प्रचण्ड, किरण र बाबुरामको गोप्य दस्तावेज

काठमाडौ। एमाओवादीको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन बैद्य र डा. बाबुराम भट्टराईले पेश गरेको प्रतिवेदनलाई संश्लेषण गरी कार्तिक १२ गतेदेखि ५ दिनसम्म गोरखा जिल्लाको ठाँटीपोखरीमा बस्ने विस्तारित बैठक(प्लेनम)मा पेश गर्नका लागि एमाओवादी हेडक्वार्टरले बनाएको योजना सार्थक हुने वा नहुने भन्ने अझै निर्णय हुनसकेको छैन। खासगरी किरण पक्षधरले केन्द्रीय समितिको बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनलाई विस्तारित बैठकमा जस्ताको तस्तै पेश गर्न दवाव दिएपछि एउटै प्रतिवेदन पेश हुने वा नहुने भन्ने विषयमा निर्णय हुन नसकेको हो। केन्द्रीय समितिको वैठकमा किरण र प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनको सारतत्व र अन्तर्वस्तु खासै भिन्न नरहेकाले फरक प्रतिवेदन विस्तारित समितिको बैठकमा लैजान पर्ने आवश्यकता नभएको तर्क प्रचण्ड पक्षधरले अगाडि सारेको छ।

प्रधान शत्रु (भारतीय विस्तारवाद) र तत्कालीन राजनीतिक कार्यदिशा (जनविद्राेह) जस्ता विषयमा समान धारणा रहेको हुँदा भिन्न राजनीतिक प्रतिवेदन विस्तारित बैठकमा लैजानुको औचित्य नभएको प्रचण्डपक्षधरको भनाई छ। स्वयम् प्रचण्डले किरणको राजनीतिक प्रतिवेदनमा सारभूत कुराहरू आफ्नो भन्दा फरक नभएको कारण भिन्न राजनीतिक प्रतिवेदन आउनुमा मन अमिलिनु मात्र भएको टिप्पणीसमेत गरेका छन्। बाबुरामले पेश गरेको प्रतिवेदनका सारभूत विषयहरू भिन्न रहेका कारण त्यसलाई सम्मान गर्न सकिने तर किरणको प्रतिवेदन आफ्नो भन्दा भिन्न नदेखिएकाले पृथक दस्तावेजको मान्यता दिइरहनुपर्ने आवश्यकता नभएको प्रचण्डले बताएका छन्। स्मरणीय छ, बाबुरामले पेश गरेको प्रतिवेदनमा मुख्य दुश्मन भारतीय विस्तारवादद्वारा समर्थित (देशीय प्रतिक्रियावाद) भनी चित्रण गरिएको छ। त्यसैगरी तत्कालीन राजनीतिक कार्यदिशाको बारेमा जारी शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्यावउने र संघीय लोकतान्त्रिक संविधान निर्माण गर्नुपर्ने कुरामा जोड दिएको छ। यसरी डा.बाबुरामको प्रतिवेदन प्रचण्ड र किरणको भन्दा भिन्न रहेको सूत्रले बताएको छ। तथापि बाबुरामले जनविद्रोहको नीति पार्टीले पारित गरेमा आफूले त्यसको विरोध नगर्ने र हिजोजस्तै विद्रोहमै लाग्ने कुरा पार्टीको बैठकमा राख्दै आएको सूत्रले बताएको छ। हिजो पनि आफू क्रान्तिको पछि लागेको र भोलि पनि विद्रोहको पछि लाग्ने तर्क बाबुरामले पेश गरेका छन्। उनले वर्तमान अवस्थामा राष्ट्रिय(अन्तर्राष्ट्रिय परिस्थितिको कारण जनविद्राेहमा जानु उपयुक्त नभएको आफ्नो धारणा रहेको केन्द्रीय समितिलाई जानकारी गराएको सूत्रहरूले बताएका छन्। उता मोहन वैद्य र प्रचण्डको राजनीतिक प्रतिवेदन मूलभूत रुपमा फरक नभएको कारण किन अलग(अलग बनाई पेश गरियो भन्नेबारेमा समेत कतिपय तटस्थ बसेका केन्द्रीय सदस्यहरूले प्रश्न गरेको सूत्रहरू बताउँछन्। सूत्रहरूका अनुसार कथम्कदाचित विस्तारित बैठकमा प्रचण्ड र मोहन वैद्यको प्रतिवेदन अलग अलग पेश भयो भने पनि त्यसलाई एउटै बनाउन बैठकको सहभागीहरूको बहुमतले निर्णय गर्ने निश्चित भएको सूत्रको दाबी छ। हालसम्म गोप्य राखिएको र 'क्रान्तिकारीहरूको वैचारिक अभियान' 'समयबद्ध' त्रैमासिक (२०६७ असोज कात्तिक) अङ्कमा प्रस्तुत तीनवटै दस्तावेजको सठनात्मक समस्याका बारेमा प्रतिवेदनमा समावेश गरिएको मध्ये मुख्य अंशहरू निम्न रहेका छन्। अध्यक्ष प्रचण्डको प्रतिवेदन अध्यक्ष प्रचण्डको दस्तावेजमा संगठनात्मक समस्याको उठान गर्दै भनिएको छ:( एकता, संघर्ष र ध्रुविकरणको प्रक्रिया हुँदै आज हाम्रो पार्टी आकार र मात्राका दृष्टिले निकै ठूला बन्न पुगेको छ। तर सर्वहारावर्गको अग्रदस्ताका रुपमा यसको गुण र सञ्चालन विधि ने निकै कमजोर बन्दै गएको छ। आज पार्टीभित्र अन्तर्संघर्ष स्थिति अत्यन्त अस्वस्थ र कचिङ्गलको रुपमा चलिरहेको छ। पार्टीभित्र अन्तर्संघर्षको स्थिति अत्यन्त अस्वस्थ र कचिङ्गलका रुपमा चलिरहेको छ। पार्टीभित्र गुट र गुटभित्र अर्को गुटको अन्त्यहीन श्रृंखला बन्ने तथा एकले अर्कालाई हिलो छ्याप्ने र खुइल्याउने प्रतिस्पर्धा चलेर 'यदुवंशी' तरिकाले पार्टीको विघटन, विसर्जन हुने त होइन भन्ने चिन्ताजनक स्थिति उत्पन्न भइरहेको छ। न राम्रो काम गर्नेलाई प्रोत्साहन छ न त नराम्रो काम गर्नेलाई दण्ड सजाय नै छ, जसलाई जे मन लाग्छ त्यही भन्ने र गर्ने दिशातिर अघि बढ्दै त छैन? प्रश्न निकै गम्भीर छ। अझ कटु वास्तविकता यो हो कि यसप्रकारको अराजकता र दण्डहीनताको स्थिति पार्टीको माथिल्लो तहमा नै हावी हुँदै गएको छ। जिम्मेवार नेताहरूबाट नै पार्टीका आधिकारिक नीति, निर्णय र पद्धतिका विरुद्ध पटक पटक अभिव्यक्ति र आचरण प्रदर्शित हुने गरेका छन्। गुटवन्दी, हैसियत र पार्टी एकताको चिन्ता समेतका कारण जिम्मेवार नेताहरूलाई जव आलोचना वा अनुशासनको कुनै कारवाही गर्न सकिदैन तव तल्ला कमिटी वा अन्य सदस्यहरूलाई कारवाही गर्न सकिदैन, तव तल्ला कमिटी वा अन्य सदस्यहरूलाई कारवाहीको नैतिक हैसियत पार्टीले गुमाउन थाल्दछ। पार्टीको अन्तर्संघर्षमा जव वैचारिक(राजनीतिक प्रश्नले प्राथमिकता पाउनुको सट्टा व्यक्तिगत टिकाटिप्पणी वा गुटगत स्वार्थले प्राथमिकता पाउँछ, तब त्यस प्रकारको अन्तर्संघर्ष पार्टीको जीवन होइन, विघटनको कारक बन्न सक्दछ। आज सिंगो पार्टी र त्यसको नेतृत्वमाथि साम्राज्यवादी, विस्तारवादी र उनका दलालहरूको नियोजित र चौतर्फी आक्रमण भइरहेको छ। यस्तो परिस्थितिमा एउटा सर्वहारावादी पार्टीमा हुनुपर्ने नेता र कार्यकर्ताहरूको आपसी सम्बन्धमा हार्दिकता, एक(अर्काको समस्याप्रति सहयोग र सद्भाव एवं एक(अर्काका रक्षाको दायित्वबाट विमुख हुँदै जानु निकै चिन्ताजनक विषय हो। मोहन वैद्य किरणको प्रतिवेदन मोहन वैद्य किरणको दस्तावेजमा संगठनात्मक समस्या र त्यसको समाधानका वारेमा यसरी उठाइएको छ( पार्टीभित्र नयाँ अभिजात वर्गको विकास हुँदैछ। पार्टीमा उच्चवर्ग र निम्नवर्गका बीचको संघर्ष बढ्दै जान थालेको छ। पार्टीमा सैद्धान्तिक(राजनैतिक वन्ध्याकरणको प्रक्रिया क्रमशः अगाडि बढ्दैछ। जनविद्रोह तथा समग्र क्रान्तिको रथ हाँक्न योग्य नयाँ ढंगको पार्टीको निर्माणमा गम्भीर समस्या पैदा भएका छन्। संगठनभित्र प्रायशः एकमतका आधारमा निर्णय हुने गर्दछन्। परन्तु त्यहाँ वास्तविक अर्थमा एकरुपता भएको हुँदैन। पार्टीमा मतभेद राख्ने, नोट अफ डिसेन्ट लेख्ने र स्वस्थ ढंगले दुई लाइन संघर्ष चलाउने परम्परा एवं उपयुक्त विधिको विकास हुन सकेको छैन। पार्टीमा केन्द्रीयता, नोकरशाही र जनवाद अराजकतावादमा बदलिन पुगेका छन्। सामूहिक नेतृत्व र कमिटी प्रणालीलाई स्थापित गर्ने काम निकै गम्भीर बन्न गएको छ। पार्टीभित्र गुटवन्दीको प्रक्रिया तिव्र रुपमा बढ्दै गएको छ। हामीले नेतृत्वको कुरा गर्दा सामूहिक, एकीकृत तथा सूचिकृत जस्ता पदावलीहरूको प्रयोग गर्दै आएका छौं। परन्तु यी पदावलीहरूलाई बुझ्नेवारे हामीमा एकरुपता देखिदैन। पार्टीमा गोपनीयताको रक्षाको समस्या अत्यन्तै जटिल बन्दै आएको छ। यसवारे एकातिर गम्भीर ढंगले छानविन गर्ने कुरामा आवश्यक ध्यान दिइन्न भने अर्कोतिर प्राप्त कतिपय तथ्यहरूप्रति पनि उदासिन बन्ने गरिन्छ। संगठनमा कार्यकर्ताहरूको रेखदेख, भरण(पोषण, संरक्षण, सैद्धान्तिक तथा राजनीतिक चेतनाको विकास लगायतका समस्याहरू विकराल बन्न गएका छन्। क्रान्तिकारीहरू विस्थापित हुने र अवसरवादीहरू स्थापित हुने क्रम बढ्दै गएको छ। पूर्णकालिन कार्यकर्ता पलायन हुने र गैरपूर्णकालीनहरूलाई प्रोत्साहित गर्ने प्रक्रिया तीव्र रुपमा बढेको छ। ....कार्यकर्ताहरूको मूल्याङ्कन, योग्यता, क्रान्तिप्रतिको निष्ठा, बलिदानी भावना, काममा निरन्तरता आदिलाई आधार बनाएर होइन, नेतृत्वको विरोध र समर्थनलाई आधार बनाएर गर्ने परिपाटीको विकास हुँदै गएको छ। यसैगरी पार्टीमा गम्भीर रुपमा दण्डहीनताको अवस्था पैदा हुँदै गएको छ। आर्थिक क्षेत्रमा अवैध व्यापार, तस्करी तथा भ्रष्टाचार व्यापक बन्दै गएको देखिन्छ। ...सांगठनिक अनुशासनलाई तोड्ने, जथाभावी ढंगले सार्वजनिक अभिव्यक्ति दिने तथा लेख्ने, आफ्नै कमरेडहरूमाथि हातपात गर्ने आदि घटनाहरू सामान्य बन्दै गएका छन्। पार्टीमा सांस्कृतिक रुपमा गम्भीर प्रकारको मूल्य विघटनको स्थिति पैदा भएको छ। चरम पदलोलुपता अतिमहत्वाकांक्षा, दलाली, भद्धा उपयोगितावाद जस्ता प्रदुषणहरू व्याप्त हुदै गएका छन्। देश, जनता, क्रान्ति, सिद्धान्त तथा साम्यवादको महान् आदर्शप्रतिको निष्ठा र त्याग तथा बलिदानी भावना क्षीण बन्दै जान थालेको देखिन्छ। अवैध व्यापार, तस्करी तथा भ्रष्टाचार मौलाउनु, सामूहिकताका विरुद्ध व्यक्तिवाद प्रभावी बन्दै जानु, विशेषाधिकार प्राप्त अभिजात वर्ग पैदा हुनु, जिम्मेवार कमरेडहरूका दैनिक जीवन तथा आचरणमा जवरजस्त रुपमा उपभोक्तावाद अभिव्यक्त हुँदै जानु, आचारसंहिता लागू हुने तथा शुद्धिकरणको प्रक्रिया अगाडि बढाउन नसकिने स्थिति देखिनु आदि यसै सांस्कृतिक मूल्य विघटनका केही ठोस उदाहरण हुन्। यी कुराहरूबाट कुन कुराको पुष्टि हुन्छ भने पार्टीमा सर्वहारावादी नैतिकता र संस्कृतिका विरुद्ध सामन्तवादी तथा विकृत पुँजीवादी नैतिकता र संस्कृतिले गम्भीर रुपमा टाउको उठाउँदै गइरहेको छ। ....संगठनको क्षेत्रमा अहिलेको प्रमुख समस्या एकमनावाद, नोकरशाहीतन्त्र, अतिकेन्द्रीकरण र अतिसंकीर्ण गुटवाद संकेन्द्रित बन्न गएको छ। डा.बाबुराम भट्टराईको प्रतिवेदन डा.बाबुराम भट्टराईको दस्तावेजमा निम्नलिखित समस्याहरूको उठान गरिएको छ: १. संगठनमा माथिदेखि तलसम्म अस्तव्यस्त, अराजकता, गुटवन्दी र सुन्निएर मोटाएजस्तो स्थितिको अन्त्य गर्दै पार्टी संगठनलाई एकतावद्ध, व्यवस्थित, अनुशासित, चुस्त र क्रान्तिकारी गरिनुपर्छ। २. विचार र राजनीति केन्द्रित खुला र स्पष्ट दुई लाइन संघर्ष सञ्चालनको विधि स्थापित गरिनुपर्छ। ३. हाम्रो आन्दोलनको वैचारिक, राजनीतिक र सांगठनिक सिद्धान्त सम्बन्धी ऐतिहासिक कोशेढुंगा रहेको 'एक्काइसौं शताब्दीमा जनवादको विकास' सम्बन्धी प्रस्तावलाई थप परिमार्जित र विकसित गरेर प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्दछ। ४. नेतृत्वको केन्द्रीकरण र स्थापना सम्बन्धी जनयुद्धकालीन मान्यतालाई नयाँ सन्दर्भमा विकसित र परिमार्जित गर्दै कोही पनि व्यक्ति कमिटी प्रणालीभन्दा बाहिर नरहने र सवै तहको नेतृत्व सामूहिकताको केन्द्रीकृत अभिव्यक्तिको रुपमा प्रस्तुत हुने परिपाटीलाई गम्भीरतापूर्वक कार्यान्वयन गरिनुपर्दछ। ५. सवै तहका कमिटीहरूमा प्रौढ, वयस्क र युवाहरूको एकमा तीन प्रणाली लागू गर्न जोड दिनुपर्दछ र संभव भएसम्म समावेशीमा उचित ध्यान दिनुपर्दछ। ६. पार्टीमा माथिदेखि तलसम्म व्याप्त आर्थिक अराजकता, भ्रष्टाचार वर्गउत्थानीकरण र विभेदीकरणको अन्त्य गर्न सवै रकम कमिटी मातहतमा राख्ने, सामूहिक निर्णयले खर्च गर्ने र हिसाव किताव पारदर्शी ढंगले राख्ने व्यवस्था कडाइपूर्वक लागू गरिनु पर्छ। ७. क्षमता र आवश्यकता अनुरुप सवैलाई उचित जिम्मेवारी दिने गरी कार्य विभाजन गरिनु पर्दछ। कोही बेरोजगार र कोही बेफुर्सद रहने स्थितिको अन्त्य गरिनुपर्दछ। ८. पूर्णकालीन कार्यकर्ताहरूको व्यवस्थापन र वैचारिक(राजनीतिक तथा आर्थिक भौतिक सुरक्षाको विशेष योजना निर्माण गरेर कार्यान्वयन गरिनुपर्दछ। उपयुक्त प्रस्तुतिबाट अहिलेको सर्वहारावर्गको पार्टीले भोग्नुपरेका समस्याहरूको यथार्थ चित्र देखिन्छ। यी सवै समस्यालाई निम्न बमोजिम सूत्रवद्ध गरी छफल गर्नु आवश्यक छ। क. वैचारिक(राजनीतिक (वर्गीय), ख जातीय, क्षेत्रीय र लिंगीय प्रश्न, ग. कम्युनिष्ट ध्रुवीकरणलाई बुझ्ने विषयमा, घ. नेतृत्वको सवाल ङ. कार्यकर्तावारे च. उत्तराधिकारीको प्रश्न र छ. कार्यशैलीवारे। यी समस्याहरूका वारेमा छलफल गर्नुअघि पार्टी निर्माण सम्बन्धी विश्व र नेपाल कम्युनिष्ट आन्दोलनको ऐतिहासिक अनुभवको वारेमा केही उल्लेख गर्नु सान्दर्भिक ठानेको छु।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out