जेठी सासुलाई बलात्कार गर्न खोज्दा नन्दे भाइको हत्या

रमेश खतिवडा, दोलखा, असोज २१- घरमा सुतिरहेको बेला आफूलाई बलात्कार गर्न खोजेको भन्दै आफ्नै नन्दे भाइको हत्या गरी जिल्लाको गैरीमुदी गाउँकी एक युवतीले प्रहरी सामू आत्मसमर्पण गरेकी छिन्। हत्या गर्ने बितिकै रातभर हिँडेर बिहीबार बिहान ५ बजे जिल्ला प्रहरी कार्यालयमा आई खुकुरीसहित कमलाले आत्मसमर्पण गरेको जिल्लाका प्रहरी प्रमुख, डिएसपी धिरजप्रताप सिंहले जानकारी दिए। गैरीमुदी गाविस ३ की ३० वर्षीया कमला गोलेलाई गएराति घरमा सुतिरहेको बेला रातको ११ बजे पुगेका सोही गाविस वडा नं ४ का ३२ वर्षीय किरण घिसिङले जर्बजस्ती गर्न खोजेपछि प्रतिकार गरी उनको हत्या गरेको प्रहरीले जनाएको छ।
उनले यस अघि समेत पटक पटक जर्बजस्तीको प्रयास गर्दै आएको कमलाले प्रहरी सामू बताएकी छिन्।

चार छोराछोरीकी आमा कमलाका श्रीमान् रोजगारीका क्रममा तीन वर्षदेखि मलेसियामा छन्। प्रहरीले बिहानै इलाका प्रहरी कार्यालय मैनापोखरीबाट प्रहरी टोली घटनास्थलमा पठाइसकिएको जानकारी दिएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out