माओवादीले निम्त्यायो अर्को खतरा

सत्तामा पुग्न नपाएको झोंकमा गत वर्षदेखि मित्रराष्ट्र भारतविरुद्ध सक्रिय रहँदै आएको माओवादीका कारण नेपालको राष्ट्रिय सुरक्षामा नै अनिष्ट पैदा हुनसक्ने सम्भावना बढेको छ। भारतमा हिंसात्मक एवम् आतङ्कपूर्ण क्रियाकलापमा संलग्न माओवादीलाई नेपालका माओवादीले सैन्य तालिम दिइरहेको रहस्योद्घाटन भएपछि देशको आन्तरिक एवम् राष्ट्रिय सुरक्षा खतरामा पर्नसक्ने ठानिएको हो। माओवादीका लडाकु कमाण्डर पासाङले एक विज्ञप्तिमार्फत आफूहरूले भारतीय माओवादीलाई तालिम नदिएको जवाफ फर्काएका छन्। तर भारत नेपाली माओवादीका कुरामा विश्वास गर्न सक्ने अवस्थामा रहेको देखिँदैन। भारतीय भूमिमा आश्रय लिएर नेपालमा हिंसात्मक युद्ध चलाइरहेका नेपाली माओवादीलाई अन्य दलहरूसँग मिलापत्र गराएर सिंहदरबारसम्म पुग्न सहयोग पुर्याकउने भारतविरुद्ध माओवादीले आफू सरकारमा पुगेलगत्तै चिढ्याउने व्यवहार गर्दै आएको छ। संविधानसभाको सबैभन्दा ठूलो दलका अध्यक्ष रहनुभएका प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएर बाहिरिएयता उहाँले भारतविरुद्धको गतिविधिमा आफूलाई करिब–करिब केन्द्रित गर्दै आउनुभएको छ। प्रधानमन्त्री भइसकेका र फेरि पनि हुनसक्ने सम्भावना रहेका प्रचण्डले ठूलो दलको प्रमुख नेताका रूपमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा छिमेकी मुलुकविरुद्ध अभियान चलाउनुलाई अप्राकृतिक, अस्वाभाविक र अनुपयुक्त ठानिएको छ।
दुर्गम क्षेत्रमा खानेपानी व्यवस्थाका लागि सहयोग पुर्यारउन स्थलगत भ्रमणमा गएका छिमेकी मुलुकको राजदूतमाथि 'चिनियाँ आक्रोश' प्रकट गर्दै जुत्तासमेत प्रहार गर्नुलाई माओवादीबाहेक कसैले पनि जायज ठान्न सकेको छैन। यस्तो व्यवहारले दुई मुलुकबीच सरकारी र जनस्तरमा समेत घृणा र आक्रोश पैदा गर्न सक्ने भएको हुँदा उक्त घटनाप्रति खेद प्रकट गर्दै प्रचण्डले सार्वजनिक रूपमै माफी माग्लान् भन्ने अपेक्षा गरिएको थियो। तर, प्रचण्डले माफी माग्नु र गल्ती स्वीकार गर्नुको साट्टा गोपाल किराँतीजस्ता सभ्य हुन बाँकी पात्रलाई अघि सारेर भारतमा समेत आतङ्क मच्चाइदिने धम्की पो दिए। माओवादी व्यवहारले छिमेकी मित्रराष्ट्रलाई क्रूद्ध तुल्याउने त छँदै छ देशकै आन्तरिक सुरक्षामा समेत सङ्कट पैदा गर्न सक्ने सम्भावना छ। एकातिर भारतीय राजदूतलाई विकास निर्माणको काममा सरिक हुँदा जुत्ता प्रहार गर्ने र अर्कोतिर भारतमा आतङ्ककारी क्रियाकलापमा संलग्न माओवादीलाई नेपालमा सैन्य तालिम दिने तथा भारतीय लगानीका उद्योग एवम् जलविद्युत् आयोजनाहरूमा अवरोध पुर्यारउने कार्य गर्दा कुनै पनि दिन नेपालबाट भारतीय सुरक्षामा खतरा पुगेको निष्कर्ष भारतमा निकालियो भने त्यसको परिणाम गम्भीर हुन सक्नेछ। आफ्नो सुरक्षाका लागि भन्दै भारतीय सेना नेपालमा आगमन हुनसक्ने पृष्ठभूमि माओवादीले तयार गरेको ठहर विज्ञहरूले गरेका छन्। भारत सरकारले पाकिस्तानी आतङ्कवादी सङ्गठन लस्कर–ए–तोइवा र नेपालका माओवादीले भारतका माओवादीलाई सैन्य तालिम दिइरहेको किटान गरेको छ। भारतको केन्द्रीय सरकारले पश्चिम बङ्गाल सरकार तथा माओवादी प्रभावित आठ राज्यका प्रहरीप्रमुखहरूलाई लेखेको पत्रमा भारतका माओवादीलाई नेपालमा तालिम दिने कार्य भइरहेको भन्दै सचेत रहन भनिएको छ। यस सम्बन्धमा भारतको ख्यातिप्राप्त अङ्गे्रजी दैनिक इन्डियन एक्सपे्रसमा प्रकाशित समाचारले नेपालमा सबैको ध्यानाकर्षण गरेको छ। समाचारमा जनाइएअनुसार करिब पौने तीन सय भारतीय माओवादीले लस्कर–ए–तोइवाका सदस्यहरू कराँचीका लतिफ खान र रज्जाक अन्सारीको रेखदेखमा नेपालका माओवादीहरूबाट तालिम लिइरहेका छन्। यस सम्बन्धमा नेपाल सरकारले गम्भीरतापूर्वक छानबिन तथा अनुसन्धान गरी भारत सरकारलाई विश्वस्त तुल्याउन आवश्यक देखिएको छ। आफ्नो सुरक्षाको निम्ति भारत आफैं नेपालमा सक्रिय हुनुपर्ने अवस्था आउन नदिनका लागि पनि सरकारले विशेष तत्परता लिनु उपयुक्त हुने ठानिएको छ। भारतद्वारा सहमतिमा जोड भारतीय समाजवादी पार्टीका नेता सुधीन्द्र भदौरियाले संविधानसभाको थपिएको म्यादभित्रै संविधान बनाउनुपर्नेमा जोड दिएका छन्। घटना र विचारका लागि कुरा गर्दै नेता भदौरियाले सरकारका लागि भन्दा पनि संविधानका लागि राष्ट्रिय सहमति अत्यावश्यक रहेको बताए। उनले भारतले जहिले पनि नेपाललाई सकारात्मक रूपमा लिएको र यसलाई हस्तक्षेपका रूपमा लिन नहुने बताए। 'भारत जहिले पनि नेपालमा शान्ति, स्थिरता र विकास चाहन्छ,' उनले भने, 'नेपालको छिमेकीका नाताले राखेको सकारात्मक चासोलाई हस्तक्षेपका रूपमा अर्थ्याउन हुँदैन।' उनले नेपालमा कस्तो सरकार बनाउने भन्ने कुरामा नेपाली जनताको अधिकार रहेको र त्यसमा यहाँका दलहरू सक्षम रहेको पनि बताए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out