जनताले चाहेको बेलामा जनमुक्ति सेना जहिले पनि बलिदान दिन तयार रहेको दाबी गरे।
- रोशन शिल्पकार

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out