प्रधानसेनापति र बेलायती सेना प्रमुखबीच भेट

काठमाडौ, आश्विन २० - बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति छत्रमानसिंह गुरुङले मंगलबार बेलायती सेनाप्रमुख सर पिटर वालसँग भेटवार्ता गरेका छन् ।
बेलायतको रक्षा मन्त्रालयस्थित वालको कार्यकक्षमा बुधबार भएको भेटमा द्विपक्षीय हितका विषयहरूमा कुराकानी भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । त्यसक्रममा बेलायती सेनाका उच्चपदस्थ अधिकृतहरूले सेनापति गुरुङलाई 'ब्रिफिङ' गरेका थिए ।
त्यसअघि मंगलबार सेनापति गुरुङको सम्मानमा हर्स गार्ड परेडमा पहिलो बटालियनको ग्रेनेडियर गार्डले गारत प्रदान गरेको थियो । गुरुङले सम्मान गारतको निरीक्षणसमेत गरेका थिए ।

उनलाई बेलायती सेनाका रथी पल न्युटन र उपरथी विलियम कुविटले स्वागत गरेका थिए । सेनापति गुरुङले परराष्ट्र तथा राष्ट्रमण्डल कार्यालयमा अवस्थित दक्षिण एसिया र अफगानिस्तान निर्देशनालयका निर्देशक कारेन पियर्स र अन्तरराष्ट्रिय विकास विभागका स्थायी उपसचिव मिनोस सफिकसँग पनि भेटघाट गर्नेछन् ।
सेनापति गुरुङको भ्रमण दलमा श्रीमती कमला गुरुङ, उपरथी नेत्रबहादुर थापा र प्रमुख सेनानी शिवशंकर गुरुङ सम्मिलित छन् । सेनापति असोज २७ गते स्वदेश फर्कने छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out