'म सिनेमाको प्रधानमन्त्री'

'पुलिसमा लागेको भए म यतिबेला आइजीपि भैसक्थें, सेनामा लागेको भए विग्रेडिएर जनरल र पल्टिक्समा लागेको भए प्राइममिनिस्टर; त्यसैले म आफ्नो फिल्डको प्राइममिनिस्टर हुँ' यो भनाइ हो अभिनेता भुवन केसीको । भुवन आफूलाई नेपाली सिनेमाको प्रधानमन्त्री भन्ठान्छन् । बुधबार मेरोसिनेमासँग भुवन यस्तै एक भावमा प्रस्तुत भए । चलचित्रमा पैसा र सोस्रफोस्रको जमाना सकिएको रजतपटका यी बूढाबाघको कथन छ ।

'पैसाले सिनेमा चल्छ भन्ने हो भने उद्योगपति केडिया र विनोद चौधरीले चलचित्र बनाएकै हुन्' भुवन भन्छन् 'सोस्रफोस्रले सिनेमा चल्छ भन्ने हो भने लोकेन्द्रबहादुर चन्दका छोराले फिल्म बनाएकै हुन् र खेलेकै हुन् आखिर उनी किन विदेश पलाएन भए ?' उनले दरबारमार्गस्थित नाङ्लो पव् एन्ड क्याफेको उदाहरण पनि दिए । भन्छन् 'अरुले चलाए नाङ्लो नचल्ने श्याम कक्षपतिले चलाए भनेमात्र चल्ने यसपछाडिको कारण के हो खोतल्नुपर्छ सिनेमा पनि यस्तै हो ।' सिनेमा मेकिङमा पैसाभन्दा बुद्धिको आवश्यकतामा भुवनले जोड दिए । 

आफ्ना लागि सिनेमा सुपुत्र अनमोलजस्तै 'अनमोल' भएको भुवनको भनाई थियो । होमप्रोडक्सनको पाँचौ प्रोजेक्ट 'साथी म तिम्रो' बारेमा कुरा गर्दा भुवनले उपरोक्त उदाहरण बताएका हुन् । यो प्रोजेक्ट निर्माणका लागि आफू पैसा र अवधिमा नबाँधिएको भुवनको प्रष्टोक्ति छ । 'नेपालमा एकवर्षमा औषत ६० फिल्म बन्छन् र ८० प्रतिशत फ्लप हुन्छन्' उनले भने 'तर मेरो प्रोजेक्ट बाँकी २० प्रतिशत भित्र रहेको छ ।' होमप्रोडक्सनका सबै चलचित्रमध्ये 'साथी म तिम्रो' उत्कृष्ट हुने दाबी उनको छ ।

सिनेमालाई प्राविधिक रुपमा अब्बल तुल्याउने कार्य जारी रहेको भुवनले बताए । डेढवर्षदेखि 'साथी म तिम्रो'को पोस्टप्रोडक्सनको कार्य भैरहेको छ । भुवन चलचित्र हिट हुनेमा ढुक्क छन् । अहिले ब्याकग्राउन्ड म्युजिकको काम भैरहेको छ । आगामी माघमा रिलिज हुने आशा गरिएको 'साथी म तिम्रो'मा भुवनले आफ्ना छोरा अनमोललाई पनि अभिनय गराएका छन् । भुवन छोरालाई कलिउडमा स्थापित गराउन चाहन्छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out